19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजेन्द्र पहाडी April 10, 2011, 7:36 am
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

चाकडी र चँप्लुसीमा लाग्न हुन्न तिम्ले

सिर्जनाको बाटो हिंड्दा थाक्न हुन्न तिम्ले ।

भन्नेहरु भन्दै गर्छन् मन भा“चिएका कुरा

सत्मार्गको लक्ष्य छोडी भाग्न हुन्न तिम्ले ।

तिरस्कार बहिष्कार पापकर्म गर्छन् अरु

मन्दिरमा सुधा परेवा भाक्न हुन्न तिम्ले ।

सोझो सिधा गरेरै जीवन चल्छ बरु

अर्काको खजानालाई ताक्न हुन्न तिम्ले ।

कर्म गरे निरन्तर त्यसमै ठूलो भलो हुन्छ

निराशाले भित्र–भित्रै पाक्न हुन्न तिम्ले ।।

कुश्मा, पर्वत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।