19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विनोद रोका May 9, 2011, 3:31 pm

पानी माग्दा सागर दियौ मलाई तिर्खा लाग्दा।

बगैचा नै ल्याएर दियौ एउटा फूल माग्दा।

तिर्खा भने मेटिएन सागर पाए पनि।

फूलको चाहा रहिरहयो बगैचा पाए पनि।

मलाई हुन्छ प्रिया तिम्रो अंगालो नै काफी।

बगैंचा र सागर भन्दा एउटा फूल्ल छ काफी।

चाहाना हो एउटा होओस ओत लाग्ने छानो

घरमा पुगोस सधै भरी खान एक मानो।

धरातलमा बनोस हाम्रो एउटा सानो घर।

सुख रहोस वरीपरी खोज्न नपरोस है पर।

न्यूयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।