बालुवामाथि
पहाडमा हिंऊ जमेसरी
जमेको छ दुख!
मेरो आशाको सूर्य
भर्खरै डूबेको छ
क्षितिज पारी..
छाएको छ निस्पट्ट अँध्यारो
चारैतिर
धडकि रहेछ छातीमा
महाकालका गतिहरु
छानामाथिबाट सर्र सर्र
लम्कदै छ युग
विनाशको हूरी चलेको
यो समयमा
संत्रस्त छु
कसरी बच्ला
यी पदचिह्नहरु
बालुवामाथि..