आँगनछेउ गुलाफ फुल्दा नसम्झेकै कहाँ छु र
फूल ओइलिई भुईंमा झर्दा नदुखेकै कहाँ छु र?
छेउभन्दा कलेजिको पर कहिल्यै राख्याछैन
तिमीबिना कल्पनामा पनि मैले बाँच्याछैन
हरेक साँझ एउटा सपना नबुनेकै कहाँ छु र
फूल ओइलिई भुईंमा झर्दा नदुखेकै कहाँ छु र?
कुनै मिठो गाँस निल्दा मैले कहिल्यै भुल्याछैन
कुनै चिसो बास हुँदा पनि मैले भुल्याछैन
हरेक साँझ परेलीमा नभिजेकै कहाँ छु र
फूल ओइलिई भुईंमा झर्दा नदुखेकै कहाँ छु र?
लण्डन