किमार्थ हुन सक्दैनन्
कविताभन्दा सुन्दर
अरु कुनै सुन्दरताहरु ।
शताब्दियौँ अघिको कुनै नामूद किल्ला भैंm
अत्यन्त मजबुत मेरो यो बिश्वास
हेर्दाहेर्दै
जगैदेखि भत्किएर खण्डहर भयो
तिम्रो त्यो आक्रमक रुपको प्रहारले ।
के हो र सुन्दरता ?
हरेक सुन्दर स्त्रीको अनुहारको प्रकृति अनुसार
आँखा, नाक, ओंठ, कान, चिउँडो, निधार आदि
यथोचित स्थान र आकारमा रहेर बनेको हिस्सी बाहेक ?
तिमीसंग तर के छ, त्यो हिस्सी बाहेक पनि त्यस्तो ?
जुन म बयान गर्न सक्दिन
शब्द सामथ्र्यको हजारौं जिव्हा लिएर पनि
यो पृथ्वीको तीन हिस्सा ओगटेको महासागरभन्दा बढि
गहिरो पानी कसरी अटायो तिम्रो आँखामा ?
तिम्रो शरीरभरि अभैंm कति छ यस्तो पानी ?
हेर्दैमा जसलाई
हुरुरु...... सल्किन्छ मभित्र नदेखिने आगो ।
म त खरानी भइसके
तिम्रो पानीमा जलेर
कुनै क्षण उड्छु अब
तिम्रै उच्छवासको रापिलो आँधीमा
सौन्दर्यको कुरुक्षेत्रमा
तिमीबाट लखेटिंदै गरेको
आह ! कसरी हेर्नु मैले, यो आफ्नै बिजोग ??