19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सौन्दर्यको कुरुक्षेत्र

कविता सन्जीब राई April 25, 2011, 6:58 am

किमार्थ हुन सक्दैनन्

कविताभन्दा सुन्दर

अरु कुनै सुन्दरताहरु ।

शताब्दियौँ अघिको कुनै नामूद किल्ला भैंm

अत्यन्त मजबुत मेरो यो बिश्वास

हेर्दाहेर्दै

जगैदेखि भत्किएर खण्डहर भयो

तिम्रो त्यो आक्रमक रुपको प्रहारले ।

के हो र सुन्दरता ?

हरेक सुन्दर स्त्रीको अनुहारको प्रकृति अनुसार

आँखा, नाक, ओंठ, कान, चिउँडो, निधार आदि

यथोचित स्थान र आकारमा रहेर बनेको हिस्सी बाहेक ?

तिमीसंग तर के छ, त्यो हिस्सी बाहेक पनि त्यस्तो ?

जुन म बयान गर्न सक्दिन

शब्द सामथ्र्यको हजारौं जिव्हा लिएर पनि

यो पृथ्वीको तीन हिस्सा ओगटेको महासागरभन्दा बढि

गहिरो पानी कसरी अटायो तिम्रो आँखामा ?

तिम्रो शरीरभरि अभैंm कति छ यस्तो पानी ?

हेर्दैमा जसलाई

हुरुरु...... सल्किन्छ मभित्र नदेखिने आगो ।

म त खरानी भइसके

तिम्रो पानीमा जलेर

कुनै क्षण उड्छु अब

तिम्रै उच्छवासको रापिलो आँधीमा

सौन्दर्यको कुरुक्षेत्रमा

तिमीबाट लखेटिंदै गरेको

आह ! कसरी हेर्नु मैले, यो आफ्नै बिजोग ??

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।