14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आख्यानकार भागीरथी श्रेष्ठ

व्यक्तित्व / कृतित्व लीला लुइटेल April 17, 2011, 2:11 am
लीला लुइटेल
लीला लुइटेल

१. विषयप्रवेश:

परिचय

भागीरथी श्रेष्ठको जन्म २००५ साल असोज १४ गते, रिडी, गुल्मीमा भएको हो । यिनले स्नातकसम्मको शिक्षा हासिल गरेकी छन् । रुरु गाउँ पञ्चायतकी सदस्य, महिला सङ्गठन गुल्मीको उपाध्यक्षसमेत रहेकी भागीरथी श्रेष्ठले केही समय शिक्षकको रूपमा पनि कार्य गरेको पाइन्छ । नारी शिल्पकला केन्द्र भैरहवाको सचिव भएर काम गरेकी यिनले सामाजिक सेवा समन्वय परिषद् तारा गाउँ विकास समितिमा पनि काम गरेकी थिइन् । सिद्धिचरण काव्यप्रतिष्ठान एवं गुञ्जनको सदस्यसमेत रहेसकेकी यिनले रुरु, कस्तुरी तथा मिर्मिरे पत्रिकाको सम्पादनसमेत गरेको जानकारी पाइन्छ ।

२०२३ सालको रुरु पत्रिकामा प्रकाशित प्रबल इच्छा शीर्षक कथाबाट नेपाली कथामा प्रवेश गरेकी भागीरथी श्रेष्ठका क्रमशः (२०४३), मोहदंश (२०४४), विभ्रम (२०५०), रङ्गीन पोखरी (२०५०) तथा भूमिगत (२०६२) गरी पा“चवटा कथा सङ्ग्रहहरू प्रकाशित छन् । यसैगरी यिनका मालती (२०३४), एउटा यस्तो आकाश (२०४६) शीर्षक दुई उपन्यासहरू पनि प्रकाशित छन् । यिनले अग्निपर्व (२०६४) उपन्यासको अनुवाद पनि गरेकी छन् । उपर्युक्त पुस्तकाकार वृmतिबाहेक यिनका अन्य थुप्रै फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । यिनका केही कथाहरू अङ्ग्रेजीमा अनुवाद हुनुका साथै केही कथाहरूमा टेलीचलचित्र पनि निर्माण गरिएको छ । यिनले केही बालकथाहरू पनि लेखेकी छन् । यिनको लेखनमा लामो निरन्तरता पाइन्छ ।

२०२३ सालदेखि निरन्तर रूपमा सिर्जनरत श्रेष्ठले आफ्नो साहित्य यात्राको चार दशक बिताइसकेकी छन् । यस अवधिमा यिनी अन्तर क्याम्पस गजल प्रतियोगितामा स्वर्णपदक (२०२४), लुम्बिनी अञ्चलस्तरीय साहित्यिक सम्मेलनमा सुवर्णपदक (२०३३), रत्नश्री सुवर्णपदक (२०४३), टेलिचलचित्रमा उत्वृmष्ट कथाकार पुरस्कार (२०४४), मैनाली कथा पुरस्कार (२०४८), बालसाहित्य समाजद्वारा आयोजित बालकथा प्रतियोगितामा तृतीय पुरस्कार जस्ता विभिन्न पुरस्कारद्वारा सम्मानित पनि भएकी छन् ।

२. विषयविस्तार

भागीरथी श्रेष्ठले नेपाली साहित्यमा विशेषगरी आख्यान विधाअन्तर्गत पर्ने कथा तथा उपन्यासमा कलम चलाएकी छन् । यिनका हालसम्म प्रकाशित कथा सङ्ग्रहमा सङ्गृहीत कथा तथा उपन्यासमा आधारित भएर यिनका प्रवृत्तिको निरूपण गर्नु यस लेखको उद्देश्य रहेको छ ।

२.१ भागीरथीका कथाहरू

भागीरथी श्रेष्ठका पा“चवटा कथा सङ्ग्रहमा समाविष्ट कथाहरू यसप्रकार छन्:

कथा सङ्ग्रह------------ सङ्गृहीत कथा

क्रमशः(२०४३)---------भुइँचालो, उदारता, अविश्वासको आकाश, समर्पण, जीवनदान, मातृत्व, चुरीका टुक्राहरू, धर्मपुत्र, आत्मसन्तुष्टि, असमानता, क्रमशः, मोहभङ्ग, मरुभूमिमा एउटा पूmल, एक मुस्लो कुहिरो, आकर्षण ।

मोहदंश(२०४४)--------- जलनका बिम्बहरू, संस्कार, दीपा, अतिक्रमण, दिलु बज्यै, चिता, शकुन्तला, शिक्षक, सजाय, निरर्थक, लाञ्छना, द्वन्द्व–अन्तद्र्वन्द्व, मोहदंश ।

विभ्रम२०४९)--------- पराइ पाइला, उदासीका क्षणहरू, निरुत्तर प्रश्नहरू, अर्काे क्षितिजको खोज, अविचल, बीस वर्षपछि, झर्दै गएका सउरका पातहरू, विभ्रम, मोड, जीर्णाेद्धार, अन्तर, जिन्दगी– एउटा नाङ्गो रुख, प्रतिबिम्ब, सीमाना नाघेपछि, एक टुक्रा खुशी, चिसो, रंगहीन आकाश, खुलदुली, धूलो, अविश्वासको गुम्फनभित्र, विपन्नता, अवसान, रगतको नाता, जुलुस, आफ्नै किनारा, विसर्जन, तेह्र वर्षपछि, एक्लोपनका तरङ्गहरू, स्वतन्त्रता, उज्यालोको खोजी ।

रंगीन पोखरी(२०५०)------ प्रशंसा, अधिकार, घर, सिक्री, नाइकेको वाचा, खटिरा, हाकिमको भित्री खल्ती, चुनौती, रावण, दृष्टिकोण, अन्धो, महत्वाकाङ्क्षी ठूलो दाजु, जीवनको मूल्य, जाल, विवेकहीन, विवेक, आआनो आवश्यकता, हाम्रा निर्धन हिमालहरू, सर्पको विष, रङ्गीन पोखरी, अन्त्य, नया“ दुलही, आ“गनको नृत्य, नया“ घर, शोषण, दुस्साहस, संस्कार, भोक, मन्दिर, आगो, नङ्ग्रा, बीउ, यी नदीहरू, पराया गन्ध ।

भूमिगत(२०५०)---------- अन्तराल, अपराधबोध, ओझेल परेका प्रेमका किरणहरू, अ“ध्यारो फाटेपछि, विश्वास–अविश्वास, दह, तयार भयौ ?, काग र चिठी, सुन्दर झ्याल, पर्दा, त्यो कालो ढुङ्गा, मौनताभित्र, चिना, पूर्णविराम, चा“दीको करुवा, घाम डुबेपछि, भूमिगत, आ“धी, दूरी, चुनौती, वचनबद्धता ।

रातो गुलाफ(२०६६)-------- उज्यालाको पर्खाल, पीडा–विनिमय, च्यातिएको नोट, खेल, आफ्नै धरातल, विप्लव, आगो र पानी, रातो गलै“चा, आसक्ति, अग्रहण, साक्षीको बयान, उद्दाम लहर, पन्छी, दोस्रो बाटो, रातो गुलाफ, निर्वस्त्र, नया“ छोरी

माथिको तालिकालाई हेर्दा भागीरथीको क्रमशःमा १७, मोहदंशमा १३ विभ्रममा ३०, रङ्गीन पोखरीमा ३४, भूमिगतमा २१ तथा रातो गुलाफमा १७ वटा कथा समाविष्ट छन् ।

भागीरथी श्रेष्ठका हालसम्म प्रकाशित सम्पूर्ण कथाहरूको अध्ययन गर्दा केही कथाहरू अलि लामो आयाममा विस्तारित भएको पाइए पनि धेरैजसो कथाहरू सरदर मझौला आयाममै संरचित छन् भने यिनको रङ्गीन पोखरीमा समाविष्ट कथाहरूचाहि“ लघुआयाममा संरचित छन् । यिनका कथाको सङ्गठनात्मक व्यवस्थापन प्रचलित परिपाटीबद्ध ढा“चाको देखिन्छ र सबैजसो कथाहरूमा आदि, मध्य र अन्त्यको क्रमिक वितरण पाइन्छ । प्रायः वर्णनात्मक ढङ्गबाट कथाको प्रारम्भ गरी लगभग उही तरिकाले कथानकको विस्तार गर्दै समापनको बिन्दुमा पु¥याउने परिपाटी यिनका सबैजसो कथामा भेटिन्छ । यिनले अधिकांशतः कथाको सुरुतिरै प्रमुख सहभागी, घटना, कार्यव्यापार आदिको परिचय दि“दै मूल कथ्य वा सम्भावित समस्यालाई प्रस्तुत गर्दै मध्य भागमा त्यसको व्यापक विस्तार गरी अनेक सङ्कटावस्थाहरू पार गराउ“दै सम, विषम वा अन्य कुनै ढङ्गले कथालाई अन्त्य भागमा पु¥याएर निष्कर्षण प्रस्तुत गर्ने परिपाटीको अनुसरण गरेकी छन् । यसर्थ उपयुक्त विभाजनका साथ प्रचलित परिपाटीबद्ध ढा“चामा कृति र वस्तु दुवैको क्रमिक सङ्गठनात्मक व्यवस्थापन गरी कथा सिर्जना गर्नु कथाकार भागीरथी श्रेष्ठको शिल्पगत विशेषता हो ।

भागीरथी श्रेष्ठ समाजमा घट्न सक्ने विभिन्न प्रकारका घटनाहरूलाई कथ्य बनाएर कथा लेख्ने सामाजिक यथार्थवादी कथाकार हुन् । दाम्पत्य जीवनका विविध पाटाहरू, सन्तानविहीन परिस्थितिमा मानिसले भोग्नुपर्ने पीडा, मातृत्वको पीडा र महत्व, आर्थिक असमानताले उत्पन्न गरेको पीडाजन्य परिस्थिति, वैधव्यको पीडा, वmुरूप नारीहरूले भोग्नुपरेका सामाजिक तिरस्कार, पुरानो र नया“ पुस्ताका बीचमा देखापर्ने सङ्कटग्रस्त मूल्यहरू जस्ता विविध विषयवस्तुबाट यिनले कथाको संरचना निर्माण गरेकी छन् । समाजका ज्वलन्त समस्यालाई कथात्मक रूप दिने भागीरथीका कथाहरूमा सांस्वृmतिक परिष्कारको भावना अभिव्यक्त भएको छ । यिनका कथामा सांस्वृmतिक परिष्कार तथा सुधारको चाहना कोरा आदर्श र नाराका रूपमा नभएर यथार्थप्रति निष्ठावान रहेको देखिन्छ ।

भागीरथीका कतिपय कथाहरू मनोवैज्ञानिक धरातलमा लेखिएका छन् । यिनले नारी र पुरुष दुवैका मानसिक आरोह–अवरोहलाई प्रस्तुत गरेकी छन् । जलनका बिम्बहरू, संस्कार, दिलु बजै, शवmुन्तला जस्ता कथाहरूमा नारी मनस्थितिको चित्रण गरिएको छ भने दीपा, अतिक्रमण, शिक्षक, पिता जस्ता कथामा पुरुषको मनोविज्ञान केलाइएको छ । यिनका मनोवैज्ञानिक कथाहरू पनि पूर्ण रूपमा मनोविश्लेषणात्मक नभएर सामाजिक संस्कारको पृष्ठभूमिमा लेखिएका छन् ।

भागीरथीले राजनैतिक विषयवस्तुमा पनि कथा लेखेकी छन् । राजनैतिक विषयवस्तु भएका यिनका कथाहरूमा युगीन तानाशाही शासन, सङ्कटमा परेको राष्ट्रियता, सत्तासीनहरूले गरेको सत्ताको दुरुपयोग, सत्ता र शक्तिका आडमा हराउ“दै गएका मानवीय मूल्यहरू, मानव अधिकारको हनन, जातीयताको सङ्कीर्ण सोचाइले निम्त्याउन सक्ने सङ्कटजस्ता विविध पक्षहरूको अभिव्यक्ति पाइन्छ । प्रजातन्त्रको पुनस्र्थापनापछि देशमा देखापरेका विविध प्रकारका विवृmति र विसङ्गतिको चिरफार गरिएका यस्ता कथाहरूमा यही स्थिति रह“दै जाने हो भने एकदिन विद्रोहको ज्वालामुखी फुटेर भयङ्कर एवं त्रासद परिणाम निस्कने सङ्केत यिनका कथामा गरिएको छ । घर, चुनौती, अन्त्य, मन्दिर, आगो, भूमिगतजस्ता कथाहरू यस कोटिमा पर्दछन् । राजनैतिक विषयवस्तु भएका यिनका कथाहरूमा सत्तासीनहरूप्रति तीखो व्यङ्ग्य प्रहार गर्दै मानिसका अन्य गतिविधिमा रोक लगाए पनि उसको विचारलाई छेक्न र थुन्न नसकिने धारणा अभिव्यक्त भएको पाइन्छ । यसैगरी देशमा भएको सशस्त्र द्वन्द्वका विभिन्न सन्दर्भहरुलाई पनि यिनका कथामा विषय बनाइएको छ । विप्लव यिनको यसप्रकारको उल्लेखनीय कथा हो ।

भागीरथीका कथामा पाइने अर्को महत्वपूर्ण पक्ष सहज रूपमा द्वन्द्वको समायोजन हो । यिनका कथामा आन्तरिक र बाह्य दुवै द्वन्द्व पाइन्छ । आदर्श–यथार्थ, सत्–असत्, परम्परा र आधुनिकता बीचका द्वन्द्वहरू बाह्य द्वन्द्वका रूपमा प्रायः कथाहरूमा वmुनै न वmुनै रूपले आएका छन् भने जलनका बिम्बहरू, दीपा, अतिक्रमण, शवmुन्तला जस्ता कथामा व्यक्तिको आन्तरिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । यसैगरी पराय पाइला कथामा बाह्य परिवेश र व्यक्तिको अहंका बीच हुने द्वन्द्वको समायोजन पाइन्छ ।

भागीरथी श्रेष्ठका सामाजिक कथाहरूमा प्रयुक्त सहभागीहरूले समाजका विभिन्न वर्ग, उमेर र अवस्थाका व्यक्तिहरूको प्रतिनिधित्व गरेका छन् भने मनोवैज्ञानिक कथाहरूमा व्यक्ति सहभागीको प्रयोग पाइन्छ । यिनका कथामा प्रयुक्त सहभागीहरू प्रायः शिक्षित र बौद्धिक हुनाका साथै स्थिरभन्दा गतिशील प्रवृत्तिका देखिन्छन् । कतिपय कथाहरूमा मानवका अतिरिक्त मानवेतर सहभागीलाई पनि समावेश गरिएको छ । जाल कथाका वmुवmुर र स्याल, शोषण कथाका पहाड र फेदी, यी नदीहरू कथाका नदीहरूमा मानवीय संवेदना प्रत्यारोपण गरेर कथात्मक स्वरूप प्रदान गरिएको पाइन्छ । भागीरथी श्रेष्ठका कथामा कथानकलाई धान्न नसक्ने अक्षम खालका नभई सक्षम खालका सहभागीहरूको प्रयोग पाइन्छ । अधिक सङ्ख्यामा नभएर न्यून सङ्ख्यामा सहभागीको प्रयोग गरी तिनकै परिवृत्तबाट कथ्यलाई अगि बढाएर कथान्त गर्ने परिपाटी यिनका अधिकांश कथामा भेटिन्छ । विशेषगरी नारी सहभागीका क्रियाकलाप र मानसिकतालाई ध्यानमा राखेर सिर्जना गर्ने भागीरथी श्रेष्ठका कथाको मूल कथ्य प्रमुख सहभागीमै केन्द्रित गरी अरूलाई त्यसकै वरिपरि महत्वहीन पाराले प्रस्तुत गरिएको देखिन्छ । यिनका कतिपय सहभागीहरू लुरिकान्ते भए पनि तिनको चरित्रचित्रणमा भने स्वाभाविकता र जीवन्तता पाइन्छ । कतिपय कथा एउटै सहभागीमा समेत केन्द्रित रहेको पाइने यिनका कथामा अनुकूल र प्रतिकूल दुवै खाले सहभागीको चरित्रचित्रण उत्तिकै महत्वका साथ स्वाभाविक रूपमा गरिएको छ । गतिशील सहभागीभन्दा स्थिर सहभागीकै बढी प्रयोग पाइने यिनका कथामा व्यक्ति र वर्गीय दुवै खाले सहभागीको प्रयोग सहज ढङ्गमा गरिएको छ । यिनले उच्च र निम्न दुवै वर्गका सहभागीको चरित्रचित्रणसमेत समान महतवका साथ स्वाभाविक रूपमा गरेकी छन् । यसर्थ कथ्यअनुरूप सहभागीहरूको निर्माण गर्नु र तिनको चरित्रचित्रण सहज र स्वाभाविक रूपमा गर्नु यिनको कथा सिर्जनधर्मिता हो ।

विभिन्न खाले सहभागीको प्रयोगका माध्यमबाट कथ्यलाई अगि बढाउने भागीरथी श्रेष्ठ चरित्रप्रधानभन्दा घटनाप्रधान कथास्रष्टा हुन् । यिनका कथामा घटनावर्णनको आधिक्य हु“दाहु“दै पनि सहभागीको चरित्रचित्रण स्वाभाविक रूपमा गर्ने प्रवृत्ति रहेको छ ।

भागीरथीका कथाहरूमा मूलतः सहरिया परिवेश र अंशतः ग्रामीण परिवेशको चित्रण पाइन्छ । सहरिया परिवेशमा प्रायः निम्नमध्यम र मध्यमवर्गीय शिक्षित परिवारको चित्रण गरिएको छ । यिनका अधिकांश कथाहरूमा नेपाली संस्वृmतिका विविध पक्षहरूको प्रस्तुति पाइन्छ । नेपाली समाजमा देखापरेका विविध प्रकारका समस्या र विसङ्गतिलाई प्रस्तुत गर्दै तिनको युगानुवूmल परिष्कारको चाहना यिनका कथालेखनको उद्देश्य रहेको देखिन्छ । यिनका कथामा पात्रको स्तरअनुरूपको सरल तथा सहज भाषिकयोजना गरिएको छ । ठाउ“ठाउ“मा आलङ्कारिक तथा विचलनयुक्त भाषिक प्रयोगले गर्दा यिनको शैली कलात्मक बन्न पुगेको छ ।

सामाजिक विवृmति र विसङ्गतिको उन्मुलन गर्दै सामाजिक–सांस्कारिक परिष्कारको चाहना राख्ने भागीरथी श्रेष्ठ मूलतः सामाजिक र अंशतः मनोवैज्ञानिक कथाकार हुन् । सरल, सहज भाषिक प्रयोगले यिनका कथाहरूलाई स्वभाविक र पठनीय तुल्याएका छन् ।

२.२ उपन्यासकार भागीरथी श्रेष्ठ

भागीरथी श्रेष्ठले उपन्यासहरूको पनि सिर्जना गरेकी छन् । २४ परिच्छेदको बाहृय संरचनामा आबद्ध यिनको मालती उपन्यासलाई सानो उपन्यासका रूपमा लिन सकिन्छ भने ठूलो उपन्यासका रूपमा १२ परिच्छेदमा आबद्ध एउटा यस्तो आकाश रहेको देखिन्छ । यति हु“दाहु“दै पनि यिनका उपन्यासको बाहृय संरचना त्यति भिन्न नभई लगभग एकै प्रकारको र उस्तै आयामको देखिन्छ । यिनका दुवै उपन्यासमा परिच्छेद विभाजनलागि अङ्कको प्रयोग गरिएको छ यसरी छोटा आयामका उपन्यासको सिर्जना गर्नु भागीरथी श्रेष्ठको उपन्यासमा पाइने संरचनात्मक वैशिष्ट्य हो ।

भागीरथी श्रेष्ठको मालती उपन्यासमा प्रकृतिले नारीलाई कोमल, भावुक र संवेदनशील प्रवृत्तिका धनी बनाइदिए पनि सौतेनी आमामा रूपान्तरित हु“दा उसभित्र रहेका कोमलता, भावुकता, संवेदनशीलताजस्ता प्रवृत्तिहरू शून्यको स्थितिभन्दा पनि तल झरेर कुटिल, कठोर र षड्यन्त्रकारी बन्न पुग्छन् भन्ने भाव अभिव्यक्त भएको छ । यस उपन्यासमा सौतेनी आमाको अत्याचारमा पिल्सिन पुगेकी टुहुरी केटीको माध्यमबाट नेपाली नारीको निरीह एवं दयनीय अवस्थाको चित्रण गरिएको छ । ग्रामीण नेपाली समाजमा व्याप्त जातिभेद, आर्थिक विषमता, शोषण, अन्याय–अत्याचारको विरोध पाइने यस उपन्यासमा समाजबाट यस्ता विकृतिको अन्त्य गरी समतामूलक समाजको निर्माण गरिनुपर्ने चाहना अभिव्यञ्जित छ । काम र मामको खोजीमा मुगलान पस्न बाध्य ग्रामीण नेपाली युवाहरूको नियतिलाई प्रस्तुत गरिएको यस उपन्यासमा देशभक्तिको भावना पनि प्रबल रूपमा मुखरित भएको छ । पलायन र निराशालाई त्यागेर जीवनप्रति आशावादी र सकारात्मक दृष्टिकोण राखी जीवनयात्रामा अगि बढ्नुपर्ने धारणाको अभिव्यक्ति यस उपन्यासको अभीष्ट रहेको पाइन्छ ।

भागीरथी श्रेष्ठको दोस्रो उपन्यास यस्तो एउटा आकाशमा पतिपत्नीको दाम्पत्य जीवनमा तेस्रो व्यक्तिको उपस्थितिले दाम्पत्य प्रेम एवं सुन्दर परिवारलाई नष्ट गर्ने भाव अभिव्यक्त भएको छ । घरमा विवाहिता पत्नी हु“दाहु“दै बाहिर मनपरी गरेर हि“ड्ने पुरुषको स्वेच्छाचारी प्रवृत्तिको विरोधात्मक प्रस्तुति पाइने यस उपन्यासमा पुरुषका यस्ता कुकृत्य तथा कुकर्महरु सहन नसक्ने यथार्थलाई देखाइएको भए पनि अन्त्यमा नारीको सहनशील एवं क्षमाशील प्रवृत्तिको प्रस्तुतिका साथ यस्ता समस्या समाधानको खोजी पनि गरिएको छ ।

भागीरथी श्रेष्ठको मालतीमा प्रगतिवादी चेतको छनक पाइन्छ भने एउटा यस्तो आकाश आदर्शाेन्मुख यथार्थवादी उपन्यास हो । आञ्चलिकताको स्पर्श पाइने यिनका उपन्यासमा मूल रूपमा पश्चिम नेपालको ग्रामीण परिवेशको चित्रण पाइन्छ भने आंशिक रूपमा सहरी परिवेश पनि चित्रित छ । यसमा प्रयुक्त भाषा सरल, सहज तथा शैली वर्णनात्मक रहेको छ । नारीको क्षमाशील प्रवृत्तिको प्रस्तुतिका साथ स्वस्थ एवं हार्दिक पारिवारिक वातावरणको चाहना अभिव्यञ्जित गर्नु यस उपन्यासको उद्देश्य रहेको देखिन्छ ।

भागीरथी श्रेष्ठको पहिलो उपन्यास मालतीको तुलनामा दोस्रो उपन्यासमा प्रयुक्त भाषा निकै परिष्कृत र परिमार्जित देखिन्छ । तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित यिनका उपन्यासमा वर्णनात्मक शैलीका अतिरिक्त केही मात्रामा संवादात्मक शैलीको पनि प्रयोग गरिएको छ ।

भागीरथी श्रेष्ठको मालती उपन्यासको शीर्षक उपन्यासकै प्रमुख नारी सहभागी मालतीको नामबाट राखिएको छ । नारी समस्याप्रधान उपन्यासमा प्रमुख सहभागीका नामबाट शीर्षक चयन गरिनु औचित्यपूर्ण देखिन्छ । यिनको अर्को उपन्यासको शीर्षक एउटा यस्तो आकाशचाहि“ प्रतीकात्मक देखिन्छ । एउटा यस्तो आकाश पदावलीले जीवन यस्तो हुनुपर्छ भन्ने अर्थ प्रदान गरेको छ । यसैअनुरूप चयन गरिएको यस उपन्यासको शीर्षक पनि सार्थक र सामञ्जस्यमूलक देखिन्छ । यसरी सहभागीका नामबाट तथा उपन्यासको कथ्यअनुरूपको शीर्षक चयन गरी उपन्यासको कथ्य र शीर्षकका बीच तादात्म्य प्रदान गर्नु उपन्यासकार भागीरथी श्रेष्ठकोे औपन्यासिक शीर्षक चयनमा पाइने वैशिष्ट्य हो ।

३. विषयान्त

प्रशस्त कथा र दुई उपन्यास सिर्जना गरी सिङ्गो नेपाली आख्यान साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएकी साहित्यकार भागीरथी श्रेष्ठ नेपाली साहित्यको इतिहासमा भने उति धेरै चर्चा र महत्व नपाएकी व्यक्तिका रूपमा देखिन्छिन् । यिनी नेपाली साहित्यमा सामाजिक तथा मनोवैज्ञानिक यथार्थको अभिव्यक्ति गर्ने आख्यानकार हुन् । यसका अतिरिक्त सम्पादक तथा अनुवादकका रूपमा पनि यिनको स्थान सुरक्षित रहेको छ । विशेषगरी सामाजिक र मनोवैज्ञानिक कथाका क्षेत्रमा आफ्नो पहिचान कायम गरिसकेकी भागीरथी श्रेष्ठ नेपाली कथा क्षेत्रकी अथक साधक हुन् र यिनको साधना निरन्तर रूपमा अघि बढिरहेको छ । कथा, उपन्यास, अनुवाद आदि विभिन्न क्षेत्रमा कलम चलाउने आधुनिक नेपाली आख्यान साहित्यकी अथक स्रष्टा भागीरथी श्रेष्ठ समसामयिक नेपाली कथाका क्षेत्रमा परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले पूर्ण सफलता प्राप्त गरेकी उल्लेखनीय कथाकार हुन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।