18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मूर्ति

कविता छविरमण सिलवाल April 28, 2011, 6:05 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

मौन रहन्छ मूर्ति

कथित भक्तहरूको

आस्थाको मन्दिर

आस्थाको मूर्ति

आस्थाको देवता

सुन्छन् या सुन्दैनन्

भक्तका पुकार

बग्रेल्ती छरिन्छन्

भक्तहरूका आस्था

भक्तहरूको पुकार

शालीन ढुङ्गे मूर्तिहरूमा

ठोकिन्छन् पुकारहरू

र,

बज्न थाल्छन्

घण्टहरू....ट्वाङ....ट्वाङ.....!

बज्न थाल्दछन् शङ्ख

भक्त त स्वार्थी हो

ढुङ्गेमूर्ति वा देवता

स्वार्थी छैनन् पक्कैं

भक्तले चढाएका

प्रसाद र फूलहरूले

प्रसन्न भए पनि,

वाहाना मान्छैकै हो

कसरी बोल्ने मूर्तिहरू

स्वाभिमान गुमाएकाहरूसँग

शालीन मूर्तिहरू

बेच्नेहरूसँग

ऊ प्रतिकार गर्न सक्तैन

एउटा मन्दिरमा ठडिन्छ,

टुलुटुलु हेर्छ

मान्छेहरूको तमासा

कथित भक्त भनाउँदाहरू

धुपबत्ती र अबिरले सिँगार्छन्

के थाहा मान्छेहरूलाई

मुर्ति भएर बस्न कति कठिन हुन्छ

सबैका दुःख दर्दहरू सुन्न

बग्रेल्ती छरिएका समस्याहरू

उठाउन सक्तैन मूर्ति

टुलुटुलु हेर्छ

हामी सधै पूजा गर्छौँ

र माग्छाँै,

हाम्रो कल्याणको कामना !

कल्याणको चाहना !

आस्थाको देवतासँग

आस्थाको मूर्तिसँग !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।