17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनुभवको अध्यायमा मेरो परिचय

कविता रुपेश राई March 31, 2011, 10:49 pm

त्यो रात लागेको सपना

भोलीको इन्टरभ्यु र भविष्यको निर्माण।

खालि ढ्याङ्ग्रो ठोकिरहेको छ

धड़्कनले मुटुमा चारैतिरबाट। परिचय खोजिरहेका छन्

त्यही पुरानो अनुभव भोलिको मेरो

एउटा नयाँ अध्यायमा।

परिचय कति दिनु हँ???

परिचय! परिचय! परिचय! परिचय!

परिचय! परिचय! परिचय! परिचय!

परिचय! परिचय! परिचय! परिचय!

आफु भएपछि, समाजलाई साक्षी राखी दिएको परिचय।

पक्कै पनि गल्ति भयो होला!

प्रमाणपत्रका ठेली। फेरि परिचय मागिरहन्छ।

अनुभव छ? सोध्छ पनि। छैन। अहिलेसम्म अनुभवको कुरा।

प्रत्येक अनुहारको सामु, आफ्नो अनुहार प्रस्तुत गर्नु, अनौपचारिकतामात्र लाग्छ।

अनुभव, तिमी दिन नै मान्दैनौ। उपनि।

फेरि किन खोज्छौ हँ??

अनुभव! अनुभव! अनुभव!

अनुभव! अनुभव! अनुभव!

आफूले पाएपछिको होइन अनुभव नपाएपछिको त्यो

पीड़ा चर्चा भइसकेको हुन्छ।

राजनीतिको पहिरोमा बग्दै गरेको गाउँ,

पञ्चायतको सिँड़िमा हिँड़्दै गरेको गाउँले। अनि

भोलिको आशामा चाउरिएका मेरा अभिभावकका अनुहार।

झुण्डी रहेकै छ, नयाँ अनुभवको अध्यायमा मेरो परिचय।

थाहा छ?? अहिलेसम्म मैले, कतिचोटि मुख धोएँ होला!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।