19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल श्रेष्ठ परिक्रमा April 25, 2011, 6:53 am

साँचो माया लाउने हेर, रहर मेरै हो

जीवनसाथी बनाउने ठहर मेरै हो

जीवनभरको खुसी सँगाल्ने क्रममा

साँझ, रात र बिहानीको प्रहर मेरै हो

तिमी साथ भए त यो जिन्दगीको अर्थै बेग्लै

हर खुसी र उमङ्गको लहर मेरै हो

आफ्नो माने यो संसारै आफ्नै लाग्दो रहेछ

यो गाउँ बस्ती र ठूला ठूला शहर मेरै हो

आफ्नो मान्छेले दिएको चीजको स्वादै बेग्लै

तिम्रै हातले पिलाउँछौँ भने जहर मेरै हो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।