धेरै माया गर्यौ भने यसले टोक्न थाल्छ नानु
भित्री आँत खोल्यौ भने यसले खोक्न थाल्छ नानु ।
गाँसवास दे'को भुल्छ माया कुल्ची फाली हिंड्छ
दया गरि सुन्यौ भने यसले भुक्न थाल्छ नानु ।
औंलो दिंदा डुँडुल्नो नै निल्न खोज्ने बानी त्यस्तै
सुनकै थालमा खिरै ख्वाऊ त्यसमै थुक्न थाल्छ नानु ।
मान्छे जस्तो बैगुनी त अर्को जातै हुन्न हेर
जसले गर्यो हित उसलाई शत्रु देख्न थाल्छ नानु ।
लन्डन