19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल प्रकाश प्रतीक May 15, 2011, 7:31 am

आँधी आयो र हलचल मच्चायो

कोही आयो र खलबल मच्चायो

जिन्दगीको यो बैँसालु माहोलमा

तिर्खा जाग्यो र तलतल मच्चायो

पहिला ऊ शान्त र सालिन थियो

अनयासै आज कोलाहल मच्चायो

कोही भाग्यो जब आशाहरु रोपेपछी

सम्झनाले पीडा पलपल मच्चायो

तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।