गजल
गजल
दासीदाइ
April 18, 2011, 7:54 am
बाँच्नुछ आँशु पिएर यहाँ
उधारो खुशी लिएर यहाँ ।
किनार बनें, बगर भएँ
जिन्दगी सारा खिएर यहाँ ।
बुन्दैछु फेरी सपना नौलो
फाटेको मायाँ सिएर यहाँ ।
छोपीयो कोही, नदेख्ने गरी
पुरानो घाउ दिएर यहाँ ।
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।