जिन्दगीमा पहिलोचोटी दुखेँ यसरी
खडेरीमा फूलको थुँगा सुके जसरी
दीलको ढोका उघारेर कोही पसेथ्यो
थाहै नपाई मन-मुटुमा बास बसेथ्यो
त्यही बास उठ्यो आज चुकेँ यसरी
धर्ती सामु सिंगो आकाश झुके जसरी
जिन्दगीमा ………………………………
केही गरि रोकिएन मनको पहिरो
सम्झनाको खाटा बस्यो झनै गहिरो
सम्झिएर तिनै अतित रुकेँ यसरी
अँधेरीमा जूनको किरण लुके जसरी
जिन्दगीमा ……………………………