14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

उपन्यासकार लोकनाथ उपाध्यायको उपन्यासशिल्प

व्यक्तित्व / कृतित्व लीला लुइटेल April 23, 2011, 8:39 am
लीला लुइटेल
लीला लुइटेल

१. परिचय

वि. सं १९९६ मङ्सिर तदनुसार सन् १९३९ नोभेम्बरमा डिगबोइ, असममा कपिलमणि उपाध्याय र चन्द्रकला उपाध्यायको सुपुत्रका रूपमा जन्मिएका लोकनाथ उपाध्याय चापागाईंको प्रारम्भिक शिक्षा डिगबोइमा तथा उच्चशिक्षा भारतका विभिन्न विश्वविद्यालयहरूबाट भएको देखिन्छ । सन् १९६४ देखि १९६६ सम्म आकाशवाणी अन्तर्गत गुवाहाटी रेडियोमा नेपाली कार्यक्रम सञ्चालन गरेका उपाध्यायको मुख्य पेसा सैन्यसेवा रहेको छ । पूर्वाेत्तर भारतको अर्धसैनिक बल आसाम राइफल्सको विभिन्न दायित्वशील पदमा रहेर बत्तीस वर्ष सेवा गरी हाल दार्जिलिङ जिल्लाको सिलिगुडी, कावाखरीमा सेवानिवृत्त जीवन बिताइरहेका उपाध्याय साहित्यिक क्षेत्रमा पनि क्रियाशील देखिन्छन् ।

बनारसबाट प्रकाशित आमा नामक मासिक पत्रिकामा सन् १९५८ मा निबन्ध छापिएपछि लोकनाथ नेपाली साहित्यका क्षेत्रमा प्रवेश गरेका हुन् । सैन्य पेसामा संलग्न रहेर पनि साहित्यका क्षेत्रमा क्रियाशील रहेका उपाध्यायले नेपाली साहित्यको गद्य र पद्य दुवै विधामा कलम चलाएका छन् । आधा शताब्दीभन्दा लामो साहित्यिक यात्रामा यिनका निम्नलिखित उपन्यास, कथा, कविता÷काव्य तथा निबन्धका पुस्तकाकार कृति प्रकाशित छन् ः

उपन्यास : आँधी (सन् १९९९) ।

कथा सङ्ग्रह : साइत (सन् १९८२) ।

कविता सङ्ग्रह : अन्तराल ।

काव्य : विवर्तन (सन् १९९०) ।

निबन्ध सङ्ग्रह : लोक निबन्ध (सन् २००१) ।

विभिन्न विधाका उपर्युक्त पुस्तकहरूको सिर्जना गरेर पनि भारतीय नेपाली साहित्यकै फाँटमा समेत कम चर्चामा रहेका स्वाभिमानी साहित्यकार लोकनाथ उपाध्याय साहित्यमा वस्तुपरकता र यथार्थलाई विशेष महत्व दिएर प्रस्तुत गर्न रुचि राख्ने तथा नारीवादप्रति आस्था भएका स्रष्टा हुन् । नेपाली भाषाप्रति हुरुक्कै भएर शुद्ध एवं ठेट नेपाली भाषाको प्रयोग विशेष सचेतताका साथ गर्न रुचाउने उपाध्यायलाई नेपाल बाहिरका अधिकांश नेपाली लेखकहरूका कृतिमा प्रयुक्त अशुद्ध भाषाशैलीले दुखी पनि बनाएको बुझिन्छ । यस लेखको अभीष्ट हाल उत्तरबङ्ग विश्वविद्यालय, गुवाहाटी विश्वविद्यालयलगायतका विश्वविद्यालयको नेपाली विषयको पाठ्यक्रममा समेत समाविष्ट उपाध्यायको आँधी शीर्षक उपन्यासको विभिन्न कोणबाट विश्लेषण गरी उनका औपन्यासिक प्रवृत्तिको निरूपण गर्नु रहेको छ ।

२. आँधी उपन्यासको विश्लेषण

भारतीय नेपाली साहित्यका कविता, कथा, निबन्ध आदि विभिन्न विधामा कलम चलाएका लोकनाथ चापागाईंको आँधी शीर्षकको एउटा मात्र उपन्यास प्रकाशित छ । यस उपन्यासको विश्लेषण संरचना, कथावस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु, भाषाशैलीय विन्यास आदि कोणबाट गरिएको छ ।

२.१ संरचना

साना–ठूला सबैजसो कृतिहरू चिह्नाङ्कित वा अचिह्नाङ्कित रूपमा कुनै न कुनै ढङ्गले विभाजित हुन्छन् भने आख्यानात्मक संरचनामा आबद्ध ठूला आयामका कृतिमा विभाजन झनै आवश्यक हुन्छ । आख्यानात्मक संरचनाका रूपमा रहेको लोकनाथ उपाध्याय चापागाईंको आँधी उपन्यास सङ्ख्याङ्कनका साथ लामा छोटा २० भाग वा परिच्छेद र १२१ पृष्ठमा संरचित छ । यस उपन्यासमा परिच्छेदका बीचमा प्रसङ्ग परिवर्तन गर्नुपर्दा कुनै चिह्न वा सङ्केतको प्रयोग नगरी अनुच्छेद मात्र परिवर्तन गरिएको छ । परम्परित एवं प्रचलित ढाँचामा क्रमिकताका साथ कथानकको प्रस्तुति भएको यस उपन्यासको संरचना क्रमिक र व्यवस्थित रहेकाले उपन्यास सहज पठनीय बन्न पुगेको छ । यसरी कथानकलाई एउटा सूत्रमा उनेर परम्परित र प्रचलित ढाँचामा क्रमिकताका साथ प्रस्तुत गरी औपन्यासिक स्वरूप प्रदान गर्नु उपन्यासकार लोकनाथ उपाध्याय चापागार्ईको आँधी उपन्यासमा पाइने संरचनागत वैशिष्ट्य हो ।

२.२ कथानक

कथानक वा वस्तु कुनै पनि आख्यानात्मक कृतिको लागि ज्यादै महत्वपूर्ण अवयव हो । वस्तुले कृतिको सारतत्वलाई बुझाउँछ । वस्तुविना कुनै पनि कृतिको संरचना निर्माण हुनसक्दैन । बृहत्तर असम क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सामाजिक जनजीवनलाई विषयवस्तु बनाइएको आँधी शीर्षक उपन्यासको कथावस्तु यस्तो छ ः

रेल्वेमा जागिरे हरिभक्तको श्रीमती र छोरीसहितको एउटा सानो परिवार छ । ऊ परिवारलाई तिनसुकियामा छाडेर आपूmचाहिँ लामडिङ भन्ने ठाउँमा बस्छ । छोरीको घरमा बोलाउने नाम मसिनी भए पनि स्कुल भर्ना हुँदा उसको नाम नम्रता राखिन्छ । उसकी आमाको अफिमका व्यापारीहरूसँग हिमचिम हुन्छ । यिनै अफिमका व्यापारीमध्ये बमबहादुर बस्नेत नाम गरेको व्यक्तिसँग एक दिन उसकी आमा बेपत्ता हुन्छे । स्वास्नी बेपत्ता भएको केही समयपछि हरिभक्तको पनि मृत्यु हुन्छ र नम्रता काका पर्ने श्रीप्रकाशको घरमा बस्न थाल्छे । हरिभक्तले आपूmले पाउने जी.पी. फन्ड छोरी नम्रताको नाममा गरिदिएको हुन्छ । यही पैसाको लोभले गर्दा श्रीप्रकाशले नम्रतालाई कुनै होटेल खोल्नका लागि उत्साहित गर्छ तर ऊ नम्रताले पैसा बैँकबाट झिकेर ल्याएपछि नाजीरद्वारा नम्रताको अपहरण गराउने र पैसा आप्mनो हात पार्ने षड्यन्त्र बुनिरहेको हुन्छ । यो कुरा नम्रताले थाहा पाउँछे र उनीहरूको कब्जाबाट भाग्न सफल हुन्छे । ऊ त्यहाँबाट भागेर शिलाङ जान्छे । त्यहाँ उसलाई एउटी बुढी आमैले आश्रय दिन्छिन् । ती बुढी आमैको जाँडले बिगे्रको एउटा छोरो संदीप र आमा मरेकी अनि बाबुले छोडेकी एउटी लाटी नातिनी छाया हुुन्छे । बुढी आमै छोरा संदीपको अत्याचार सहँदै जीवनयापन गरिरहेकी हुन्छिन् । ती बुढी आमैले नम्रतालाई कलेज पढ्ने प्रेरणा पनि दिन्छिन् । शिलाङमा कलेज पढ्दै गर्दा त्यहाँका नेपालीहरूसँग उसको सम्पर्क बढ्दै जान्छ । त्यहाँका नेपालीहरू सङ्गठन एवं जातीय एकताका नाममा गुटबन्दी गर्दै एकअर्कालाई आरोप–प्रत्यारोप गरिरहेका हुन्छन् । त्यहाँको समाजसेवी भनाउँदो धनञ्जयले नम्रतालाई बलात्कार गर्ने प्रयास गर्छ तर ऊ त्यसको पञ्जाबाट भाग्न सफल हुन्छे । बुढी आमैको छोरो संदीपले पनि ऊप्रति गिद्देदृष्टिले हेरिरहेको हुन्छ । बुढी आमैको मृत्युपछि ऊ शिलाङ छोडेर गुवाहाटी आउँछे । त्यहाँ उसको अरू विभिन्न मानिससँग भेट हुन्छ । त्यहाँबाट ऊ तेजपुर जान्छे र स्कुल पढाउँदै आप्mनो पढाइलाई पनि जारी राख्छे । त्यहीँबाट उसले आप्mनो अध्ययन पूरा गर्छे । यसै बीचमा उसले एक दिन आप्mनी वास्तविक आमालाई भेट्छे । ऊ मुल्याही भएर जन्मेकी कारण आप्mना बाबुआमाले उसलाई हरिभक्तको जिम्मामा दिएका रहेछन् । यो कुरा उसले आपूmलाई जन्म दिने आमा सर्वदाबाट थाहा पाउँछे । त्यसपछि ऊ आप्mनी आमा सर्वदालाई साथैमा लिएर जान्छे । बाटोमा उसले हरिभक्तकी पोइल गएकी स्वास्नी (आपूmलाई पाल्ने आमा) को पनि धेरै ठाउँमा खोजी गर्छे । उनीहरू पासीघाट बसाइँ सरिसकेको बुझेर ऊ उनीहरूलाई खोज्दै पासीघाट नै पुग्छे । त्यहाँ रोगी आमासँग उसको भेट हुन्छ र बमबहादुर बस्नेतले उपचार गर्न नसक्ने कुरा बताउँछ । नम्रताले बुढी आमाको मृत्यु भएको, लाटी छोरी छाया अलपत्र परेको कुरा सुनाएर बमबहादुरलाई गाली गर्छे । बमबहादुरले ऊसँग माफी माग्छ र लाटी छोरी र संदीपलाई भेट्न जाने विचार गर्छ । उसले आमालाई सँगै लिएर आई उपचार गराउँछे र उसकी आमा तङ्ग्रिन्छे । केही समयपछि बमबहादुर बस्नेत त्यहाँ आउँछ र आप्mनी पत्नीलाई लिएर जान्छ । यसपछि ऊ आप्mनी वास्तविक आमा सर्वदालाई लिएर तेजपुर जान्छे । त्यहाँ निकुञ्ज आप्mनो बाबुलाई लिएर नम्रतालाई माग्न आएको हुन्छ र बुढो बाबुले ऊसँग बुहारी भइदिन अनुरोध गर्छ । ऊ विवाहका लागि राजी हुन्छे । यसपछि सबैको सल्लाह र सहयोगले निकुञ्ज र नम्रताको विवाह भएको प्रसङ्गका साथ उपन्यासको अन्त्य भएको छ ।

असमेली नेपाली सामाजिक जनजीवनमा व्याप्त अँध्यारा पाटाहरूलाई प्रस्तुत गरिएको आँधी उपन्यासको कथानकको व्यवस्थापन सरल एवं स्वाभाविक रहेको देखिन्छ । यस उपन्यासमा कथानकको विन्यास आदि, मध्य र अन्त्यका क्रममा क्रमिक रूपले भएको छ । नम्रतालाई छोडेर आमा बस्नेतसँग भाग्नु र हरिभक्तको मृत्युपश्चात् नम्रता श्रीप्रकाशकहाँ बस्न जानु यस उपन्यासको आदि भाग हो भने श्रीप्रकाशको षड्यन्त्र थाहा पाएर नम्रता त्यहाँबाट भाग्नु, शिलाङकी बुढी आमैले नम्रतालाई संरक्षण दिनु, नम्रता कलेज पढ्न थाल्नु, शिलाङको समाजमा घुलमिल हुनु आदि घटनालाई यस उपन्यासको मध्य भागका रूपमा लिनसकिन्छ । वास्तविक आमासँग नम्रताको भेट हुनु, पाल्ने आमासँग भेट हुनु, बस्नेतले आप्mनो गल्ती स्वीकार्नु, नम्रता र निकुञ्जको बिहे हुनु आदि घटना यस उपन्यासका अन्त्य भाग हुन् । यस उपन्यासको ठाउँठाउँमा प्रसङ्गसँग सम्बद्ध कतिपय विषयमा विचारको प्रस्तुति भए पनि अधिकांशतः घटना वर्णनमा एकरूपता र स्वाभाविकता पाइन्छ । ठाउँठाउँमा केही प्रसङ्गहरू अस्वाभाविकजस्ता लागे पनि अधिकांश प्रसङ्गहरू स्वाभाविक नै देखिने प्रस्तुत उपन्यासको संरचना क्रमिक र व्यवस्थित रहेकाले उपन्यास सहज पठनीय छ । अधिकांश ठाउँमा विविध विषयमा उपन्यासकारका विचार अभिव्यक्त भएको पाइए पनि ती अस्वाभाविक एवं नारावादी नभई सामाजिक यथार्थलाई नै पुष्टि गर्ने खालका देखिन्छन् ।

एउटी युवतीको धैर्य, साहस, सङ्घर्ष, सङ्कल्प र त्यागलाई प्रस्तुत गरिएको आँधी उपन्यासमा साहस र सङ्घर्षले मानिसको जीवनलाई सुुुन्दर बनाउँछ र उसलाई लक्ष्यमा पु¥याएरै छाड्छ भन्ने दृष्टिकोण अगि सारिएको छ । मानिसभित्र विद्यमान उदार, भावुक, सहयोगी, इष्र्यालु, शङ्कालु आदि विविध प्रकारका सकारात्मक तथा नकारात्मक प्रवृतिलाई देखाइएको यस उपन्यासमा लोभ, घृणा, इष्र्या, शङ्का नभई प्रेम र सद्भाव बाँडेर जीवन यापन गर्न सकेमा मानवजीवन सुन्दर हुन्छ, अन्यथा मानवजीवन नष्ट हुने धारणा अभिव्यक्त भएको छ । पूर्वाेत्तर भारतमा बसोबास गर्ने नेपालीहरूको सामाजिक, आर्थिक, शैक्षिक जनजीवनलाई यथार्थमूलक ढङ्गमा प्रस्तुत गरिएको यस उपन्यासमा रुढीवादी संस्कार, अन्धविश्वास, शिक्षाको अभाव, चेतनाको अभाव, मादक पदार्थको सेवन आदिका कारण नेपाली जाति पिछडिएको भाव अभिव्यञ्जित छ । विभिन्न सङ्गठनमा नाममा नेपालीहरूमा भएको फुट तथा आपसी खिचातानीको स्थितिप्रति चिन्ता प्रकट गरिएको यस उपन्यासमा साहित्यकारहरूको दयनीय स्थितिलाई पनि देखाइएको छ । नेपालीहरू जहाँ पुगे पनि आप्mनोपनलाई बिर्सिन नहुने भावको अभिव्यक्ति पाइने यस उपन्यासमा प्रत्येक नेपालीले आप्mनो जातीय अस्तित्वलाई बचाएर राख्नुपर्ने धारणा मुखरित भएको छ ।

सहवासमा नारी पुरुष दुवैको सहभागिता भए पनि कतिपय प्राकृतिक एवं सामाजिक परिस्थितिको फाइदा उठाएर पुरुष उम्कन खोज्ने र नारीचाहिँ त्यस भासबाट उम्कन नसक्ने सन्दर्भको चित्रण पाइने यस उपन्यासमा नारीप्रति हेरिने सामाजिक एकाङ्गी दृष्टिकोणको अन्त्य हुनुपर्ने भाव प्रस्तुत गरिएको छ । यसका साथै नारीलाई वासनाको पुतली ठान्ने पुरुषको सङ्कीर्ण मानसिकताको विरोध पनि यस उपन्यासमा गरिएको छ । नारी शारीरिक र मानसिक दुवै रूपले सक्षम हुनुपर्ने भाव अभिव्यञ्जित यस उपन्यासमा एउटै मात्र नारी नम्रतालाई प्रमुख सहभागी बनाएर उसकै सेरोफेरोमा घटनावलीलाई प्रस्तुत गरिएको छ । रूढिवादी संस्कार, अन्धविश्वास आदिलाई प्रस्तुत गरिएको यस उपन्यासमा मठमन्दिरमा हुने पण्डाहरूको ज्यादतीलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ । मानिसले तथाकथित भाकल पूरा गर्न निरीह पशुको बलि दिइने प्रथाको विरोध पाइने यस उपन्यासमा धार्मिक क्षेत्रमा व्याप्त विकृति–विसङ्गतिलाई पनि देखाइएको छ । यसरी अनेक घटनावलीहरूको बुनोटबाट कथानक निर्मित भए पनि त्यसलाई एकान्वित गर्ने काम प्रमुख सहभागी नम्रताका माध्यमबाट गरिएको यस उपन्यासका विभिन्न घटनाहरूलाई नाटकीय मोड दिएर कथानकलाई रोचक पाराले गति प्रदान गरिएको छ । समग्रतः सङ्घर्षशील युवतीका सङघर्षहरूलाई प्रस्तुत गर्दै असमेली नेपाली जनजीवनमा व्याप्त अँध्यारा पाटाहरूलाई यथार्थ रूपमा प्रस्तुत गरिएको यस उपन्यासको कथानकको व्यवस्थापन क्रमिक र स्वाभाविक रहेको छ ।

२.३ सहभागी र सहभागिता

कृति विश्लेषणको महत्वपूर्ण आधार सहभागी पनि हो । आख्यानात्मक कृतिमा सहभागीको प्रयोग अनिवार्य हुन्छ । सहभागीले कृतिमा प्रयुक्त व्यक्ति, पात्र वा चरित्रलाई बुझाउँछ । कृतिको कथानकलाई अगि बढाउने वा गति प्रदान गर्ने काम सहभागीहरूले गर्दछन् ।

आँधी उपन्यासमा असमका विभिन्न ठाउँमा बसोबास गर्ने विभिन्न उमेर, वर्ग एवं स्तरका सहभागीको प्रयोग गरिएको छ । यस उपन्यासमा नम्रता, आमा, भाउजू, बुढी आमै, छाया, सर्वदा, उमा, शोभा, अरुणा, मीरा आदि नारी सहभागी तथा निकुञ्ज, हरिभक्त, रत्न, श्रीप्रकाश, संदीप, जागिर सिंह, चन्द्रकान्त, जयनारायण, धनञ्जय, महेश भट्टाचार्य आदि पुरुष सहभागीहरूको प्रयोग गरिएको छ । यस उपन्यासको प्रमुख सहभागीका रूपमा एक मात्र नम्रता रहेकी छ । यसमा श्रीप्रकाश, निकुञ्ज, बुढी आमै, हरिभक्त आदि सहायक सहभागी तथा छाया, संदीप, अरुणा, उमा आदि गौण सहभागी हुन् । यस उपन्यासमा नम्रता, निकुञ्ज, हरिभक्त, रत्न, बुढी आमै, चन्द्रकान्त, महेश भट्टाचार्य अनुवूmल सहभागी हुन् भने श्रीप्रकाश, बमबहादुर बस्नेत, धनञ्जय, संदीप आदि प्रतिकूल सहभागी हुन् । यसमा बस्नेत र संदीप गतिशील र अरू सबै स्थिर सहभागीका रूपमा चित्रित छन् । यसमा नम्रता व्यक्ति चरित्रका रूपमा देखिन्छे भने अन्य सहभागीहरू वर्गीय देखिन्छन् । माथि उल्लेख गरिएबाहेक यस उपन्यासमा खासै महत्व नभएका अन्य थुप्रै सहभागीहरूको प्रयोग भएको छ । यी सबैजसो सहभागीको छुट्टै र विशिष्ट भूमिका नभई तिनले प्रमुख सहभागी नम्रताको चरित्रलाई उजिल्याउने काम मात्र गरेका छन् । यसरी आँधी उपन्यास झट्ट हेर्दा बहुपात्रीयजस्तो देखिए पनि यसको प्रमुख सहभागीका रूपमा एक मात्र पात्र नम्रता रहेकी छ ।

यस उपन्यासकी एक मात्र प्रमुख सहभागी नम्रताको चरित्रचित्रणमै उपन्यास केन्द्रित रहेको छ । असमको डिगबोइमा जन्मिएकी नम्रता अन्धविश्वास र रूढिवादी संस्कारका कारण जन्मेको चौधै दिनपछि आप्mना जन्मदाताबाट त्यागिएकी छ । उसको नाम जन्म दिने बाबुआमाले यशोदा र पालनकर्ता हरिभक्तले मसिनी राखिदिएकोमा स्कुल भर्ना हुने बेलामा शिक्षकले नम्रता राखिदिन्छन् । ऊ अत्यन्त जाँगरिली र मिहिनेती छ । नडराई नआत्तिई आपदविपदसँग सामना गर्नसक्ने खुबी भएकी नम्रता शारीरिक र मानसिक दुवै रूपले शक्तिशाली छ । आपूm र अन्य व्यक्तिलाई आक्रमण गर्ने आक्रमणकारीलाई ऊ कराँते हानेर ठेगान लाउँछे । अन्धविश्वास र रूढिवादी संस्कारलाई मन नपराउने नम्रता अन्यायलाई सहन नसक्ने र अन्यायमा परेकालाई न्याय दिलाउन अग्रसर देखिन्छे । नम्रताको काका पर्ने गुवाहाटीको उलुबारीमा सानो पसल चलाएर बस्ने छली एवं षड्यन्त्रकारी चरित्र श्रीप्रकाश हरिभक्तको मृत्युपछि आपैmँले संरक्षण दिएर राखिएकी नम्रतालाई समेत होटेल किनिदिने निहुँमा बैँकमा राखिएको नम्रताको पैसा धुतेर उसलाई अन्तै लगाइदिने दाउ गर्ने दुष्ट व्यक्ति हो । नम्रताले श्रीप्रकाशको यो षड्यन्त्र बेलैमा थाहा पाएकी हुनाले उसको षड्यन्त्रलाई बिफल तुल्याउँदै ऊ त्यहाँबाट भाग्न सफल हुन्छे । उपन्यासको अन्त्यतिर ठगी मुद्दामा जेल परेको श्रीप्रकाश नम्रताकै सहयोगबाट छुटेको प्रसङ्गलाई देखाई नम्रताको क्षमाशील चरित्रलाई अगि सारिएको छ । आपूmलाई अलपत्र छोडेर हिँड्ने आमाको खोजी गरी उसको औषधीउपचार गरिदिनु तथा आप्mनै कुभलो चिताउने श्रीप्रकाशलाई जेलबाट छुटाउन मदत गर्नु उसको क्षमाशील प्रवृत्ति हो । यस उपन्यासमा यस्ता अनेकौँ प्रतिकूल परिस्थितिसँग जुझ्दै आप्mनो लक्ष्यमा पुग्न सफल व्यक्तित्वका रूपमा नम्रताको चरित्रचित्रण गरिएको छ । समग्रमा उपन्यासको सर्वप्रमुख एक मात्र प्रमुख नारी पात्र नम्रता अनुकूल, स्थिर, व्यक्ति, मञ्च र बद्ध पात्रका रूपमा देखिएकी छ र सम्पूर्ण उपन्यासको कथावस्तु नम्रताकै वरिपरि घुमेको छ ।

२.४ परिवेश

जुनसुकै कृतिमा परिवेश चित्रणको पनि महत्वपूर्ण भूमिका रहन्छ । उपन्यास बृहत संरचना भएकाले यसमा परिवेशको चित्रण कुनै न कुनै रूपमा भएकै हुन्छ । परिवेशले घटनाहरू घटित हुने स्थान, समय र वातावरणलाई बुझाउँछ । स्थानले कृतिमा घटना घटित हुने ठाउँविशेषलाई र समयले कृतिमा घटना घटित भएको कालविशेषलाई जनाउँछ भने वातावरणले कृतिमा वर्णित सुखद÷दुखद आदि पाठकीय प्रभावलाई जनाउँछ ।

परिवेशसूचक स्थानका दृष्टिले हेर्दा यो उपन्यास उत्तरपूर्वी भारतको बृहत् असममा पर्ने विभिन्न ठाउँको सेरोफेरोमा घुमेको छ । यसमा असमका डिगबोइ, तिनसुकिया, लामडिङ, डिब्रुगढ, लखीपथार, गुवाहाटी, शिलाङ, झालुपाढा, तेजपुर, सिंग्री आदि ठाउँको उल्लेख पाइन्छ । त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली जातिका रहनसहन, लवाइखवाइ, सामाजिक अवस्था आदिको प्रस्तुति पाइने यस उपन्यासमा आञ्चलिकता वा स्थानीयताको दिग्दर्शन गरिएको छ । कुसे औँसीमा पुरोहितले कुश बाँड्ने, तीजमा व्रत बसेर नाच्ने, तिहारमा सेल पकाउने, बिहेमा नान्दीमुखी श्राद्ध गर्ने, वरणीका लागि ठूलो ठहर गाँस्ने आदि नेपाली सांस्कृतिक प्रचलनको प्रस्तुति यस उपन्यासमा भएको छ । असमको सेरोफेरोमा बसोबास गर्ने नेपाली जनजीवनका उज्यालाभन्दा अँध्यारा पाटाहरूको चित्रण पाइने यस उपन्यासमा नेपालीहरूको सामाजिक, आर्थिक, शैक्षिक आदि परिवेश चित्रित छ । यस उपन्यासमा समयको कुनै सङ्केत गरिएको छैन । यसमा वर्णित घटना र प्रसङ्ग जुनसुकै समयको पनि हुनसक्ने भएकाले समयका दृष्टिले यो उपन्यास सार्वकालिक देखिन्छ ।

यस उपन्यासमा वातावरणसूचक सङ्केतकहरू प्रशस्त मात्रामा पाइन्छन् । यसमा सुखदभन्दा दुखद वातावरणको प्रस्तुति पाइन्छ । उपन्यासको प्रारम्भ भागमा नम्रतालाई छोडेर आमा अर्कैसँग भागेको प्रसङ्ग उल्लेख गरिएकाले उपन्यासको वातावरण दुखद हुने कुराको सङ्केत पाइन्छ । कथाको मध्य भागतिर नम्रतामाथि श्रीप्रकाशले षड्यन्त्र गर्नु, संदीपको अत्याचारमा आमा पर्नु, नम्रतालाई धनञ्जयले बलात्कार गर्न खोज्नु, नम्रतामाथि गुन्डाको आक्रमण हुनु, गर्भवती अरुणाले आत्महत्या गर्नु आदि सबै घटना प्रसङ्गले दुखद वातावरणलाई देखाए पनि अन्ततः उपन्यास सुखद वातावरणमा टुङ्गिएको छ । नम्रताले दुवै आमालाई भेट्नु, आमाको उपचार गर्नु, श्रीप्रकाशलाई जेलबाट छुटाउन मदत गर्नु, छायाको बिहे हुनु र संदीप सुध्रनु, निकुञ्ज र नम्रताको बिहे हुनु आदि घटना प्रसङ्गले उपन्यासको वातावरणलाई सुखद बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । यसरी सार्वकालिक विशेषतायुक्त व्यापक परिवेशको चित्रणका साथ दुखद वातावरण प्रस्तुत गर्दै अन्त्यमा सुखदोन्मुख वातावरणको प्रस्तुति यस उपन्यासको परिवेशगत प्रवृत्ति हो ।

२.५ उद्देश्य

कुनै पनि सिर्जनाको खास उद्देश्य हुन्छ । उद्देश्यले कृतिमा अभिव्यक्त गर्न खोजिएको प्रयोजनलाई बुझाउँछ । हरेक सिर्जना सोद्देश्यमूलक ढङ्गमा गरिने हुँदा ती निरुद्देश्य हुँदैनन् र तिनमा कुनै न कुनै प्रकारले उद्देश्य अन्तर्निहित रहेकै हुन्छ । मानिसका जीवनमा दुखका अनेक आँधीहरू आउँछन, तिनबाट विचलित नभई धैर्य र साहसका साथ निरन्तर रूपमा आप्mनो कर्म गरिरहे एक दिन सफलता प्राप्त हुन्छ भन्ने भावको अभिव्यक्तिका साथ सत्यको विजय र असत्यको पराजय देखाउनु यस उपन्यासको मूल उद्देश्य हो । आर्थिक, सामाजिक आदि अनेक सन्दर्भबाट पूर्वाेत्तर भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली जनजीवनका नकारात्मक पक्ष÷अँध्यारा पाटाहरूलाई देखाउँदै यस्ता नकारात्मक पक्षलाई त्यागेर शिक्षित, सभ्य र चेतनशील नेपाली समाजको निर्माणका साथ बहुभाषी–बहुजाति उक्त समाजमा नेपाली अस्तित्वलाई स्थापित गर्नुपर्ने भाव मुखरित गर्नु पनि यस उपन्यासको उद्देश्य हो । यसका साथै नारीप्रतिको सङ्कीर्ण सामाजिक सोचाइलाई देखाउँदै नारी शारीरिक एवं मानसिक दुवै रूपले सक्षम हुनुपर्ने भावको प्रस्तुति पनि यस उपन्यासको अभीष्ट हो । उपन्यासमा उद्देश्यको प्रस्तुति प्रत्यक्ष ढङ्गले नभई विविध घटनाप्रसङ्गका माध्यमबाट परोक्ष रूपमा गरिएको छ ।

२.६ दृष्टिबिन्दु

कृतिको सिर्जना वा विश्लेषणमा दृष्टिबिन्दुको पनि महत्वपूर्ण भूमिका रहन्छ । दृष्टिबिन्दुले पाठकसमक्ष उपस्थितिको तरिका वा उपस्थापन पद्धतिलाई बुझाउँछ । लेखकीय विचार वा हेराइको कोण वा रचनाकारको स्थितिलाई पनि जनाउने दृष्टिबिन्दुले कृतिका सहभागी, कार्यव्यापार, परिवेश, उद्देश्य आदिलाई पाठकसमक्ष पु¥याउने तरिकालाई समेत जनाउँछ । दृष्टिबिन्दु कृतिको प्रस्तुतीकरणसँग सम्बद्ध हुन्छ । अधिकांश रचनाहरू प्रथम वा तृतीय पुरुष दृष्टिबिन्दुमा रचिन्छन् ।

आँधी उपन्यास तृतीय पुरुष सर्वज्ञ दृष्टिबिन्दुमा संरचित छ । यसमा समाख्याताबाटै पात्रका भावना, विचार, अनुभूति, प्रतिव्रिmया आदिलाई प्रस्तुत गरिएको छ । यथार्थवादी भावभूमिमा केन्द्रित रही नेपालीहरूका बीचमा आपसी मेलमिलाप हुनुपर्ने, आप्mनो जातीय अस्तित्वलाई बचाएर राख्नुपर्ने, नारीहरू शारीरिक एवं मानसिक दुवै रूपले शक्तिशाली हुनुपर्नेजस्ता विभिन्न विचारहरूलाई तार्किकभन्दा मानवीय संवेदनाका साथ प्रस्तुत गरिएको हुनाले यो उपन्यास कारुणिक एवं मार्मिक बन्नपुगेको छ । यसरी तृतीय पुरुष दृष्टिबिन्दुमा नारीवादी स्पर्शका साथ सामाजिक यथार्थको प्रस्तुति यस उपन्यासको विशेषता हो ।

२.७ भाषाशैलीय विन्यास

भाषाशैलीय विन्यास कृति विश्लेषणको अर्काे महत्वपूर्ण आधार हो । भाषाशैलीविना कुनै पनि कृतिको रचना सम्भव छैन । भाषाशैलीय विन्यासअन्तर्गत भाषा, शैली, बिम्ब, प्रतीक, अलड्ढार आदि सबै भाषिक एकाइहरू आउँछन् । भाषाशैलीय विन्यासका दृष्टिबाट हेर्दा लोकनाथ चापागाईंको आँधी उपन्यासमा सरल, सहज एवं चोखो मिठो नेपाली भाषा तथा विवरणमूलक शैलीको प्रयोग भएको छ । सम्पूर्ण उपन्यासभरि नै पूर्वाेत्तर भारतमा बोलिने नेपाली भाषाको कथ्य रूपको प्रयोग पाइन्छ । विविध जाति एवं भाषिक बाहुल्य भएको यस क्षेत्रमा प्रयुक्त भाषामा अन्य भाषाभाषीको प्रभाव पर्नु स्वाभाविक नै हो तर अन्य भाषाको प्रभावबाट उपन्यासलाई जोगाउन उपन्यासकार अत्यन्त सचेत देखिन्छन् । बडो सावधानी र सतर्कतापूर्वक अन्य छिमेकी भाषाहरूको प्रभावलाई जोगाएर यस उपन्यासमा सरल, ठेट एवं कथ्य नेपाली भाषाको प्रयोग गर्ने उपन्यासकारको प्रयास अत्यन्त सराहनीय रहेको छ । यसका साथै नेपाली भाषामा परेको अन्य भाषाको प्रभावलाई उपन्यासमा उल्लेख गर्दै यस्तो स्थितिप्रति उपन्यासकारले चिन्ता पनि प्रकट गरेका छन् ।

यस उपन्यासमा कम्यो (कम भो), भराएँ (भरेँ), बिकाल (अकाल), बदलाए (बदले), बिचारँे (बिचार गरेँ) आदिजस्ता केही शब्दहरूको निर्माण पनि गरिएको छ । व्याकरणिक दृष्टिले यसप्रकारको कोशीय विचलन अस्वाभाविक देखिए पनि यसले उपन्यासको सम्प्रेषणमा बाधा पुगेको छैन । यस उपन्यासमा तोलाको वचन खोलामा, हाने मर्छ बोले टर्छ, जसको जौ खानु उसैको जुँगा मल्नु, बार हात पुगिसकेर बित्तैमा किन हार्नुजस्ता उखानको प्रयोग गरिएको छ र त्यसले उपन्यासको भाषालाई रोचक, स्वाभविक र जीवन्त बनाएको छ । समग्रमा विवरणात्मक शैलीमा सरल, सहज एवं सचेततापूर्वक गरिएको कथ्य भाषाको प्रयोग यस उपन्यासको भाषाशैलीय प्रवृत्ति हो ।

२.८ शीर्षक

प्रस्तुत उपन्यासको शीर्षकमा प्रयुक्त आँधी शब्दले अभिधार्थमा हुरी बुझाउँछ भने लक्ष्यार्थमा ठूल्ठूला आपदविपद्लाई बुझाउँछ । यस उपन्यासकी प्रमुख नारी सहभागी नम्रताले जन्मदेखि नै अन्जानमा र जान्नेबुझ्ने भएपछि पनि सोच्दैनसोचेका विभिन्न प्रकारका विपदहरूको सामना गर्नुपरेको छ । उसका जीवनमा भएका अधिकांश घटना प्रसङ्गहरू उसका लागि आँधीकै रूपमा आएका छन् । आँधी शब्दको लक्ष्यार्थ वहन गर्ने यिनै घटना प्रसङ्गहरूलाई केन्द्रबिन्दु बनाएर चयन गरिएको प्रस्तुत उपन्यासको शीर्षक आँधी सार्थक, सामञ्जस्यमूलक र औचित्यपूर्ण रहेको छ ।

२.९ उपसंहार ः निष्कर्ष

तत्कालीन असमको नेपाली समाजमा व्याप्त विवृmति, विसङ्गति दुरवस्था आदिलाई आँधी उपन्यासमा सहज, स्वाभाविक र यथार्थमूलक ढङ्गले प्रस्तुत गरिएको छ । युगीन असमेली नेपाली जनजीवन शिक्षाविहीन, चेतनाविहीन आदि कारणले अत्ययन्त दयनीय अवस्थामा रहेको कटु यथार्थको सुन्दर प्रस्तुति नै यस उपन्यासको मूल मर्म हो । उपर्युक्त सबै तथ्यलाई हेर्दा उपन्यासकार लोकनाथ आपूm बाँचेको र आपूmले भोगेको युगमा व्याप्त विसङ्गति–विवृmति र अनैतिकतालाई चिरफार गरेर प्रस्तुत गर्नसक्ने यथार्थवादी आख्यानकारका रूपमा देखापरेका छन् । यस उपन्यासका माध्यमबाट यिनले तत्कालीन असमेली नेपाली समाजको स्थितिप्रति चिन्ता प्रकट गर्दै जातिप्रेमको भावना व्यक्त गरेका छन् ।

परम्परित र प्रचलित ढाँचाको बाह्य संरचनामा बीस भागमा विभाजित तथा आदि, मध्य र अन्त्यको क्रमिक विन्यासमा सङ्गठित आँधी शीर्षक उपन्यास सामाजिक विषयवस्तुमा आधारित विचारमूलक कृति हो । यसमा युगीन सामाजिक जनजीवनसँग मेल खाने खालका विभिन्न सहभागीहरूका माध्यमबाट कथ्यलाई विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ । असमलाई सेरोफेरो बनाएर दुखद एवं त्रासदीय परिवेशका माध्यमबाट सुखदोन्मुख वातावरणमा सिर्जित प्रस्तुत कृति सोद्देश्यमूलक रहेको छ । तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोगका साथ कथ्य भाषाको प्रयोग गरी विविध विचार र दृष्टिकोण प्रस्तुत गरिएको यो कृति नारीवादमा केन्द्रित सामाजिक यथार्थवादी उपन्यास हो । विभिन्न घटनावलीको वर्णनका साथ नारीप्रतिको सङ्कीर्ण सामाजिक सोचाइको विरोध गर्दै नारीकै केन्द्रीयतामा प्रस्तुत गरिएको यस उपन्यासलाई नारीवादतर्पm झुकाव भएको उल्लेख्य कृति मान्नसकिन्छ । समग्रतः यस उपन्यासलाई समसामयिक असमेली नेपाली जनजीवनको दुर्दशा, पीडा एवं अकर्मन्यताको भिडियो एक्सरेका रूपमा लिन सकिन्छ ।

३. लोकनाथ उपाध्याय चापागाईंका औपन्यासिक प्रवृत्ति

लोकनाथ उपाध्याय चापागाईंको आँधी उपन्यासको समग्र अध्ययन–विश्लेषण गरिसक्दा यिनका निम्नलिखित औपन्यासिक प्रवृत्तिहरू देखा पर्छन् ः

(१) चापागाईं सामाजिक यथार्थवादी उपन्यासकार हुन् । यिनले आ नो उपन्यासमा पूर्वोत्तर भारतको असमेली नेपाली समाजमा पाइने यथार्थ पात्र, घटना र समस्याहरूलाई प्रस्तुत गरी तिनको वास्तविक जीवनको उद्घाटन गरेका छन् । यिनका उपन्यासमा आदर्श र काल्पनिकताभन्दा बढी सामाजिक यथार्थले स्थान पाएको छ । यस क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरूका विभिन्न प्रकारका सामाजिक समस्यालाई यिनले उपन्यासको विषयवस्तु बनाएका छन् ।

(२) चापागाईं सुधारको अपेक्षा गर्ने उपन्यासकार हुन् । यिनका उपन्यासममा भारतीय नेपाली समाजमा देखापरेका विविध प्रकारका विकृति–विसङ्गति, अन्धविश्वास, लोभ, षड्यन्त्र, यौनगत दुराचार, मादक पदार्थको सेवन, अनमेल विवाह, शिक्षा तथा चेतनाको अभाव, नारीलाई वासनाको पुतली ठान्ने सङ्कीर्ण सोचाइ, नेपालीहरूमा हुने आरोप–प्रत्यारोप, आपसी कलह, गुटबन्दी आदि विभिन्न समस्यालाई देखाइएको छ । यस्ता समस्यालाई प्रस्तुत गर्नुको तात्पर्य तिनमा नैतिक सुधारको अपेक्षा गर्नु हो । शिक्षित, जागरुक, अस्तित्वको चेतका साथ जातिगत एकता भएको सभ्य एवं समृद्ध नेपाली समाज निर्माणको चाहना राख्नु यिनका उपन्यासको लक्ष्य देखिन्छ । यिनका उपन्यासमा सुधारको सङ्केत प्रत्यक्ष रूपमा नभएर विभिन्न प्रकारका सामाजिक समस्यालाई केलाउँदै तिनको नकारात्मक पक्षको प्रस्तुतिका माध्यमबाट भएको छ ।

(३) चापागाईं सन्देशमूलक उपन्यासकार हुन् । यिनको उपन्यासमा जीवनमा आइपर्ने विभिन्न विघ्नबाधाहरूलाई पन्छाउँदै अगि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ । यसका साथै सत्यको विजय र असत्यको पराजय हुन्छ भन्ने दृष्टिकोणलाई पनि प्रस्तुत गरिएको छ । यिनको उपन्यासमा प्रत्यक्ष रूपमा नभएर परोक्ष रूपमा विभिन्न खाले सामाजिक सन्देश पाइने हुँदा सन्देशमूलकता पनि यिनको औपन्यासिक प्रवृत्ति हो ।

(४) चापागाईं घटनाप्रधान उपन्यासकार हुन् । यिनका उपन्यासमा अनेकौँ प्रकारका घटना घटित छन् र तिनै घटना वर्णनका साथ प्रमुख सहभागीलाई गतिशील तुल्याइएको छ । यिनी घटनाहरूको विन्यास व्यतिक्रमिक रूपमा नभएर क्रमिक रूपमा गर्न रुचाउने उपन्यासकार हुन् ।

(५) चापागाईं नाटकीयतालाई बढी प्रश्रय दिएर उपन्यासमा आकस्मिक मोडको सिर्जना गरी उपन्यासलाई रोचक एवं कौतूहलपूर्ण बनाउन सिपालु उपन्यासकार हुन् । यिनका उपन्यासमा स्वाभाविक एवं कलात्मक पाराले नाटकीयताको सिर्जना गरिएको छ । यिनी घटनाहरूलाई आकस्मिक मोड दिई उपन्यासलाई स्वाभाविकताका साथ नाटकीय तुल्याउने उपन्यासकारका रूपमा देखापर्छन् ।

(६) चापागाईं बहुल पात्रहरूको प्रयोग गरेर पनि एक पात्रलाई मात्र विशेष महत्वका साथ प्रस्तुत गर्ने उपन्यासकार हुन् । यिनका उपन्यासमा धनी, गरिब, शिक्षित, अशिक्षित, सहरिया, गाउँले, भ्रष्ट, नैतिक, उदार, सहयोगी आदि विविध खाले पात्रको प्रयोग गरिएको छ । यिनले विभिन्न वर्गका पात्रहरूको प्रयोग गरेको पाइए पनि तिनको चरित्रचित्रणमा सूक्ष्मताभन्दा बढी विवरणात्मकता पाइन्छ । अनुवूmल एवं प्रतिकूल दुवैखाले पात्रको प्रस्तुति पाइने यिनका उपन्यासमा अनुकूल पात्रलाई विशेष महत्व प्रदान गरिएको छ ।

(७) चापागाईं स्थानीयताको दिग्दर्शन गर्ने उपन्यासकार हुन् । यिनका उपन्यासमा मुख्यतः असमका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली जीवनका साथै असम र त्यस वरिपरिका क्षेत्रको स्थानीय रङ्ग र आञ्चलिकताको प्रस्तुति भएको छ । यिनले त्यस क्षेत्रको रहनसहन, चालचलन, वेषभूषा, बोलीचाली, परम्परित सामाजिक संस्कार, जीवन चेतना र स्थानीय प्रवृmतिको जीवन्त चित्रण आप्mनो उपन्यासमा गरेका छन् ।

(८) चापागाईं सरल, सहज एवं कथ्य भाषा तथा विवरणात्मक शैलीका उपन्यास स्रष्टा हुन् । यिनले आप्mनो उपन्यासमा अत्यन्त सचेततापूर्वक नेपाली भाषालाई अन्य भाषाको प्रभावबाट जोगाउँदै ठेट एवं कथ्य नेपाली भाषाको प्रयोग गरेका छन् । यिनले तृतीय पुरुष दृष्टिबिन्दुमा सहजतापूर्वक विचारको अभिव्यक्ति गरेका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।