19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिपुल सिजापती April 14, 2011, 7:09 am

उता सुन्छु तिम्रो आँसु झरेकाछन् पीरमा

यता बुझ मेरो मुटु परेकाछन् झीरमा

तिम्रो माया ढाल बनि रहेकाछन् म सित

कयौं पल्ट काल पनि, टरेकाछन् शीरमा

लाला-बाला, प्यारी, आमा, संझीबस्दा यादले

डाहा पार्ने चर्को बिष, भरेकाछन् तीरमा

कठै बाबा सँधै अव, रुँदा होलान् संझेर

ओवानो यो पनि छैन, डुवेकाछन् नीरमा

गोठ, बाली, साहु, रीन, तसा्रउछन् बेसरी

फर्कु के ले तिर्नु रीन, मन छैनन् थीरमा

कति बेला के हुने हो, पत्तो छैन यो थला

सास कण्ठ आई ज्यान, अडेकाछन् भीरमा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।