हेर्दाहेर्दै मेरै आँगन काट्यौ पापिनी
भोलि आउँछु भेट्न भन्दै ढाँट्यौ पापीनी
मुटु मेरो धड्कन तिम्रो भन्दाभन्दै नि
मैले दे'को माया कता साट्यौ पापीनी
सात जन्म सँगै बाँच्ने बाचा बाँधेर
झुटो माया थप्दै डोरी बाट्यौ पापीनी
आफ्नै बलि चढाई खुशी दिन्छु भन्दाभन्दै
रै'छौ लोभी कसको थुक चाट्यौ पापीनी
लन्डन