19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिपुल सिजापती April 4, 2011, 7:55 am

दैलोमा घडा फूल र पाती अक्षता सगुन दुनामा देखें ।

ठुस्केको छोरो रोएकी छोरी बसेका अलग कुनामा देखें ।

हाँस्थीन आमा हाँस्दथे बाबा म हुँदा घरमा प्रसन्न भई ।

छेलिइ हेरें दुवैका मुख हाँस्ने ति अधर थुनामा देखें ।

सजल नेत्र गह्रुँगो पाउ तापनि छोप्दैथी साइत पल ।

दिएको चीनो बेरुवा औंठी बाँधेकी चोलोको तुनामा देखें ।

भक्कानो रोकी छातीमै बोकी विरह छोपेर देखाई स्मित ।

उम्लेका पीडा आँखामा उन्को त्यो वेला हजार गुनामा देखें ।

आएथे सवै बान्धव बन्धु लिएर हातमा सुभेच्छा फूल ।

आदर प्रेम आशीक सारा गुच्छाका फूलको मुनामा देखें ॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।