19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रहर हराएपछि

कथा सलोजा April 4, 2011, 7:44 am

“तिमिले पठाएको ईमेल पढ्दै छु ।” अन्नासंग लामो समयपछि च्याटीडमा पहिलोपटक भेट हुनेसाथ भनेँ ।

“अझै पढेकी थिईनौ?” तुरुन्त जवाफ आयो ।

“पटक पटक पढेको हो । तर अहिलेपनि पढ्दै छु ।”

किन ? उसले सोधी ।

मलाई मन प¥यो ।

खास कारण ?

मैले कुरा छल्दै भने “आज एउटा कथा लेख्न मन लागेको छ । तर मुड नै छैन । अनि विषय पनि ।”

विषय म खोजीदिऊ? उसले जिस्काउदै भनी । तेरो उसको बारेमा लेख न ।

तिमिलाई थाहा छ? हामी संगै छैनौ । अब कहिल्यै एक हुदैनौ । मैले भनेँ ।

त्यँही बारेमा लेख न । अन्नाले हास्दै भनी ।

अन्नाको कुराले मलाई सोच्न बाध्य बनायो । उसंग चार बर्षको सामीप्यताले धेरै रहरहरु जन्माएको थियो । खुसी दिएको थियो । त्यती धेरै सपना र रहर दिने मान्छेको बारेमा मैले आजसम्म लखेकी छैन । लेख्नुपर्ने आवास्यक्ता कहिल्यै ठानीन । कहिल्यै लेख्नुपर्छ सोचीन ।

आज कहाँबाट उठान गराँै ।

ल्याप्टपको अगाडी बसेर धरै बेर सोचेँ । उसको बारेमा के लेख्नु?

रुपको बारेमा? मिलसारीताको बारेमा? वा?

पाचँ बर्ष अघि पहिलोपटक विश्वविद्यालयमा भेटेको थियो । त्यसपछि कहीलेकाहीँ फोनमा कुरा हुन्थ्यो । पहिलोपटक उसैले हो मलाई जीवनका रडको बारेमा बुझाएको । उसलाई भेटेपछि नै जीवन प्रतिको मोहपनि बढेको अनुभव भयो । मैले आशु बगाएर रुन सिकेँ, धक फुकाएर हाँस्न सिकेँ । छुटेपछिको पिडाको अनुभव पनि छ, भेट्दा खुसीको अनुभव पनि छ । कहिलेकाही त लाग्छ म मा पूर्ण मान्छेमा हुनुपर्ने गुणको विकास भएको छ ।

चार बर्ष सम्म मैले एक्लो महसुस गर्नुपरेन । तर समय वित्दै जादाँ हामीले सहमतीमानै एक अर्काबाट टाढा हुने निर्णय ग¥यौ ।

उसले छुटिने प्रस्ताव ग¥यो । मैले सहजै हुन्छ भनिदिएँ ।

चटक्कै छोडेर जाला भन्ने कहिल्यै सोचिन । उसंग छुटिएर बस्ने कल्पना सम्म पनि गरेकी थिईन । उसलाई सम्झिदै थिएँ ।

अन्नाले फेरि बोलाई । त यति लामो समयसम्म कहाँ गएकी थिईस ? घुम्न । मैले छोटो उत्तर दिएँ ।

तर जानु भन्दा अघि मलाई एक पटक पनि भनिनस नी ।

परिस्थिती त्यस्तै थियो ।

कहिले छुट्यौ तिमिहरु?

दुई महिना भयो ।

किन? अन्ना सबै बुझन चाहन्थी ।

थाहा छैन? उसले छोडौ भन्यो, मैले हुन्छ भने । दुई महिना देखि हाम्रो सम्पर्क भएको छैन । अब हुदैन होला ।

उसले रिसाउदै भनी, कस्ता मुर्ख रहेछन् । बुजजजजजजज

त्यसपछि अन्नाले कहिल्यै विवेकको बारेमा सोधेकी छैन ।

अन्ना विदेशमा जन्मिएर हुर्किएकी नेपाली केटी हो । नेपाल र नेपाली पन खुब मन पराउछे । तर नेपाल आउने रहर छैन रे । नेपालमा शसस्त्र आन्दोलन ताका उसका सबैभन्दा प्रिय हजुरबालाई आन्दोलनकारी समूहले काटेर मारेको रहेछन् । आन्दोलनकारीले मागेजति चन्दा नदिएको झोकमा सुराकीको आरोप लगाउदै मारिएका हजुरबालाई अहिलेपनि भुलेकी छैन अन्नाले । कहिलेकाही त्यँही कुरा गरेर विचलीत हुन्छे । उसलाई नेपाल मन परेपनि यहाँको प्रवृतिले दुखाउछ भन्छे । राजनीतिक शैली मन पर्देन रे । विदेशमा बसेपनि यहाँको हरेक गतिविधिमा चाख राख्छे अन्नाले ।

उससंग जम्मा एक पटक भेट भएको छ । तर मेरो घनिष्ट मित्र हो । जुन कुरा अरु कसैलाई भन्न सक्दिन म अन्नासंग भन्छु । ईन्टरनेटको दुयिाबाट रमाउँदै हसाँउने र पीडा सुनिदिने एक मात्र अभिन्न मित्र हो ऊ ।

करिब एक महिना पछि अन्नासंग जमेर कुरा गर्ने मौका मिल्यो ।

अन्ना नेपाली साहित्यबाट पनि प्रभावित छे । उसलाई स्थानीय परिवेश सहितका साहित्य, रचना खुब मन पछ रे, भन्छे नेपाल बुझ्ने सहज माध्यम हो साहित्य ।

कथा लेख्यौ? उत्साहीत हुदै सोधी ।

लेख्न थालेको सकेको छैन । सायद अब लेख्दिन होला । यथार्थता दर्शाएँ ।

तेरो मर्जी ।

उ कुनै कुनै ठेट नेपाली शब्दहरु पनि जान्दछे ।

********

पुरानो ईमेल हेर्दै थिएँ ।

विवेक संगको सम्बन्ध सम्झिदै आनन्द मान्दै थिएँ ।

भर्खरै विवेकले करिब दुई बर्ष अघिको च्याटबक्स नै पठाएछ ।

हेर्दै गएँ । उसले भनेको थियो हामी राम्रो साथी हुन सक्छौ तर जीवनसाथी हैन ।

झसंग भएँ । विवेकले मलाई किन छोडेर गयो? अब छुटौ भन्दा मैले किन भनेर समेत सोधीन । सोध्नु पथ्र्यौ । मनमनमै गुन्दै थिएँ ।

तर खेद छैन् । उसको चाहानालाई पूरा गर्दा समेत आनन्द आउछ मलाई ।

अर्काे दिन विवेकले ईमेल पठाएछ । “एक पटक भेट्न चाहान्छु” । केही बेरमा फेरि जीमेल च्याटमा आयो ऊ ।

मैले सोधे, किन भेट्न चाहन्छौ?

तिमिसंग अन्तिमपटक भेट्ने चाहाना छ ।

विवेकले भनेको “अन्तिम पटक” चिसो भएर मुट्टुमा लागे झै भयो । वरिपरि अन्धकार देख्न थालेँ । हामीले कहिल्यै सोचेनौ हाम्रो अन्तिम भेट होला भनेर । हरेक दिनको उज्यालो संगै नयाँ नयाँ सपना र चाहना हुन्थ्यो, दुवैले एक अर्कालाई दुख्नेगरी बोलेको याद छैन । कुरा लुकाएर पनि बसेनौ । तर एक्कासि विवेकले एक अर्कामा टाढिएर बस्ने भन्दै आफ्नो निर्णय सुनायो, मैले कुनै हस्तक्षप गरिन । उसको चाहानाको खिलापमा जानुपर्ने आवास्यक्ता पनि ठानिन । त्यसैले त मलाई भेटेर यति लामो समयको सामीप्यता टुटाउन लागेको बारेमा स्पष्टीकरण दिन चाहान्थ्यो सायद । तर उससंग छुट्न चाहन्नथेँ ।

उसलाई सम्झिदाँ पहिलोपटक मेरा आखाँ रसाएँ । आखिर आफूलाई सम्हाल्नु त थियो ।

काम के छ? यहि भन, वा फोन गर । तर म तिमिसंग अन्तिम पटक भेट्न सक्दिन । मैले भने ।

च्याट गर्दे गर्दा ऊ दुखि भएको आभाष पाएँ ।

तर मैले वास्तै गरिन । आजसम्मपनि विवेकलाई भेटेकी छैन ।

****

विवेकलाई हिजो खुल्ला सडकमा हिड्दै गरेको देखेकी थिएँ । तर हाँस्न सकिन ।

विवेक संगै बसेको सम्झिएर म रमाईउदै थिए । अन्नाले च्याटीडमा आउन आग्रह गर्दे मोवाईलमा म्यासेज पठाई । कसैसंग गफ गर्ने मुड पनि थिएँन । तर मैल अन्नालाई नाई भन्न सकिन । अन्नासंग फोनमा कुरा नभएको पनि धेरै भएछ । त्यसैलेपनि उ म संग जमेर कुरा गर्न चाहन्थिई होला ।

हेलो?

भन् ।

तँ अझै चिन्ता गर्दे छस्? उसले कुरा अघि बढाई ।

होइन, सोच्दै छु रमाईलो मान्दै छु । अल्छी मान्दै लेखेँ ।

मैले जसलाई माया गरे उ मेरो हुन सकेन, जसले मलाई माया ग¥यो उसको पनि म भईन । अब कसैलाई आफ्नो भन्ने चाहना छैन । म पनि अरुको हुन्न होला ।

अनि कथाँ नी? अन्नाले सोधी

लेखिन यार, उसको बारेमा लेखेर अन्याय गर्न चाहन्न ।

अनि? उसले भनी ।

छोडदे यी सब, सबै भेल जस्तै आयो र हराएर गयो । रहर हरायो, चाहना हरायो, बेदना र भाव पनि हरायो । अब म खाली छु । म संग लेख्ने र लेखाउने, रमाउने र हसाँउने कुनै चिज बाँकी रहेन ।

तैले सम्झाउनु अघि नै म बुझ्छु, जीन्दगी धेरै लामो छ, उकाली ओराली बाँकी छन् । मैले यतिकैमा निराश हुनु हुदैन । तर म निराश भएको पनि छैन् अन्ना । यति मात्र हो, मैले जसका लागि सपना साचेको थियो, रहर पालेको थियो । उसको सामिप्यता छैन । त्यसैले जिन्दगीको आभाष पनि छैन् । अब यहि परिवेश र यहि समाजमा त बस्न पनि असहज र अप्रिय लाग्न थालेको छ । त्यसैले त काठमाडौ छोड्ने निर्णय गर्दे छु । म गन्तब्यको खोजीमा छु । च्याटीडमा अविरल लेखिरहेँ । यति लेखेपछि मन केही हल्का भएको महसुस भयो ।

ऊ चुपचाप थिई ।

धेरै वेरपछि भनि, यतै आइज । अन्नाले म प्रति सहानुभीति दर्शाई ।

म चाहन्नथे आफन्तको सामीप्यता । त्यसैले भनेँ, आउदिन, सायद अब तँ संग यसरी गफ पनि हुदैन होला ।

त्यसपछिको गन्तव्य हिमाली गाउँहरु भए । म ईन्टरनेटको सन्जालबाट बाहिरिए । अब कसैसंग सम्पर्क गर्ने पक्षमा थिईन, जे छ त्यसमै रमाएँ । त्यहाँको शुन्दरतामा हराएँ । मनलाई पनि भुल्याए सायद ।

एक दिन आमाको फोन आयो, तुरुन्त काठमाडौ फर्किनु भन्ने आदेश सहितको । आमाको आदेशलाई शिरोपर गर्दे हिमाली सुन्दरता, झरना, पहाड, हरियाली र निश्चल सामीप्यता छोडेर पुन काठमाडौ फर्किएँ ।

विवेकसंग छुटेको पाचँ बर्ष भएछ । यी बीचमा धेरै उत्तारचढावहरु आएँ । काठमाडौका हरिया डाडाँपाखाँमा डोजर लगाएर सम्म पारिएको रहेछ । अन्न फल्ने फाटहरुमा कंक्रिटका आकाश छुने महलहरु थिए । यो सहरमा आत्मीयता र सामीप्यता थिएन, सडकका छेउमा रोपेका बैशका विरुवाहरु पनि रुख बनिसकेका रहेछन । मैले छतको वरिपरि राखेर फूल रोपेका मध्य धेरै गमला फूटिसकेका रहेछन, फूलका विरुवा ओइलाएका, त्यसबेला जन्मिएको दिदिको छोरा झोला बोकेर विद्यालय जान थालेको थियो, पिढीमा बसेर ९० सालको भुईचालोको कुरा गर्ने हजुरबापनि ताराहरुसंग बस्न थाल्नुभएको थियो ।

तर काठमाडौ आएपछि पुन विवेकलाई सम्झिएँ, उही निराशा, उही छटपटि र उही अभावमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।