19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत रमेश दिलुङ्छा May 8, 2011, 2:39 pm

कहिले पुग्ने हो भन्जाङ जिन्दगीको

रुझ्दै बित्ने हो कि परेली जिन्दगीको

हारमा पँलेटी कँसु या खुशीमा हाँसु

दोबाटोमा कहाँ अल्झ्यो यात्रा जिन्दगीको !

पलाँस बने म बतास जिन्दगीको

धर्ती मै कल्पिन्छु चाँदनी जिन्दगीको

गुराँस झै रङु कि पतझर मै बाँचु

दोबाटोमा कहाँ अल्झ्यो यात्रा जिन्दगीको !!

बन्धकीमा खुल्छ यहाँ मुस्कान जिन्दगीको

तस्बिरसँग साटिन्छ मौनता जिन्दगीको

भावना मै रमाउ कि शुन्यतालाई साँचु

दोबाटोमा कहाँ अल्झ्यो यात्रा जिन्दगीको !!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।