19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजेन्द्र मल्ल May 3, 2011, 7:39 am

छिन छिनमा चाल फेर्ने तिम्रो मुटु कुन होला ।

ऋषी पनि घुरीरा'थ्यो तिम्रो तन छुन होला ॥

हाड छाला घोटीरा'छु रोजी रोटी जुटाउन ।

शंख फुक्यो कस्ले आज त्यो विदाईको धून होला ॥

कहाँ छोडि आएँ मैले मेरा ताता बैंशहरु ।

मैले छुन नपाएको त्यो पुर्णेको जून होला ॥

रुन मैले जानिन कि मर्द भइ बाँचे हुँला ।

आँशु साँचि राख्या मैले तिम्रो पिडा धुन होला ॥

अजम्बरी बुटी खाझैं खुशीहरु लुट्ने देखी ।

"राज" आज एक्लै हाँस्यो अब पालग हुन होला ॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।