19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिपुल सिजापती April 28, 2011, 8:49 am

गल्ती हजार गरे नि मुसुक्क हाँसी दिन्छिन्

आँखा तरेझै गर्छिन छातीमा टाँसी दिन्छिन् ।

कहीँ दौडदै लडूँ म नयन भिज्छ उनको

हर चोटको दुखाई मुटुमा गाँसी दिन्छिन् ।

दुवै लोचन मुदित आतुर खुसी संगाल्न

मेरा माधुरी बचनमा जिन्दगी भासी दिन्छिन् ।

ढाकी सप्कोले हर्दम मेहरो सरी धूपमा

आफ्नै रगत जलाई औडाहा मासी दिन्छिन् ।

आमा बिहत छातीमा मल्हम बनी सधैँ नै

भरी लेपन स्नेहको संकष्ट नासी दिन्छिन् ॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।