19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत कोमल श्रेष्ठ मल्ल April 2, 2011, 8:49 pm

के गरी सम्झाउने हो पानी सरी आँसु बग्छ,

मन का'छ सम्झिदिने, सीसा जस्तै फूटीरा'छ

गहिरी हेरे मनको सागर, थरी थरी घाउ रै'छ

उड्न खोजेजे भेटाउन झनै माया भागी रै'छ ॥

हैन हैन ऊनको दोष, दोष दिन्न जीउनलाई,

रहर छैन पैचो मागी, हारी हारी पीउनलाई

मेरै आखा बगी राखोस, मन पोखरी छल्कीएर,

जीवन भन्नु यस्तै न,हो सकिन्छ नै सल्कीएर ॥

मदिराको नसा छुट्टै, बिछोडको दशा छुट्टै

जीन्दगीको गाउँघर, जता जाउ रित्तै रित्तै

न सकीने रैछ जीवन, मागी मागी चलाएर,

फूलको थुङ्गा संझी संझी, मन्दिरमा लडाएर ॥

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।