प्रातकालमा सौदा ल्याउन हिँड़को संजोक
एक झप्का लगाइहाल्यो गाउँको तलामुनि।
गाउँको तला साह्रै फराकिलो छ
सिङ्गै परिवार निलिदिन्छ अजिङ्गर जस्तो।
परिवार चिन्तित् छैन र...?
छैन पनि किन, गाउँ चाहिएको छ उसलाई
फेन्टासीको रस चुसाउन टमाटरहरूको घुँइचोमा।
घुँइचो, हाटबजारमा मात्र कहाँ हो र! जहाँजहाँ डाँड़ा छ
जहाँजहाँ उभिने ठाउँ छ, जहाँजहाँ माग्ने ठाउँ छ।
विनिर्माण छ यो घुँइचो, त्यही प्रथा लाजविनाको गन्हाउने
मुलाजस्तो, बर्खाको हुस्सेले पिचिक्क पारेका टमाटरहरू।
टमाटरहरू गाउँको हो, यथार्थ कुरा
कल्पनाहरू पर्देशमा सपना बेचिरहेका छन्।
बेच्नु र बेचिनुको द्विविधामा
सपना, कति यातना सह्यो होला!! भोलिको बिहान बद्लने कुरामा।
विश्वस्त दुनिया सालापनमा
विहङ्गम च्यातिएका छन् तिम्रो मुस्कानको प्रताड़नमा।
प्रताड़ित निर्दोषपना, संजोकको एक झप्काइ
गाउँलाई अलिखित् छ।
अलिखित् छ गाउँ, बाँझो छ सपना, तुहेको छ रोटी
अपुरा छ खुशी, तिम्रा द्विविदाका कुरासँग।