दुख्दा मन झर्यो आँशु झेलमा पारिस् भन्यौ
मुटु चुँडी दिएँ मैले तेलमा खारिस् भन्यौ ।
घाइते थियौ डोर्याउँदै लगें चुचुरोमा
पहिरो आइ भिर खस्दा भेलमा पारिस् भन्यौ ।
रित्याएर आफैंलाई समर्पित गरें
विस्वास लत्याएर प्रिती खेलमा चारिस् भन्यौ ।
मनको सुन्दर बगैंचामा पिरतीले घेर्दै
राख्दा शान्ति बिथोलेर जेलमा सारिस् भन्यौ ।
बितृष्णाको घारी भयो माया बिउ छर्दा
लत्रिएँ म, दोष दिंदै नेलमा मारिस् भन्यौ ।।