तिम्रो कालो कोटभित्र के छ ?
भन रातो ओठभित्र के छ ??
भुल्छन् भन्छन् सवै थोक छिरेपछि भित्र ।
भन त्यो सिहंको गोठभित्र के छ ?
सारा दुनियाँ दौडिन्छ पछि पछि त्यसकै ।
भन त्यो कागजको नोटभित्र के छ ?
आफैलाई भुलेर पागल हुन्छ मान्छे ।
भन त्यो पीरतीको चोटभित्र के छ ?
पात्र हुन्छ हेलाको नजरमा सवैको ।
भन त्यो जिन्दगीको खोटभित्र के छ ?
जोगबुडा, डडेल्धुरा