16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'आँखामा अल्झिएका आँखाहरु' : एक झलक

कृति/समीक्षा सदानन्द अभागी April 10, 2011, 3:41 pm
सदानन्द अभागी
सदानन्द अभागी

“आँखामा अल्झिएका आँखाहरु” गजलसङ्ग्रहका कृतिकार, ‘नेचा –सोलुखुम्ब’ुमा जन्म भै हाल सल्लेरी सोलुखुम्बुमा बसोबास गर्ने कवि तथा गजलकार, हुन हरि कट्टेल । उनले उपहार स्वरुप प्रदान गरेको गजलसङ्ग्रहलाई सरसरती अध्ययन गर्ने मौका पाएँ र लागेको कुरा लेख्न मनलाग्यो। धेरै टाढाका कृतिकारको जमघट त पल्लव साहित्य प्रतिष्ठानले चितवनमा गरायो तर परिचायत्मक बिबरण भने प्राप्त गर्न सकिन त्यसो हुँदा कृतिकारको पूर्ण विवरण यहाँ लेख्न सकिएको छैन हरिकट्टेलले हाल सम्म तीनवटा कितापहरु ‘बिलौनैबिलौना’ लघुकाव्य (२०४५), ‘अनावृत आकृति’ कवितासङ्ग्रह (२०६१), र ‘आँखामा अल्झिएका आँखाहरु’ गजलसङ्ग्रह (२०६४)कृतिहरु प्रकाशनमा ल्याएका छन्। ‘आँखामा अल्झिएका आँखाहरु’ गजलसङ्ग्रहको प्रकाशन वाणी प्रकाशन, विराटनगरले गरको छ । यस गजलसङ्ग्रहमा ६८वटा गजलहरु समावेश गरिएका छन् । जगल भित्र प्रबेस गर्नु भन्दा गजल प्रति पोखिएका अभिव्यक्तिहरुमा जाने अनुमति चाहान्छु । प्रकाशकीयमा लेखिएको छ –“विशुद्ध नेपाली बिम्बप्रतिकहरुको समायोजन यस संग्रहभित्रका गजलका विशेषताहुन् तसर्थ नेपाली हावापानी र माटोको मौलिक स्वाद, स्वर र सुवास लिएर आएको छ ‘आँखामा अल्झिएका आँखाहरु’ । हरि कट्टेलका गजलमा प्रभावितभै ‘शुभकामना शीर्षकमा’ ज्ञानतुवाकर पौडेल लेख्नु हुन्छ –‘.......... हरि कट्टेल सगरमाथा अञ्चलको गजल फाँटमा मात्र होइन पूरै नेपालका गजलाकाशमा चम्किने सम्भावना बोकेर आएका भरपर्दा गजल स्रष्टा हुन् ।’ ‘आँखामा अल्झिएका आँखाहरु’ लाई पाण्डुलिपिमा हेर्दा शीर्षक दिएर डा. घनश्याम न्यौपाने “परिश्रमी” लेख्नु हुन्छ – ‘कट्टेल भित्र एउटा सवल ‘गजलकार’ लुकेकोछ भन्ने कुरा यी गजलको अवलोकनबाट स्पष्ट हुन्छ । यसमा प्रणयभाव मुखरित भएका गजलहरु न्यून छन् । धेरे गजलहरुको कथ्य सामाजिक विषयबस्तुमा आधारित छ।’ । आवरण पृष्ठको पछिल्तिर हेर्दा बालकृष्ण पोखरेलको शुभेच्छाको अभिव्यक्ति यसप्रकार देखिन्छ –‘यति सुमधुर शैलीमा गजलका फेकाहरुलाई नचाउन सक्षम हरि कट्टेल गजल यात्राका एक समर्थक र उत्साही यात्री हुन् ।’ आप्mनै कुरामा कट्टेलको भावना यसरी बगेको छ –‘मैले मेरो मनभित्र अल्झिएका र मुटुमा बल्झिएका कुराहरुको खेतीगरें गजलका शेरहरुमा ।’ पुन उहाँ लेख्नु हुन्छ –‘....यस सङ्ग्रहमा सङ्ग्रहित गजलका शेरहरु एकान्तमा टुसाएका टुसाहरु हुन् । मुनाहरु हुन् । फलसम्झे यी वनअङ्गुरका झुप्पाहरु हुन्, काफलहरु हुन् र पूmल सम्झे पहराको सुनाखरी वा हिलोमा रमाएको कमल।’ बास्तवमा गजलकारले आप्mनै कुरामा सबै धारणा राखिदिएका छन् । गजलको अध्ययनले त्यस्तै त्यस्तै प्रष्ट्याउँछ र गजलकारको धारणालाई पुष्टि गर्दछ ।

आज गजल लेखनमा धेरै कुराहरु उठ्ने गरेको पाइन्छन् । बहरयुक्त या बहरमुक्त गजलको विषय प्रमुखरुपले उठ्ने गरेको पाइन्छ । गजलको विवाद त छँदैछ तापनि कति पयले भन्ने गरको पाइन्छ कि गजलमा बाढी आएको छ । यो बाढीले सबै बगाएर ल्याएको छ । यो बाढीले ल्याएको धमिलोलाई सफा पानीमा बदल्न कठनि हुनेछ । तर मेरो भनाइ छ सुद्धताको आवश्यक्ता छैन भनेर नकार्न त कसैले सक्दैन तर आज देश गजलमय भएको छ । देशको माटो र देशमा बग्ने पानीको आप्mनै किसिमको विशेषता हुन्छ, माटोको क्षमता भौतिक, रासायनिक र जैवीक छनाई सजिलै छान्ने हुन्छ । भलजति बग्छ बगोस् आखिरमा खहरे सुक्छ नै र मूल समुद्रमा पुग्छ नै ।आज आएर यस देशको माटोमा झोपडी देखि महलसम्म गजल लेखिन थालेका छन् । गजलका स्वरहरुले मुर्चुङ्गा, सारङ्गी र बाँसुरीमा आप्mनो अधिकार जमाएका छन् । डाँडा पाखा, हिमाल तराई सबैतिर गजलका स्वर गुञ्जिएका छन् । यिनै स्वरहरुमा सुमधुर स्वर थपेका छन् हरिकट्टेलले । कट्टेलले उपरोक्त दुबै दमान्यतालाई यहाँ प्रस्तुत गर्न सफल देखिनु हुन्छ । डा. घनश्याम परिश्रमी लेख्नु हुन्छ –‘यी सबै गजल मुरद्दफ (रफिदसहितका) शैलीका छन् । विषयबस्तुका दृष्टिले कट्टेलले अधिकांश गैर मुसलसल गजलहरु रचना गरेको देखिन्छ ।’ गजल प्रेम र पीडा अभिव्याक्त गर्ने विधा हो भनिन्छ तर आज गजल त्यो मान्यताबाट पनि धेरै माथी उठेर गएको छ । गजल जेमा पनि लेख्न सकिन्छ अनि लेखिन थालिसकेको पनि छ । हरि कट्टेलका गजलहरु विविधताले भरिएका छन् । गजलमा प्रणयभाव धेरै हुन्छन् तर कट्टेलको यस सङ्ग्रहमा प्रणय भाव निकै कम छन् र भएका गजलहरु पनि अति शिष्ट प्रबृतिका छन् । धेरै गजलहरुले सामाजिक र राष्ट्रियताको अवधाराणा बोकेकाछन् । यी गजलहरुमा समाजका विकृति –विसङ्गति प्रति लक्षित हुनुको साथै कतै आशाले भरिएका स्वरहरु गुञ्जेका छन् भने कतै निराशाले भरिएका स्वरहरु छन्। कतै द्वन्दको यथार्थता भेटिन्छ भने कतै स्वाभिमानी प्रवृति र कतै व्यङ्ग्यका स्वरहरुले गजलको स्तर बढाएको छ ।

आज देश द्वन्दको चपेटामा परिरहेको छ । भाषण र बोलाईमा शान्ति छाएको महसुस भए पनि यथार्थतामा कुनै न कुनै किसिमको द्वन्दले देशका जनता पीडित छन् । गजलकारको भावना यसरी मुखरित हुन्छ–

भित्रै पसी हेरे हुन्छ बाटो बन्द छैन

कसले भन्छ समाजमा अब द्वन्द छैन

गजल ३९

आमा परिन् एम्बुसमा बाबु लडाइँमा

नरोऊ भन्दा सानो नानी भुल्ने होकि होइन

गजल ४३

पशुबलि चढाउन बन्द गर्ने बेला

देखिँदैछ मानिसको बलि जताततै

गजल ११

मानिसको प्रवृति आप्mनै किसिमको हुन्छ । मानिसले आप्mनो अहम्तालाई प्रदर्शन गर्दा अरुले राम्रो ठान्दा ठान्दै ( कोइली हौ भन्दा भन्दै) पनि आपूmलाई कागमा परिणत गरेको उसलाई थाहै लाग्दैन। आज देश यस्तै प्रवृतिले चलेको छ । जनताले कोइली सोचेकाहरु नै आज का का गरेर अघि बढिरहेका छन् । यस्ता प्रवृतिप्रति गजलकारको भावना यसरी बगेको छ –

अरुभन्थे तिमीलाई कोइली हौ कि भनी

तिमी आप्mनै नाम काढी काग भन्छौ किन

गजल ४०

आज देशको स्थिति दयनीय छ । इमान्दार व्याक्तिहरुको कमी छ । नेतृत्व बर्गमा पनि इमान्दारीको कमि देखिन्छ । देशमा भ्रष्टचारले स्थान लिएको कुरामा पनि गजलकार यसरी प्रस्तुत हुन्छन् –

इमान्दार मान्छे देख्छु एक्ला एक्लै

फटाहाको पछि भने मान्छे लाम देख्छु

गजल ३२

जहाँ भयो भ्रष्टाचार निवारणको कुरो

त्यहीं कमिशनको रकम मोटो देखियो

गजल १४

राष्ट्र राष्ट्रियताप्रति गजलकार सचेत देखिन्छन् । देशको सिमाना अतिक्मण भएको छ । देशमा विदेशी चलखेल बढेको छ । आप्mनै भौगोलिक, आप्mनै संस्कृति, आप्mनै मौलिकता बोकेको देशमा आन्तरिक द्वन्द, कुर्सीको होडबाजी, लोकतन्त्र पछि देखिएको आंशिक शान्ति पनि हनन् हुने र पराई दोहनको शिकार होइने हो कि भन्ने आम नेपालीको आशंकाको धारणालाई गजलकारले यसरी पोख्द छन् –

चाँदी जस्तो देशमेरो सुन फल्ने देश

लैनो देखि पराइले दुहुने पो हो कि

गजल ३

हत्केलाको श्रम फुटी बगेको छ कोसी

मिचियो कि हेर्नू दश गजा भन्छ देश

गजल १२

गजल जति पढ्यो त्यति पढौं पढौं लाग्दछन् । उखानटुक्काहरुले स्थान लिएका छन् । गजलसङ्ग्रह पठनीय छ । प्रथम गजलसङ्ग्रह भए पनि स्तरीय छ । कृतिमा केही सुधारका पक्षहरु समाउन सके सुनमा सुगन्ध फैलिने थियो, अवश्य भन्न सकिन्छ। कृतिकारले प्रयोग गरेका केही काफियाहरुमा कतै कतै विचलन देखिन्छ जस्तै हराएको, बिराएको, हराम, विराम, श्रीराम, आराम, यसलाई गल्ति नै भन्न त सकिदैन तर पनि एउटै गजलमा काफियाको रुपमा प्रयोग नगर्नु राम्रो हुन्छ कि ? कतै कतै एउटै गजलमा काफिया दोओरिएका छन् जस्तै लाए, लाए, लुकेका, लुकेका । अन्त्यमा भन्नुपर्दा गजल सुन्दर छन् र विविधताले भरिएका छन् ।अन्त्यमा सफलताको कामना गर्दछु । गजलबाटै सुभकामना

हरि तिम्ले गजलमा यथार्थको सुधा छरेऊ

भावना–बगाइमा मूलबाटो सागर धरेऊ

पर्न सक्छ व्यवधान आउन सक्छन् वाधाहरु

कर्तव्यको बाटो लिई संघर्षमा अघि सरेऊ

आप्mनो कर्म पुरागर्न सफल बाटो खन्नै पर्छ

खन्यौ बाटो सफल भो त्यसैले सागर तरेऊ

सुन्दर छ तिम्रो वाग अझै सुन्दर बन्दै जाओस्

सुधा छर सिँचाइमा तिमी सच्चा माली परेऊ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।