मैले तिम्रो माया मागेँ साथ पनि दियौ
सधैसधै यौवनको रात पनि दियौ
खडेरीमा फूल झरी काँडा हाँस्दाखेरि
उपहार सम्झ्यौ र त पात पनि दियौ
टुक्रिएको जिन्दगी यो समालेर आज
हाँसीहाँसी जिन्दगीमा प्रभात पनि दियौ
एक्लै पारि तर्न खोज्दा जङ्घारमा रोकी
सँगै खोला तरौँ भनी हात पनि दियौ
मुटुभित्र तिम्रो छाया संगालेर माया
युगैयुग सम्झनाको खात पनि दियौ
दुबेकोल–७, खोटाङ