16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फ्रन्टपेज’ ले ढाकेका मिडिलपेजहरु

कृति/समीक्षा भागवत ढकाल April 20, 2011, 2:58 pm

१. विषय प्रवेश

झण्डै एक हप्ता अगाडि दिउ“सोतिर बजेको मोबाइलमा अपरिचित नम्बर थियो, फोन वार्तामा मेरो कृति विमोचनमा आफू सहयोगी भूमिकामा रहेको र आफूले कुनै स्रष्टाको कृति समीक्षार्थ ल्याइपु¥याउन चाहेको आदि प्रसङ्ग पश्चात् पुनः शुक्रबारका दिन मेरै कार्यस्थलमा खामबन्दी गरिएको किताब मैले पाए“ । डिक्कीमा राखिएको किताब घरायसी कारण वा व्यस्तताले एकदुई दिन खुल्न सकेन । पुनः एकदिन एस्.एम्.एस्. मार्फत् आइतबार आफू कलेजमा भेट्न आउने र कस्ता लागे कथा भन्ने जिज्ञासाले झसङ्ग भए“ । डिक्की र खामबन्दी एकै दिन उघारिए । यसपछि झण्डै २४ घण्टा भित्रै एकचोटि सरसर्ती कथा पढे“, फेरि शुक्रबारकै दिन बन्दको हल्ला चल्यो अनि पुनः पढ्ने मौका जु¥यो र कतिपय ठाउ“ महत्वपूर्ण भनी चिनो लगाउन थाले“ । किताब नै रङ्गिएछ । ठीकै छ, किताब फिर्ता गर्नुपर्ने होइन त भनी फेरि केही लेख्न जमर्को गरे“ । शीर्षक जुरेन, अनि यस्तै यस्तै बहानाबाजीमा कृतिभित्र पस्दैछु । कृति प्रति मेरा शब्दले कति न्याय गर्न सक्छन् ? यो हतारको पठन, झनै हतारको लेखन ।

१.१ लेखकिय पहिचान

सुबिसुधा आचार्य मैले पढ्ने गरेका कतिपय साहित्यिक पत्रपत्रिकाकी स्रष्टा हुन् । व्यक्तिगत रुपमा मेरो सम्झनामा उनीस“ग परिचय भएजस्तो मलाई लाग्दैन, म भुलक्कड भएकोले यदि मेरो परिचय भएको भएपनि मेरो स्मृतिपटलमा छैन । नाम यथेष्ट सुनेको पत्रपत्रिकामा फाट्टफुट्ट साहित्यिक रचनाहरू पढेको सन्दर्भमा एक्कासि कथासंग्रह ‘फ्रन्टपेज’ हात लाग्दा र समीक्षार्थ भनी राता अक्षरले जिम्मेवारीसमेत ताकेता गरिएबाट झनै उनको बारेमा जान्ने र चिन्ने उत्सुकता बढ्यो । हामी कलमजीवीहरुका लागि अन्य वैयक्तिक र पारिवारिक चिनारी भन्दा गहिरो परिचय कृति नै हुन सक्ने ठानी किताबलाई फ्रन्टपेज देखि लास्टपेजसम्म सर्वाङ्ग नियाले“ । वरिष्ठ समालोचक डा. तुलसी भट्टराईको ख“दिलो भूमिका पाए“, पछाडिपट्टि तस्बीरको छाया“मा गोप, ताजाखबर, नेपाल समाचारपत्र, मधुपर्क, राजधानी, प्रा.गोपिकृष्ण शर्मा, डा. तुलसी भट्टराई र निर्मोही व्यासका सटिक सूत्रात्मक टिप्पणीहरु फेला पारे“ । यी सबै सामल पाएपछि कृतिभित्रै कुद“े अनि अत्यन्त थोरै मात्रामा मैले सुबिसुधालाई चिने“ चिने“ जस्तो लाग्यो । फलतः यो लेख जन्मिएको छ ।

स्रष्टा सुबिसुधाको बाह्यव्यक्तित्व कृतिको बाह्य आवरणमा छाया रुपमा प्रस्तुत भए अनुरुप गहन गम्भीर, चिन्तनशील एउटा सामान्यभन्न्दा विशिष्ट नारी सौन्दर्यले युक्त शालीन व्यक्तित्वका रुपमा उनलाई चिनाइएको छ । कृतिको भूमिकाको पुछारमा लेखिएको हस्तलिखित सामग्री अनुसार केवलपुर–५, धादिङमा उनी २०३८ जेठ ७ गते जन्मिएकी हुन् । स्नातकसम्मको शिक्षा आर्जन गरेकी उनी शिक्षित नारी हुन् । स्थायी ठेगाना पिपलडा“डा–५, पाल्पा भएकी आचार्यको वास्तविक नाम सुशिला बिडारी हो ।

१.२ स्रष्टा व्यक्तित्व र नारी कथाकार

तीनवटा गजलसङ्ग्रह, तीनवटा मुक्तकसङ्ग्रह र एउटा गीतसङ्ग्रह प्रकाशनपछि ‘अग्नियुद्ध’ र ‘रहस्यमय भोगाइ’ नामक कथासङ्ग्रह प्रकाशित भइसकेको सन्दर्भमा ‘फ्रन्टपेज’ उनको तेस्रो कथासंग्रह हो । यसरी दश÷दश वटा कृति प्रकाशित गरेर आङ्खनो स्रष्टा व्यक्तित्व स्थापित गरिसकेकी आचार्य नेपाली साहित्यमा वर्तमान पुस्ताका केही स्रष्टाहरुमध्ये पर्ने र पाठकले चिन्ने नाम भइसकेको छ । गीत, गजल, कथा हु“दै उपन्यासतर्फको उनको रुचिले उनलाई बहुमुखी व्यक्तित्वका रुपमा स्थापित गरेको छ ।

नेपाली साहित्यमा नारी हस्ताक्ष्ँर तुलनात्मक रुपमा कम रहेको पृष्ठभूमिमा सुबिसुधाको सक्रियता र सिर्जनशील क्रियाशीलता आफैमा सुन्दर भविष्यको सङ्केत हो । नेपाली कथाको जग प्राथमिक र माध्यमिक कालले खनेको भए पनि कथाको वास्तविक पहिचान आधुनिक कालकै उपज हो । वि.सं. ९० को दशकपछि नेपाली साहित्यले युगसापेक्ष कथाहरु प्राप्त गरेको हो । गुरुप्रसाद र विश्वेश्वरबाट थालिएको कथाको सर्वाङ्ग यात्रामा थोरै नारी हस्ताक्षर देखिन्छन् । सुशीला कोइराला, देवकुमारी थापा, माया ठकुरी, राधिका राया, लोकप्रिया देवी, अमृता क्षेत्री, लख्खीदेवी सेवा, प्रेमा शाह, पारिजात, भागिरथी श्रेष्ठ, अनिता तुलाधर, मञ्जु का“चुली, इन्दिरा प्रसाई, देविका तिमल्सिना, सीता पाण्डे, (शर्मा र श्रेष्ठ ः २०४६, ९४–१००) आदि । यिनै सीमित नारी कथाकारको सूचीमा वर्तमान पुस्ताबाट प्रतिनिधित्व गर्छिन् – सुबिसुधा आचार्यले ।

१.३ कथाकारको कथा प्रवृति र ‘फ्रन्टपेज’ सङ्ग्रहका कथाहरु ः

कथालेखन सामान्य गुण होइन । विषयवस्तुको छनोट, विषयलाई आद्यन्त क्रमबद्धता, कौतुहलताको सम्मिश्रण, चरित्र चयन, प्रयुक्त चरित्रलाई यथोचित भूमिका, चरित्र र घटनाको विश्वसनीयताका लागि परिवेश अङ्कन, द्वन्द्व, पात्रानुकूल भाषा, प्रस्तुति, शीर्षकचयन आदिआदि कैयन तालमेल पछि मात्र पाठकले कथा पाउ“छ । अनि यहा“नेर यस्तो मिलेन वा बढी भयो भनी सजिलै टिप्पणी गरिदिन्छ पाठक, समालोचकले । कथाकारको समय, श्रम र कलात्मक संयोजनको मर्म पहिल्याउन गाह्रो छ सर्वसाधारणलाई ।

कथाकार सुबिसुधालाई यसै ‘फ्रन्टपेज’ कृतिका एक दर्जन कथाका आधारमा हेर्दा उनी विशुद्ध सामाजिक कथाकार हुन् । आफूले नजिकबाट देखे भोगेको, पत्रपत्रिकामा पढे÷अनुभव गरेका घटना शृङ्खला नै उनका रचनाका जग हुन् । बहुविवाह, पुत्र प्राप्तिको चाह, सौतेनी आमाले दिने यातना, अपाङ्ग भएर बा“च्नुपर्ने पीडा, नेपाली समाजकै घटनाक्रम हुन् । जृुन ‘सानीआमा’ कथामा कथाकारले सूक्ष्म विश्लेषण गरेकी छिन् । स्वयं नारी चरित्र भएपनि सानीआमाको भूमिकामा पुग्दा नारी कति कठोर बन्छे भन्ने यथार्थ झल्को यस कथामा पस्किएको छ । कृतिको शीर्षकथा ‘फ्रन्टपेज’ पत्रकारिता क्षेत्रस“ग सम्बन्धित छ जुन हाम्रै समाजभित्र पर्छ । फ्रन्टपेजमा आङ्खनो तस्बीर र भित्र अन्तर्वार्ता छपाएर रातारात ठूलो स्रष्टा बन्ने ध्याउन्नमा व्यक्ति कतिसम्म गिर्न सक्छ त्यसको उद्घाटन यस कथामा भएको छ । ‘पीडा आफैभित्र’ कथाले पनि आधुनिक भनाउ“दा सहरिया युवामा देखिएका पत्नी साट्ने प्रवृत्तिको नाङ्गेझार पारेको छ । ‘आरनका गोलहरु’मा गरिब बिर्खेकामीको गरिबीको चित्र छ, जसले बाढीपहिरोबाट आङ्खनो घरपरिवार गुमाउनु परेको छ, साहु शोषकको शोषकीय परिपाटीलाई पनि यहा“ कलात्मक रङ दिएर प्रस्तुत गरिएको छ । ‘रित्तो जिन्दगी’ कथाले पूर्वप्रेमीबाट दाइजोका नाममा पाएको पीडा र सोही कारणबाट बुबाहआमा गुमाएर रित्तो जिन्दगी भाइका साथ भोग्नुपरेको सामाजिक समस्याकै उत्खनन गरेको छ । ‘ईश्वरलाई विज्ञानको चुनौती’ शीर्षक कथामा बालसखा वियोग र आधुनिक चिकित्सा विज्ञानले मानवजीवनमा ल्याउन सक्ने लैङ्गिक परिवर्तनलाई सामाजिक पृष्ठभूमिमा राखेर प्रस्तुत गरिएको छ । ‘म भित्रको म’ कथाले व्यक्तिले भोग्ने पीडाको सीमा हुन्छ, अत्याचार भएपछि सहने सीमा हु“दैन र कसरी नारी दुर्गा, काली बन्छे भन्ने आसय पनि प्रमोदको हत्या गराएर दिइएको छ । ‘बदलि“दो बादल र स्वास्नीमान्छे’ कथामा साइबर संस्कृतिमा हुर्के बढेका वर्तमान पुस्ताका युवाका गुनासा र पीडाको अभिव्यक्ति छ । भूमण्डलीकरणले गर्दा कतारमा बस्ने अपरिचित युवकस“ग दाजुबहिनीको मित्रता गा“सी आङ्खनो विगतको तीतो पोखेको छ युवक दादाले स्रष्टा म पात्रस“ग । ‘भावनात्मक सम्बन्ध’मा हाम्रो समाज त्यति सहिष्णु र सरल छैन, अनावश्यक टीकाटिप्पणी र पीडा दिनमा रमाउ“छ, स्वावाजा र सानी बीचको विशुद्ध मैत्रीलाई जब शङ्काको घेरामा पारियो, बदमासी गर्ने ‘रने’ मृत्युको मुखमा पुगेर चोखियो, अनि समाजले भिन्न जात बीचको बाल हु“दै युवासुलभ भावनात्मक सम्बन्धलाई बु¤न नसक्दा त्यसको जवाफमा क्रान्तिकारी विवाह गराएर दिइएको छ । ‘दुर्घटना’मा सन्तानेच्छाले सताइएकी युवतीद्वारा आफै पतिका लागि मामाकी छोरी निर्जला सरप्राइज उपहार दिएको प्रसङ्ग छ । समाजमा यतिसम्मका अग्रगमन भएजस्तो लाग्दैन तर नारी ह्दयको फराकिलो पनलाई औ“ल्याउन सामाजिक परिवर्तनकारी यो घटनाको संयोजन ‘दुर्घटना’ कथामा गरिएको छ । ‘प्यासको उल्झन’ समाजभन्दा वैयक्तिक आवेग र अहंस“ग सम्बन्धित छ । त्रिकोणात्मक प्रेममा पुरुषको अपेक्षाभावबाट दिक्दारिएकी र मस्त यौवनमा पुगेकी युवतीले परपुरुषस“ग शारीरिक सम्बन्ध जोडेको मनोद्वन्द्वको बाहुल्य भएको कथा हो । यहा“ समाज परिस्थिति निर्माणका लागि सहयोगी सामग्री बनेर आएको छ । ‘बन्दको त्यो दिन’ आन्दोलनको नाममा भइरहने बन्दहडताल संस्कृतिस“ग सम्बद्ध छ । बन्दले सर्वसाधारण गरिबलाई पार्ने जीवन गुजाराको समस्यालाई यहा“ कलात्मक एवं दुखान्त मूलक शैलीमा पस्किएको छ ।

यसरी कथासङ्ग्रहमा रहेका सबै कथाले नेपाल र नेपाली समाजका गाउ“ एवं सहरका, पुरुष, नारीका समस्याको उठान गरेको छ । वर्गीय दृष्टिकोणले यहा“ बालकदेखि प्रौढसम्मका चरित्र, पठित अपठित, धनी, गरिब, विभिन्न जातजाति, पेशाका दृष्टिले वैदेशिक जागिरे देखि ट्याक्सी ड्राइभर, पत्रकार आदि समाजका प्रायः सबै वर्ग र क्षेत्रका चरित्रलाई समेटेर यस कृतिका कथाहरु आएकाले यो संंग्रह, सामाजिक यथार्थको धेरै नजिक छ र कथाकार सुबिसुधाको मूल प्रवृत्ति पनि समाजलाई पस्किनु नै हो ।

प्रकारान्तरले मनोविश्लेण, पीडा आफैभित्र, रित्तो जिन्दगी, म भित्रको म, भावनात्मक सम्बन्ध, प्यासको उल्झन जस्ता कथाहरुमा देख्न सकिन्छ । जेहोस् कथाकार आचार्य नेपाली समाज र यस भित्रका विकृत र व्यवह्त सत्यबाट परिचित छिन् । यसैको उद्घाटनमा उनलाई आनन्द आउ“छ र यस्तै कथामा उनको दक्षता पनि बढ्दो छ । अतः भोक्ता जीवनकी द्रष्टा कथाकारका रुपमा उनलाई हेर्न सकिन्छ ।

१.४ ‘फ्रन्टपेज’ कथासङ्ग्रहका कथाको वर्गीकरण ः

सामान्यतया कथालाई विषयवस्तु, शैली र उद्देश्यका आधारमा वर्गीकरण गर्न सकिन्छ । आवश्यकता अनुसार चरित्रचयन र प्रयोग, परिवेश अङ्कन, घटनाक्रम, प्रयोगधर्मिता आदि अनेकन सूक्ष्म भेदोपभेद तिर पनि जान सकिन्छ । तर पनि यहा“ तीन आधारमा उनका कथालाई यसरी वर्गीकरण गर्न सकिन्छ ।

१.४.१ विषयवस्तुका आधारमा ः

कथा सानो आ“खी¤याल हो जहा“बाट संसार चियाइन्छ भन्छन् । देवकोटा (१९९९, १२०) यस्तो स्थितिमा समाज, संस्कृति, ज्ञान, विज्ञान, कला, साइबर संस्कृति, कृषि, चिकित्सा आदि कैयन क्षेत्र र विषयमा कथा लेख्न सकिन्छ । कथाकार सुबिसुधाले यस फ्रन्टपेज कथासंग्रहमा मूलतः समाजलाई विषयवस्तुको केन्द्र बनाएको कुरा माथि कथा प्रवृत्ति १.३ मा पनि चर्चा गरियो । समाजको केन्द्रीयताबाट उनी गाउ“ सहर डुलेकी छिन् । बिर्खेकामीको आरन देखि (आरनका गोलहरु) बुद्ध एयरको बिमान चढेर पोखराको लेकसाइडमा स्थित डायमण्ड इन्टरनेशनल गेष्ट हाउस (म भित्रको म) हु“दै डिस्कोमा नाच्ने रमाउने श्रवण (पीडा आफै“ भित्र) जस्ता विभिन्न स्थानसम्म विस्तारित छ । स्वदेशदेखि विदेश कतारमा काम गर्ने ¤याप्ले दाइ (बदलि“दो बादल र स्वास्नीमान्छे) सम्म फैलिएको छ । नारी पुरुषका विविध रुप र वर्गले उनको कथामा स्थान पाएका छन् । यसर्थ विषयवस्तुका दृष्टिले उनका कथाको क्षेत्र फराकिलो छ । जसलाई यसरी अझ सूक्ष्म वर्गीकरण गर्न सकिन्छ ।

क) पारिवारिक विषयवस्तुमा आधारित कथाहरु ः

सानीआमा, पीडा आफैभित्र, आरनका गोलहरु, रित्तो जिन्दगी, दुर्घटना ।

ख) प्रेमप्रणयमा आधारित कथाहरु ः

प्यासको उल्झन, दुर्घटना, भावनात्मक सम्बन्ध

ग) ज्ञान विज्ञान र प्रविधिस“ग सम्बन्धित कथाहरु ः

ईश्वरलाई विज्ञानको चुनौती, बदलि“दो बादल र स्वास्नी मान्छे ।

घ) साहित्यिक गतिविधिस“ग सम्बन्धित कथा ः

फ्रन्टपेज

ङ) सामाजिक राजनैतिक समस्यामा आधारित कथा ः

बन्दको त्यो दिन

च) मनोवैज्ञानिक कथा ः

रित्तो जिन्दगी, म भित्रको म, प्यासको उल्झन, भावनात्मक सम्बन्ध

१.४.२ शैलीका आधारमा कथाको वर्गीकरण ः

अभिव्यक्तिप्रणाली, रचनाविधान र दृष्टिविन्दुका माध्यमबाट गरिने वर्गीकरणलाई यस अन्तर्गत राख्न सकिन्छ । हुन त घटना, चरित्र, परिवेशचयन हु“दै भाषिक प्रयोग, कथाको आयतन, पात्रीय भूमिका, आदिआदिकोणबाट पनि कथाको वर्गीकरण गर्न सकिन्छ । तापनि सुबिसुधा आचार्यका ‘फ्रन्टपेज’ भित्रका कथालाई निम्न तीन आधारमा वर्गीकरण गर्न सकिन्छ ः

क) अभिव्यक्ति प्रणालीका आधारमा ः

वर्णनात्मकता, आत्मकथात्मक, संवादात्मक, पत्रात्मक शैली यसभित्र पर्दछन् । कथाकार आचार्यले आङ्खना कथामा यिनै प्रवृत्ति प्रयोग गरेकी छिन् ।

अ) वर्णनात्मक कथाहरु ः

आरनका गोलहरु, ईश्वरलाई विज्ञानको चुनौती, बन्दको त्यो दिन ।

आ) आत्मकथात्मक कथाहरु ः

म भित्रको म, रित्तो जिन्दगी, भावनात्मक सम्बन्ध, प्यासको उल्झन

इ) संवादात्मक कथाहरु ः

फ्रन्टपेज, बदलि“दो बादल र स्वास्नीमान्छे, दुर्घटना

ई) पत्रात्मक शैली

ईश्वरलाई विज्ञानको चुनौती, रित्तो जिन्दगी

ख) रचनाविधानका आधारमा ः

घटना, चरित्र, परिवेश, प्रतीक आदिको प्रधानतालाई रचनाविधान भित्र राखिन्छ । यस सन्दर्भबाट सुबिसुधा आचार्यलाई हेर्दा उनले यस ‘फ्रन्टपेज’ संग्रह भित्रका अधिकांश कथा घटनाप्रधान तुल्याएकी छिन् । बदलिदो बादल..... केही प्रतीकात्मक छ भने अन्य कथाहरुमा घटनाको वर्णनमै“ कथाकार रमाएकी छिन् । हुन त ‘म भित्रको म’ कथामा कताकता ‘म’ पात्रको भूमिका प्रबल हो कि जस्तो लाग्छ तर पनि त्यहा“ म पात्रले भोगेका र उसले घटाएका घटनाकै बाहुल्य छ । विवाहपूर्व माइतीको बुख्या“चा बन्नु पर्ने नारी पीडाको घटना नै त्यहा“ सशक्त रहेको छ । जेहोस् उनका अधिकांश कथामा घटनाकै बाहुल्य देखिने हु“दा उनलाई घटनाप्रधान कथाकारका रुपमा लिन सकिन्छ ।

ग) दृष्टिबिन्दुका आधारमा ः

कथाकार सुबिसुधा आचार्यले ‘फ्रन्टपेज’ कथासङ्ग्रहमा प्रथम र तृतीय पुरुष दृष्टि बिन्दुलाई नै बढी प्रयोग गरेकी छन् । ‘सानीआमा’ कथामा पनि अपाङ्ग म पात्रको केन्द्रीयतामा अन्य सानीमा, बुबा, दिदी.... पात्र तृतीय पुरुष बनेर आएका छन् । कृतिको शीर्ष कथा ‘फ्रन्टपेज’ मा पनि ‘म’ पात्र पत्रकारको मुख्य भूमिकामा रहेको र भाष्कर, उर्वशी आदि सहायक पात्र बनेर तृतीय पुरुष दृष्टिबिन्दुमा प्रयोग भएको देखिन्छ । यहा“ ‘म’ पात्र विप्लबले उर्वशी भनेर श्रीमतीस“ग परिचय समेत गराएको छ । ‘पीडा आफैभित्र’ कथा शकुन्तलाको दुर्घटित जीवनवृत्तस“ग सम्बन्धित छ । शकुन्तलाले पाएको पीडा र व्यथामा तृतीय पुरुषको वर्णनात्मकताबाट सुरु भएर पुनः आत्मकथनमा घटना अतीततर्फ धकेलिएकाले प्रथम पुरुष पनि गौण रुपमा कथामा यथेष्ट प्रयुक्त छ । ‘आरनका गोलहरु’ कथाचाहि“ बिर्खे कामीको तृतीय पुरुष दृष्टिबिन्दुमा आधारित छ । ‘रित्तो जिन्दगी’ भोग्ने दिदी पनि ‘म’ पात्रकै रुपमा आङ्खनो अतीत खोतल्न र युपेशबाट पाएको धोका वर्णन गर्नमा तल्लीन छे । यसर्थ यहा“ पनि प्रथम पुरुष शैली नै प्रबल छ । ‘ईश्वरलाई विज्ञानको चुनौती’, ‘बदलिदो बादल र स्वास्नी मान्छे’, ‘भावनात्मक सम्बन्ध’, ‘बन्दको त्यो दिन’ जस्ता कथाका पात्रहरु तृतीय पुरुषका रुपमा प्रयोग भए पनि यी कथामा पनि आंशिक रुपमा ‘म’ पात्र सक्रिय नै छ । यस्तै ‘म भित्रको म’ एवं ‘दुर्घटना’जस्ता कथामा पनि ‘म’ पात्रकै जीवन भोगाइ र कथाव्यथाले ठाउ“ पाएका छन् । समग्रमा उनी ‘म’का रुपमा आङ्खना कथा सजाउन सिपालु प्रथम पुरुष दृष्टिबिन्दुको आधिक्यमा अन्य पुरुषको समेत यथोचित प्रयोग गर्ने कथाकार हुन् ।

१.४.३ उद्देश्यका आधारमा ‘फ्रन्टपेज’ सङ्ग्रहका कथाको वर्गीकरण विश्लेषण ः

स्रष्टाले जीवनमा देखे भोगेका अनुभव गरेका घटना प्रस्तुत गर्नु, आनन्द दिनु, पाठकलाई मनोरञ्जन गराउनु एवं जीवनोपयोगी सन्देश बा“ड्नु स्रष्टाको प्रत्यक्ष वा परोक्ष अभीष्ट हुन्छ । यसै सन्दर्भमा कथाकार सुबिसुधालाई यस संग्रहका आधारमा हेर्दा उनमा सामाजिक, यथार्थ, प्रयोगवाद, अस्तित्ववाद, आंशिक रुपमा व्यङ्ग्यविद्रोह, नारीजागरण, आदर्शवाद जस्ता पक्षले अन्तस्करणमा बढी घच्घच्याएको देखिन्छ ।

क) सामाजिक यथार्थवादी

स्रष्टा समाजकै सदस्य हो, यसर्थ उसले समाजमा घटित घटना र भेटिएका चरित्रबाट सजिलै विषय ग्रहण गर्नसक्छ । कथाकार आचार्यले पनि समाजका गतिविधिलाई औ“ल्याउनु त्यसभित्र लुकेका सत्असत् प्रवृत्ति प्रति प्रश्न उठाउनु एवं त्यसबाट सिक्नुपर्ने जीवनपाठलाई कथाको उद्देश्य बनाएकी छन् ।

कथासङ्ग्रहको पहिलो कथा ‘सानीआमा’बाट समाजमा देखिने बहुविवाह, अपाङ्ग व्यक्तिले भोग्नुपर्ने शारीरिक मानसिक पीडा, सामाजिक उपेक्षा, नारीमा हुने विकराल रुपको चित्रण, व्यक्ति स्वार्थान्ध बन्ने, बुढ्यौलीमा गरिएको विवाहले परिवारमा न्याय गर्न नसक्ने, आङ्खनै छोराछोरी प्रति पनि मानवीय व्यवहार देखाउन नसक्ने लाछी बुबा, सौताका छोराछारी भनेपछि अपहेलना नै गर्नुपर्छ भन्ने संस्कार भएकी महिला, आमाको अभावमा युवती छोरीको विवाह हुन नसक्नु, पोइला जानुपर्ने बाध्यता जस्ता हाम्रै टोलछिमेकमा दैनिक घटित हुने सामाजिक यथार्थ घटना यहा“ छन् । त्यस्तैगरी ‘फ्रन्टपेज’मा व्यक्ति मिडियामा आउन र देखिन वा चर्चामा रहन केकस्ता कुकृत्यसम्म गर्न सक्छ, पत्रकारिता भित्रका समस्याहरुलाई कलात्मक उद्घाटन गरिएको छ । विवाहपछि माइतीमा आउ“दा आउने प्रश्नका तगाराहरु, सहरिया युवाहरुमा बढ्दो पत्नी साट्ने प्रवृत्ति, नारीलाई भोग्याका रुपमा लिएर खेलौना बनाई प्रयोग गर्ने प्रवृत्ति र डिस्को संस्कृतिको सामाजिक झलक कथाकारले ‘पीडा आफैभित्र’ मा प्रस्तुत गरेकी छिन् । आरनका गोलस“गै कैयन बिर्खे कामीहरु पोलिएका छन् । उनीहरुले नखाइनखाई फलाएका फलफूल र तरकारीमा कसरी गाउ“का साहु शोषकका आ“खा लाग्ने गरेका छन् ? व्यक्ति गरिब हुनुको सजायस्वरुप उसले आङ्खनो ढुङ्गेघर छाडेर झोपडीको बास बस्नु परेको र बाढी पहिरोबाट एक चिहान हुनुपर्नेसम्मका गरिब र गरिबीजन्य पीडाको यथार्थ यस कथामा पोखिएको छ । ‘बन्दको त्यो दिन’ कथामा पनि समाज भित्रकै राजनैतिक आरोहअवरोह र त्यसबाट सामान्य गरिब परिवारमा पार्ने प्रभावको तीतो सत्य वर्णित छ । घरमा ख्वाउने कुरा छैन, कामदार मान्छे आन्दोलनबाट कति पीडित हुन्छ र आन्दोलन हेर्न निस्केको ट्याक्सी ड्राइभर आङ्खनो छोरो बिजुलाई आन्दोलनका क्रममा गोली लागेर गुमाउन पुग्छ, कसरी सर्वसाधारण व्यक्ति आन्दोलनका सिकार हुन्छन् त्यो सत्य यहा“ छ । आमा अर्कैको घरमा कपडा भा“डा धुन हि“ड्नुपर्ने, गरी खानेलाई बन्दले बाहिर निस्कन नदिने पीडाको सामाजिक यथार्थ यहा“ कलात्मक बनेर आएको छ ।

ख) प्रयोगवादी कथाहरु ः

हुनत प्रत्येक सिर्जना आफैमा नवीन प्रयोग हो, तर पनि बिम्ब, प्रतीक, अस्तित्व, विसङ्गति, अतियथार्थ आदिको प्रयोगलाई हामी प्रयोगवाद भन्न रुचाउछौ“ । कथाकार सुबिसुधा आचार्यले पनि केही कथामा परम्परित शैलीमा केही नवीन प्रयोग मिसाएकी छिन् । उनको उद्देश्य केही नवीन देखाउनु हो । यसैलाई यहा“ समेट्ने प्रयत्न गरिएको छ ।

कथाको शीर्ष कथा ‘फ्रन्टपेज’ शीर्षक चयनदेखि यसको विषयवस्तु आफैमा नेपाली साहित्यका लागि नवीन प्रयोग हो । नवसाहित्यकारका रुपमा स्थापित हुन चाहने महिला कथाकारको सोचाइमा व्यक्तिलाई चढाउने बढाउने काम सम्पादक र समालोचकहरुले मिडिया मार्फत गर्दछन् । साथीभाइमाझ बाजी थापेकी नवोदित कथाकारले चर्चित् ‘ओमेन भ्वाइस पाक्षिक’ पत्रिकाको फ्रन्टपेजमा फोटो र भित्र अन्तर्वार्ता छपाउन तन, मन, धन सुम्पिनसम्म पछि नपरेको घटनाले नया“ पुस्तामा मौलाउ“दो रातारात ठूलो व्यक्ति बन्ने अहंको भण्डाफोर गरेको छ । व्यक्ति आज संघर्षबाट होइन, श्रम र पसिना खर्चेर होइन, इज्जत र पैसा खर्चेर चर्चित बन्न चाहन्छ भन्ने नवीन उत्तरआधुनिक सोचको यथार्थ प्रयोग यस कथामा गरिएको छ । ‘रित्तो जिन्दगी’ कथामा नारीलाई बेचबिखनको वस्तु बनाई पा“चलाख दाइजोमा साट्न खोज्ने परिवार र केटालाई लत्याएर त्यस युपेशलाई रक्ताम्मे हुन्जेल लछारपछार गर्ने दिदी ‘म’ पात्र स्व–अस्तित्वको खोजी र रक्षामा केन्द्रित छे तर उसका बुबाआमाले आत्महत्या गरेको (छोरीको दाइजो जुटाउन नसकेर) देखाएबाट पलायनवादी यथास्थितिवादी चरित्रको प्रयोग पनि यसै कथामा भएको छ । ‘ईश्वरलाई विज्ञानको चुनौती’मा नारी हु“दा पीडा, व्यथा र अपमान सहनु परेकाले स्वस्तिकाले लिङ्ग परिवर्तन गरी सतिश बनेर घर फर्केको चिकित्सा विज्ञानको नवीन प्राप्ति र प्रयोगलाई यस कथामा स्थान दिइएको छ । ‘म भित्रको म’ कथा पनि अस्तिवादको लागि पतिहत्यासम्मको बाटो अ“गाल्ने नारीको रौद्ररुपस“ग सम्बन्धित छ । नारीलाई सानैदेखि कमजोरीको पाठ रटाएर सहनमात्र सिकाउने परिपाटीका विरुद्ध गतल काममा लाग्ने आङ्खनै पतिलाई हतौडाले प्रहार गरेर जेल पर्नेसम्मका गतिशील चरित्रहरु कथाकारले कथामा प्रयोग गरेकी छिन् । ‘बदलि“दो बादल र स्वास्नीमान्छे’ मा आजका युवापुस्ताको अत्यन्त लोकप्रिय साइबर संस्कृतिको प्रयोग गरिएको छ । अनलाइनमा भेट भएका दुई अपरिचित व्यक्ति बीच भएका अनौपचारिक सम्बोधन र सम्वादले आजका पुस्ताको भाषा र व्यवहार शैलीको पनि जीवन्त तस्बीर उतारेको छ, यो कथामा नवप्रयोग पनि हो । ‘भावनात्मक सम्बन्ध’का स्यावाजा र सानीको अन्तर्जातीय विवाह, बलात्कृत केटीलाई स्वीकार्ने आधुनिक सो“च, खराब काम गरेर भागेको रने बाटैमा दुर्घटनामा मर्नुजस्ता घटनाक्रमले एकातिर आधुनिक सो“च र अर्कातिर फिल्मी भावुकताजस्तो हल्का सोचाइ देखाउ“छन् । गलत काम गर्नेहरु त्यति सजिलै कहा“ मरेका छन् र ? यहा“नेर घटनालाई कौतुहलमय तुल्याउन व्यक्तिले गरेका गुणदोषको भागी यही“ बन्नुपर्ने तत्थ प्रयोगशील ढङ्गमा अघि सारिएको छ । ‘दुर्घटना’ शीर्षक कथामा पनि एकातिर सन्तान चाहिने पुरातनपन्थी सो“चबाट ग्रसित छ भने अर्कातिर आङ्खनै श्रीमतीले मामाकी छारीलाई सौताका रुपमा भिœयाएको प्रसङ्ग फिल्मीकथा जस्तो प्रतीत हुन्छ, नेपाली समाजमा यस किसिमको उदारता सायदै पाइयोस् ।

ग) प्रेम तथा यौनमूलक कथाहरु ः

प्रेम देखि यौनसम्मको यात्रा प्राणीमात्रको पेवा हो । प्रेम र यौनका विविध रुप र क्षेत्र हुन्छन् । बालप्रेम, युवाप्रेम, अभिभावकप्रतिको प्रेम, गुरुशिष्य प्रेम आदि आदि तर यौनले समाजलाई सामाजिक परिबन्दमा बा“धेको छ । त्यसका आङ्खनै मर्यादा र सीमा छन् । यिनै सन्दर्भमा कथाकार सुबिसुधा पनि युवा लेखिका भएकाले प्रेमका विविध रुप र यौन चाहनाका कतिपय पक्षस“ग परिचित छिन् । जसलाई उनले आङ्खना कथामा स्थान दिएकी छिन् ।

‘फ्रन्टपेज’ कथाकी साहित्यकार चरित्र उर्वशी सम्पादक विप्लवस“ग नक्कली प्रेमको पासोका माध्यमबाट नजिकिन चाहन्छे र त्यसतर्फ सम्पादकले खासै ध्यान नदि“दा एकदिन आफै नाङ्गिएर आफूलाई समर्पण गर्छे, तर म पात्र सम्पादक असल पत्नीव्रता भएकाले उसले त्यो नारीसुखभोग गर्दैन, नारीहठको तीब्र प्रस्तुति यहा“ छ । ‘पीडा आफैभित्र’ की नायिका शकुन्तला विवाहको छ महिनामै“ माइती फर्केकी छे । उसको पतिका दृष्टिमा प्रेम भनेको भोग हो । ऊ दिनहु“ मान्छे फेरी–फेरी नया“ भोग गर्न चाहन्छ । यो बाटोमा नलाग्दा शकुन्तला घरबाट निकालिएकी छे । पुनः पेटको बच्चा जन्मिउञ्जेल घरमा राख्ने र फेरी निकाल्नेसम्मका पारिवारिक क्रुरता जब उसले थाहा पाउ“छे अनि पति र परिवारको नक्कली प्रेमको आसय बुझेर ऊ किंकर्तव्यविमुढ बनेकी छे । ‘रित्तो जिन्दगी’ बिताउने दिदी र भाइ कुमार बीचको भातृस्नेहको प्रेमले पूर्व स्मृतिमा युपेशस“गको प्रेम विवाहको चर्चा, दाइजो प्रेममा बाधक बनेको प्रसङ्ग र यसबाट वितृष्णा जागेकी दिदीको एकाकी जीवनले प्रेमको वियोगान्त रुपलाई अघि सारेको छ । ‘ईश्वरलाई विज्ञानको चुनौती’ कथामा स्वस्तिका र राजको बालप्रेम प्रस्तुत छ, जुन पछि गएर जातीय बन्धनले छेक्छ र स्वस्तिकाले लिङ्ग परिवर्तन गरेकी छे । ‘म भित्रको म’मा पतिबाट परस्त्रीस“ग सम्बन्ध गा“सेर आफूलाई मार्न चाहेको थाहा पाएर उल्टै पतिलाई मार्न पुगेकी युवतीको प्रेमको विकृत रुपमा चित्रण छ । ‘बदलि“दो बादल र स्वास्नीमान्छे’ कथाको ¤याप्ले दाइले एउटी युवतीबाट पाएको तीन महिने माया र त्यसपछि पारिवारिक बन्धनले टाढिनुपरेको पीडालाई नारी पे्रमको रुप बदलि“दो बादलजस्तो हुनेकुराबाट सङ्केत गरिएको छ । ‘भावनात्मक सम्बन्ध’ कथाले प्रेम सदैव शारीरिक हु“दैन यो त पवित्र पनि हुन्छ, विशुद्ध साथी वा मानवजन्य प्रेमलाई पनि जब समाजले पत्याएन, रुचाएन र आरोपित ग¥यो अनि रनेबाट बलात्कृत सानीलाई स्वावाजाले सिंदूरपोते लगाई आत्मसात गरेको प्रेमको विराटरुपको चित्रण यस कथामा छ । प्रेमलाई यौनमा रुपान्तरण गरिएको सशक्त कथा हो ‘प्यासको उल्झन’ ‘पल्लो घरको ¤याल’ उपन्यासबाट बीज लिइएको हो कि जस्तो लाग्ने यस कथाकी एकाकी जीवन बिताइरहेकी आरती (विवाह पछि विदेश गएकोे पतिबाट खासै सम्बन्ध र सम्पर्क नभएको स्थितिमा) स“गै डेरा गरी बस्ने युवक मुकेशको अ“गालोमा बा“धिन पुग्छे र एकरातको सहबास पछि उसैप्रति आसक्त बनेकी आरतीले जब मुकेश आङ्खनी पत्नीलाई छाडेर होइन, आंशिक रुपमा मात्र ऊस“ग खेल्न चाहेको हो भन्ने थाहा पाउ“छे अनि झसङ्ग हुन्छे । जेहोस् लामो एक्लो जीवन पतिस“गका पुराना व्यवहार, अफिसमा हुने÷देखिने कतिपय प्रेमजन्य क्रियाकलापबाट उसमा सुशुप्त चाहनाले जगृत रुप लियो र पहिला तिरस्कृत गरिएको व्यक्तिस“गै सम्पर्कमा पुग्छे । यहा“नेर नारीलाई लहरोका रुपमा चित्रण गर्ने रिमालस“ग पनि कथाकार नजिक देख्न सकिन्छ । यसरी प्रेम र यौनजन्य घटनाक्रमलाई कलात्मक लेप लगाएर सहज ढङ्गले प्रस्तुत गर्नु उनको वैशिष्ट्य हो । पुरुष लेखक नारी बनेर नारीको मनोदशाको चित्रण गरेको र उसका चाहना उद्घाटित गरेका रचनाको तुलनामा नारीस्वयंले नारीका प्रेम र यौनसम्बन्धि भावनाको उद्घाटन गरिएको यो विश्लेषण बढी प्रामाणिक र सत्यको नजिक रहेको छ ।

१.४.४. भाषिक प्रयोगका दृष्टिले फ्रन्टपेजका कथाहरु ः

विषयवस्तु जतिसुकै राम्रो र चरित्रचयन सटिक भएपनि भावाभिव्यक्त गरिने भाषा कथाको महत्वपूर्ण माध्यम हो । भाषा प्रयोगले नै कथाकारले आङ्खना धारणा र कथालाई जीवन्त बनाउन सक्छ । यसै कोणबाट कथाकार सुविसुधा आचार्यलाई फ्रन्टपेजका माध्यमबाट हेर्न जमर्को यहा“ गरिएको छ ।

उपमायुक्त कथन कथाकारको मुख्य पहिचान बनेको छ ।

.......... आगोको कोइला बनेर उसिनिन्थ्यो मुटु कलेजो (पृ.२)

........... बरफजस्तो चिसो मन बनाएर बसे“ कोठामा (पृ.४४)

.......... उसको रुवाइका छाल ठप्प रोकिए र समुद्रझैं शान्त बनी ऊ । ओठहरु पुसमाघको जाडोमा हिउ“स“ग लाप्पा खेलेको बेलाजस्तो गरी थर्थराइरहेका थिए । (पृ.७९)

प्रत्येक भनाइलाई दृष्टान्त वा उपमासाथ प्रस्तुत गर्नु र ती उदाहरण प्रकृति, संस्कृति, पुराण, इतिहास आदिबाट ग्रहण गर्नु उनको विशेषता बनेको छ ।

भाषालाई जीवन्त बनाउने अर्को माध्यम उखानटुक्का एवं प्रचलित विम्बप्रतीकको प्रयोग पनि हो । यस आधारमा सुबिसुधाले आङ्खनो कथा संग्रहमा प्रशस्त सामाजिक लोकोक्तिहरु प्रयोग गरेर नेपाली जनजीवन र संस्कृतिको सजीव उद्घाटन आङ्खना कथामा गरेकी छिन् ।

आ“खामा बिझाएको बालुवा पो सारीको एक छेउले पुछेर फाल्न सकिन्छ, मुहारमा लागेको हिलोलाई पानीले पखाल्न सकिन्छ तर अस्मितामा लागेको कालो कलङ्कको धब्बा पखाल्ने संसारमा न कुनै पानी छ न त एसिड नै (पृ.८१) सानीले बोलेका यी वाक्य कति दार्शनिक र कति कालजयी छन् ।

नेपाली सांस्कृतिक परम्परा ः ‘कुकुर रोएको अशुभ हुन्छ’ (पृ.४५) वास्तवमा सम्भावित मृत्युको पूर्वसूचक बनेर कुकुर रोएको छ ।

‘त“ त राहु भएरै आइस् नि हाम्रो परिवारमा..... (पृ.१)

‘म डा“डामाथिको घाम भए“’ (पृ.२)

‘दिदी दुईदिनको पाहुना हुन्’ (पृ.५)

यी सजीव शब्दावलीले उनका कथालाई जीवन्त बनाएका छन् । ‘क्वा“.. क्वा“’ (पृ.७८)

हा..हा..हा..., हि...हि...हि.. (पृ.७०,७१) जस्ता अनुकरणात्मक शब्दले कथाकारको कथा लेख्ने भाषिक सीपलाई औ“ल्याउ“दछ ।

सहरिया लिइस्योस्, नबोलिस्योस्, गरिस्योस्... (पृ.९८) जस्ता शब्द मात्रै होइनन्, ‘जदौ मालिक साहेब’ (पृ.३४) .....स्वास्नी घै“टी, छोरा पुन्टे अनि छोरी च्यान्टीको.... (पृ.३३) जस्ता ग्रामीण शब्दावलीले कथाकारको गाउ“देखि सहरसम्मको पहिचान र पहु“चलाई सङ्केत गरेका छन् ।

एउटी युवती कथाकारले आङ्खनै नारी चरित्र र उसको शारीरिक अवस्थालाई यसरी चित्रण गर्दा कथा सा“च्चिकै यथार्थपरक बन्न पुगेको छ । ‘अग्लिएका हिम शिखरमाथि अनायासै सुम्सुम्याउन पुग्छन् उसका हत्केला’ (पृ.१०५)

‘..... त्यो रात जब तात्तिनुसम्म तात्तिएर आफूभित्रको सबै जोश उमङ्ग ऊ, माथि नै खन्याइसकेपछि ओइलाएको मूलाजस्तो लुत्रुक्क परेर निदायो जीवन.....’ (पृ.१०५)

‘...... कम्मलभित्र लुकाई पुष्ट आङ्खना अङ्गप्रत्यङ्गलाई...’ (पृ.१०६)

‘आरतीको स्पर्शले ऊ भित्रको पुरुषत्व उसै जुरमुराउ“दै उठिसकेको कारण....’ (पृ.१०८)

‘अ“गाल्नु, अ“गालिनु, खेल्नु, खेलाउनु, पोख्नु पोखाउनु सबै क्रियाकलाप पछि दुबै निदाउ“छन्....’ पृ.१०८) सम्पूर्ण कथा भनिएको छ, नारी र पुरुषबीचको रतिक्रिडाको चित्र उतारिएको छ तर सभ्य शिष्ट र आलङ्कारिक भाषामा । यसरी भाषालाई आफू अनुकूल प्रयोग गर्न सक्नु, सही ठाउ“मा सही भाषाको प्रयोगले अभिव्यक्तिलाई अनुपम सुन्दर तुल्याउन सक्नु कथाकारका खुवी र वैशिष्ट्य हो ।

१.४.५. विश्रँम पूर्व:

वर्तमान पुस्ताको जीवनशैली नजिकबाट बुझेकी कथाकार हुन् सुबिसुधा । उनी पुरुषस“ग र उसका विविध चरित्रस“ग पनि परिचित छन् । नारी स्वयं हुन् यसर्थ नारीका अन्तर्वेदनाहरु व्यक्त गर्न उनलाई गाह्रो छन् । चरित्र र घटना उनी आफू हि“ड्ने बाटोबाट सजिलै टिप्न सक्छिन् । परिवेशतर्फ गाउ“ सहर दुबै उनलाई पचिसकेका छन् । भातृप्रेमी ह्दयमात्र होइन उनी आरनको कामी र गाउ“को शोषकको मन पनि सजिलै नाप्न सक्छिन् । भाषिक शब्दावलीको गरिबी छैन उनमा । यो सबै उनका विगतमा प्रकाशित एकदर्जन कृति र पत्रपत्रिकास“गको आबद्धताले होला । जेहोस् नेपाली साहित्यको भविष्य यस्तै प्रतिभावान् स्रष्टाको कारण समुज्वल छ भनी यो लेखलाई आंशिक विश्राम दिइएको छ, कृति भित्र अझ धेरै कोणबाट व्याख्या गर्ने आधार हु“दाहु“दै लेख लामो हुने डरले यही“ विश्राम मागिएको मात्र हो ।

सन्दर्भ कृतिहरु ः

– आचार्य≤ सुबिसुधा, फ्रन्टपेज, काठमाडौं, काव्यसुधा डटकम, २०६७ ।

– देवकोटा≤ लक्ष्मीप्रसाद, ‘छोटो किस्सा’, शारदा (नवर्षङ्क १९९९) ।

– ढकाल≤ भागवत, सैद्धान्तिक कसीमा भाउपन्थीका कथा, काठमाडौं, दायित्व वाङ्मय प्रतिष्ठान ः २०६७ ।

– शर्मा≤ मोहनराज र श्रेष्ठ≤, दयाराम ः नेपाली साहित्यको संक्षिप्त इतिहास, काठमाडौं, साझा प्रकाशन २०४६

– शर्मा≤ डा.तारानाथ नेपाली साहित्यको संक्षिप्त इतिहास, काठमाडौं, नवीन प्रकाशन २०५१ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।