शिवलिङ्ग अगाडि ठिङ्ग उभियो । दुई हात जोरेर नमस्कार ग¥यो । यताउति हे¥यो । टुक्रुक्क बस्यो । पलेटी कस्यो । जुरुक्क उठ्यो । माथि हे¥यो । माथि ठुलो घन्टा तुर्लुङ्ग थियो । तल शिवलिङ्ग ठिङ्ग थियो । यताउति हे¥यो । कोही थिएन । थियो भने एकान्त थियो । केही थिएन । शिवलिङ्गमा पैसोसैसो चढेको थिएन ।
माथि हे¥यो । माथि घन्टा थियो । घन्टा ठुलो थियो । यति भए दुई दिनको ‘दारु’ चल्थ्यो । तर घन्टा माथि थियो । ऊ त्यत्तिकै निकाल्न सक्दैनथ्यो । फेरि यताउति हे¥यो । कोही थिएन । केही थिएन ।
ऊ शिवलिङ्गमाथि चढ्यो । घन्टा पुगियो ।
शिवलिङ्ग बोल्यो– भक्त, म खुसी भएँ । के वरदान माग्छस् माग ।
ऊ हतारहतार ओल्र्यो । बोल्यो– केही चाहिएन प्रभु ! मलाई प्रभु पाए पुग्यो ।
– केही त माग । अरूले दुधसुद, फूलपात र दुईचार आनाको नैबेद्य चढाउँथे । तैँले त आफ्नो सिङ्गो शरीर नै चढाइस् । म प्रसन्न भएँ । केही त माग !
उसले निर्णय लिन सकेन । सहज रूपमा भन्यो– बस त्यही माथिको घन्टा भए पुग्छ प्रभु ।