राखेँ प्रस्ताव मिलनको आँटेर तिमीलाई
मेरै जस्तो भावनाको दाँजेर तिमीलाई ।
दुःख खपी बाँच्नु पर्दा जीवन दुःख्ने गर्छ
त्यही वेदना सुनाउँछु भाँचेर तिमीलाई ।
मनको बह कसैलाई नकह भन्छन् क्यारे जनहरु
मैले भने ल्याएको छु साँचेर तिमीलाई ।
मनै दुःखी तनै दुःखी हीनताको खेल होला
भर्ने सोच छ माना–पाथी खा“जेर तिमीलाई ।
मायामा काया फाल्न नसकिने कुरा झुटो
दिन्छु म त चोखो दिल माझेर तिमीलाई ।।
कुश्मा, पर्वत