लाश देखेर कसैको हाँसो नछुटोस्
भ्रष्टाचारले सीमा नाघ्दा माटो नफुटोस्
असुरक्षा भो देशमा जुट्नै पर्ने भयो
चौध वर्षे युद्धको खाटो नदुखोस्
जनताको पसिना खाएका छौ नेता हो
शान्ति र संविधानको बाटो नटुटोस्
मेचीदेखि कालीसम्म मिचिँदैछन् सीमा
अन्याय र अत्याचारमा लाटो नसुतोस्
नेपालीको भाग्य राम्रो लेख विधाता
डरत्रासमा कसैले सातो नलुटोस्
चानुवा–५, धनकुटा