18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल निशान निष्कर्ष May 14, 2011, 4:07 pm

म प्रेमिल शहरमा डुलिराख्न पाऊँ

ती तिम्रा नजरमा फुलिराख्न पाऊँ । १ ।

म तिम्रै भविष्य, नवस्वप्नभित्र

प्रभाती गगनभै खुलिराख्न पाऊँ । २ ।

गुलाबी सुगन्ध तिमी छर्नु प्रिया

त्यो सुवासमा दर्द भुलिराख्न पाऊँ । ३ ।

सजल ती नयनका पुछी अश्रुधारा

खुसीको धरामा झुलिराख्न पाऊँ । ४ ।

गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।