चाहिंदैन भो जून तारा तिम्रै साथ काफी मलाई
मुटु झिकी तिमीलाई दिएँ तिमी भन्छौ पापी मलाई ।
नदेखाउ भो दया धर्म तिम्रै हात काफी मलाई
कलेजीमा छुरा धसी अझै भन्छौ पापी मलाई ।
छोड सबै रीति रिवाज तिम्रै बन्धन काफी मलाई
मैले भुलें संसारलाई अझै भन्छौ पापी मलाई ।
नराखीदेउ पर कहिल्यै तिम्रै छेउ स्वर्ग मलाई
मरेछु म भने पहिल्यै नभन है घाती मलाई ।
लन्डन