चाकडी र चँप्लुसीमा लाग्न हुन्न तिम्ले
सिर्जनाको बाटो हिंड्दा थाक्न हुन्न तिम्ले ।
भन्नेहरु भन्दै गर्छन् मन भा“चिएका कुरा
सत्मार्गको लक्ष्य छोडी भाग्न हुन्न तिम्ले ।
तिरस्कार बहिष्कार पापकर्म गर्छन् अरु
मन्दिरमा सुधा परेवा भाक्न हुन्न तिम्ले ।
सोझो सिधा गरेरै जीवन चल्छ बरु
अर्काको खजानालाई ताक्न हुन्न तिम्ले ।
कर्म गरे निरन्तर त्यसमै ठूलो भलो हुन्छ
निराशाले भित्र–भित्रै पाक्न हुन्न तिम्ले ।।
कुश्मा, पर्वत