सर्वाङ्ग देखिन्छ गाउँ, बस्ती, सहर, सारा संसारै।
गुगल अर्थमा नाङ्गिएका छन् सर्बस्व,
हामी पनि आदिपुरूष भन्दा झन् नाङ्गिएका छौँ
विज्ञानको आँखामा। लाज लाग्दैन त! हराएका छन् चेतना।
सोँच त... सोच्यौ?
अस्तिमात्र हेरेको गाउँ, २०१० मा अप्डेट
गरेको गुगल अर्थमा। निर्मम र निर्लज्ज पारिएको;
जसलाई विकास पुकारिँदो रहेछ।
विकास हातमा मोबाइल लिएर
खरिदारी गरिरहेको, जोङ्गा, बुल्डोजर र माज्दा
विकास खोजिरहेको। गाउँलेहरू विछट्टै खुशी,
गाउँ बेचिएर केही सुख पाउने लालचमा।
देखेँ गाउँ बेचिएको, सुने लिलामीको खबर र
कन्डोमबिनाको योजना। एकस्पायर्ड गर्भनिरोधक गोली।
बग्रेल्ती रोयौ नि तिमी,
एड्स सङ्क्रमित प्यासेन्टको सूचीमा, तिम्रो नाम पर्दा।
भर्जिन छैन गाउँ अबता!
इमान्दारी लुटिएको छ, ग्लोपनि चाउरिएको छ,
उत्तर र दक्षिणसँगै। यसपाली डाउट छ, २०१२ को
अप्डेटमा भर्जिनलाईमात्र प्राथमिक्ता दिइने सुइँको छ।
तर... गाउँ बेचिएको खबर
वेबसाइटले चारैतिर फैल्याइ सकेका छन्।