19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विजन–राज्य

लघुकथा प्रा. डा. कपिल लामिछाने April 18, 2011, 8:10 am
प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने

मुलुकमा विभेद थियो । विभेद–विरुद्धको आन्दोलन पनि त्यत्तिकै चर्किंदै थियो । राजनीतिक वृत्तमा राज्यको पुनः संरचनाको चर्चा थियो । जातीय राज्य बन्नुपर्ने आवाज चर्को थियो । यो राज्य र त्यो राज्य । लैङ्गिक विभेद झन् चर्को थियो । लैङ्गिक विभेद–विरुद्धको आन्दोलन पनि चर्को थियो । पुरुष सत्ताले गर्दा महिलाहरू उत्पीडित थिए । महिलाहरूले, महिलावादीहरूले राज्यको पुनः संरचना हुँदा छुट्टै आधा राज्य महिलाराज्य हुनुपर्ने माग अघि सारे । अडान राखे । हरेक आन्दोलनका अगाडि झुक्दै गएको राज्यले सो माग स्वीकार ग¥यो । ....

महिला–राज्यमा पुरुषलाई निषेध,

पुरुष–राज्यमा महिलालाई निषेध ।

कालान्तरमा...

महिला राज्यमा महिलाहरू बूढी हुँदै सकिँदै गए,

पुरुष–राज्यमा पुरुषहरू बूढा हुँदै सकिँदै गए ।

र अन्तमा...

दुवै राज्य विजन–राज्यमा रूपान्तरण भए ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।