18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत सागरबहादुर साउँद May 6, 2011, 3:26 am

तिमीले छोड्दा यो मन चर्क्यो तिम्रो त चर्केन ।

तिमीलाई माया गरेको दिन सम्झिदाँ फर्केन ।।

साउन वर्ष्यो मुसलधारे कलिलो प्रीतिमा ।

पिँडालु पातले तर्काउन खोजे केइ गरी तर्केन ।।

मायामा मेरो नुनचुक यहाँ कसले पो छर्केन

घाइते मुटु विझेको काँडा कैले पो झर्केन ।।

जिन्दगी भयो भदौरे मास निष्पट्ट अध्याँरो ।

उज्ज्यालो खोज्न आकाशै हेरें विजुली सर्केन ।।

आँशु पो दर्के पीडा पो दर्के हाँसो त दर्केन ।

खुशी मै जीवन लर्काउन खोजे तै पनि लर्केन ।।

यो तितो जीवन विसाउन खोजे फाल हाली भीरमा ।

कालका दिन घर्काउन खोजे केइ गरी घर्केन ।।

जोगबुडा, डडेल्धुरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।