19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शंकर थापा मगर May 14, 2011, 7:55 am

फूलहरु सजाएर जिउँला सँग संगै

एकै गिलासमा पानी पिउँला सँग सँगै

मिलनको निम्ति भाकलेको छु मन्दिरमा

हातमा हात समाएर भेटी दिउँला सँग सँगै

पर्खाएर राखें मैले अब आउँछु छिट्टै

फाटेको मन नचुड्ने गरी सिउँला सँग सँगै

सपनाहरु सम्हालेर राखेको छु मनभरी

दु:ख सुख जे भए नि लिउँला सँग सँगै

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।