16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'पत्थरको मान्छे' गजलसङ्ग्रहको एक झलक

कृति/समीक्षा सदानन्द अभागी May 18, 2011, 3:15 pm
सदानन्द अभागी
सदानन्द अभागी

“ पत्थरको मान्छे गजलसङ्ग्रह”को कृतिकार, ‘विमला कार्की साहित्यिक नाम वि के ‘सुस’ को जन्म २०४४ साल कार्तीक २८ गते जोरपाटी काठमाण्डौमा, माता चन्द्रकुमारी कार्की र पिता सिद्धिबहादुर कार्कीकी सुपत्रीको रुपमा, भएको थियो । वि के ‘सुस’ हाल बुढीचौर –३ मकवानपुरमा बसोवास गर्छिन् । ‘सुस’को गजलमात्र नभएर कविता, मुक्तक, र कथामा पनि हात चल्दछ । उनको र धिरज त्रिवेणीको गजल लेखाई, बाँचनमा र गजलमा दोहोरी खेलाई मा म अति प्रभावित छु र त्यसैले म उनलाई गजलकारको रुपमा चिन्दछु । सानो उमेरमा गजलमा दक्षता हाँसिलगर्ने विमलाको हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन, मातृभूमि साहित्य समाज, मकवानपुर, र साहित्य सङ्गम मकवानपुरसँग संलग्नता देखिन्छ । उनले कलिलै उमेरमा रुपनारायण मा. वि. द्वारा २०५९मा नाटकमा पुरस्कार, पलान नेपाल मकवानपुरबाट २०६० मा चित्रकला पुरस्कार, जिल्ला बचत तथा ऋण सहकारी संघबाट २०६२मा कवितामा पुरस्कार को साथै हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनबाट सम्मान प्राप्त गरिसकेकी छन् । उनले उपहार स्वरुप प्रदान गरेको पत्थरको मान्छे गजलसङ्ग्रहलाई सरसरती अध्ययन गर्ने मौका पाएँ र लागेको कुरा लेख्न मनलाग्यो। “पत्थरको मान्छे”मा ६६ गजलहरु समाबेस गरिएकाछन् । यी ६६वटै गजल एकसे एक वजनपूर्ण छन् । आपूmले मनपराएका गजलकारको विवेचनागर्दा यथार्थ नझल्किएला भन्ने तर्क उठ्न सक्छ तर त्यो वकालत गर्दा न्यायसङ्गत रुपमै अघिबढ्ने विश्वास दिलाउन चाहान्छु र उनका गजलको यथार्थताका प्रमाणिक साक्षीहरुमा सर्बप्रथम हयग्रीव आचार्यलाई प्रस्तुत गर्न चाहान्छु । उहाँको नजरमा विमलाका गजल कस्ता छन् त –

‘अनारका दानाजस्ता विमलाका गजल

डायरीका पाना जस्ता विमलाका गजल..........

.................

वीसबर्षे जवानीमा मनभित्र उठ्ने

युवतीका तानाजस्ता विमलाका गजल ..’

यसरी नै ‘भूमिकाको वाहनामा’ शीर्षक दिएर खगेन्द्र गिरि ‘कोपिला’ लेख्नु हुन्छ–‘घुम्ने, लेख्ने कुद्ने र यौवनका रहरिला कल्पनाहरुसित रमाउने यस उमेरमा गजलसिर्जनाको माध्यमबाट आप्mना कल्पना र भावनाहरुलाई सार्थक रुपले अभिव्याक्ति दिन खोज्ने विमला कार्कीको चाहना हरतरहले कदर गर्न लायक छ ।’ विमला कार्कीका बान्किका गजलहरु शीर्षक दिएर दामोदर पुडासैनी ‘किशोर’ लेख्नु हुन्छ –‘गाउँघर र सहरका अनेकौं बिम्ब च्यापेर उनी जगल तयार गर्दछिन् । त्यसैले उनका गजलहरु वर्तमान नेपालका जल्दाबल्दा तस्विरहरु हुन्।’ नवराज लम्साल लेख्नु हुन्छ–‘उमेरको बृद्धि अनुभवको ज्यासल र ज्ञानगम्भीरताका आधारमा आप्mना सबै बलबल्ती सम्भावनाहरुलाई बाँकी राखेर उर्वरताका साथ युवास्रष्टा विमला कार्की उदाएकी छन् ।’ धनराज गिरी लेख्नु हुन्छ –‘विमला कार्की निसन्देह ,प्रशंसाको पात्र हुन्’ उहाँले पुन लेख्नु हुन्छ –‘अरु विधामा भन्दा गजलविधामा कलम चलाउन सजिलो छैन। तर हिम्मत ग¥यौ। तिमीलाई हौसला दिने तिम्रा सम्पूर्ण सहयात्रीलाई पनि धन्यवाद दिन चाहान्छु ।’ पुष्प अधिकारी अञ्जली लेख्नु हुन्छ –‘ बिमला भोलिको ........उनि आगो हुन् आगोबिनाको संसार कल्पनाहीन हुन्छ अँध्यारो हुन्छ । मलाई थाहा छ उनि भित्र आगोको मुस्लोजस्तै सिर्जजनाशीलता बलिरहेको छ ।’ सिन्धुसँग बिन्दुको आग्रह शीर्षक दिएर जगलकार विमला कार्की आप्mनो धारण गजलका शेरबाटै राख्नु हुन्छ ।–

‘दिएर छोरीको नाम जन्मेछु धर्तीमा

चिनाएर छोरीलाई मर्ने छु धर्तीमा’

बास्तवमा गजलकारले आप्mनो अठोटलाई गजलबाटै प्रष्ट पारेकीछन् । “पत्थरकाृे मान्छे”को आवरणपृष्ठ हेर्दा पत्थरको मान्छेको आँखाहरुबाट आँसुका ढीकाहरु खसीरहेका छन् र आँसुको समुद्र बनेको छ । आवरणको चित्रले नै गजलको यथार्थता बोल्छ। गजल के हो त भन्दा धेरै गजलकारको धारणामा यो अभिव्याक्तिको सुन्दर माध्यम हो र यसबाट यी बिषयवस्तुमा कोमल, हार्दिक र कलात्मताका साथमा प्रस्तुत गरिने एउटा काव्यको रुप हो भन्ने पाइन्छ । गजल, गाइने भएकोले यो एउटा सुमधुर मिठासले भरिएको लयसहितको गीत हो। विमलाका कतिपय गजलहरु गायत्मक छन् लयात्मक छन् र लोकलयले स्थान लिएको पाइन्छ –

खाली छ सिउँदो भर या नभर तिम्रो बिचार

उल्र्याछ खहरे तर या नतर तिम्रो बिचार

गजल १९

गजलको यथार्थतामा शेर आधारस्तम्भ हो, यो शसक्त हुनुपर्दछ, गहिराइ छुनुपर्दछ र भावनाले पूर्ण हुनुपर्दछ । मतला भन्दा गजलको पहिलो शेर भन्ने बुझिन्छ । यो मर्मस्पर्शीको साथै प्रभाबोत्पादक हुनुपर्दछ। त्यसैले मेरो बिचारमा विमलाका गजलका शेरहरुले यो उच्चाइलाई छुन छुन खोजी रहेका छन् । हेरौ उदाहरणमा –

पराइ म कसोरी भनु मनभित्रको मान्छेलाई

कता खोजूँ हराइरहने वनभित्रको मान्छेलाई

गजल १५

आप्mनो शरीर अरुको पो अधीन भो

साच्चै सत्य हो कुरा सुन्दा नवीन भो

गजल १२

विमलाका गजलहरुमा रफिदको हिसाबले हेर्दा रदिफ(मुरद्दफ)सहितका गजलहरुले बाहुल्यता छाएको छन् भने केही गजलहरु रदिफरहितका(गैरमुरद्दफ) पाइन्छन् । सर्बप्रथम रदिफ(मुरद्दफ)सहितका गजलको उदाहरण लिउँ –

फजुल धेरै गफ गरी बिगारेँ जिन्दगीलाई

भाग्य नै खोटो भनि धिकारेँ जिन्दगीलाई

गजल ७

रदिफरहितका(गैरमुरद्दफ) गजलको उदाहरण लिउँ–

ननाचे नि नाचिन्छ रे मादल घन्काएर

हाँसीरै’छु मुटुभित्र म ज्वाला दन्काएर

गजल २१

उनका गजलहरु प्रणयमा पनि त्यत्तिकै शिष्ट र शसक्त छन् । रदिफ पनि मीठासले भरिएका सन्तुलित र अर्थपूर्ण छन् जस्तै

खोजेँ तिमीलाई भेटिन बोलाएँ कति पटक

तस्विर हेरेर तिम्रो टोलाएँ कति पटक

गजल ३९

मुटुमा तीखो छुरा भएँ अभागी मान्छे म

कोही न’भा टुहुरा भएँ अभागी मान्छे म

देशको यथार्थ टिपेर गजलमा साजाउन सक्ने क्षमताले भरिएकी विमला कार्कीको गजलले सबैको मन छुन्छ। हेरौं तल

हुने खाने हरुको चुरी फुरी चल्या’छ

पैसामै पो उसको हजुरी चल्या’छ

कस्तो कानुन यो अपराधीलाई छुट

बिचरा निमुखामाथि यजुरी चल्या’छ

माथी लेखिएका गजलले आजको सामाजिक बदलिंदो यथार्थता, गिर्दो नैतिकता र समाजको विकृति विसङ्गति र राज्यको निरहपनाको चित्रण गर्न सफल देखिन्छ । गजलहरु जति पढ्यो त्यति पढौं पढौं लाग्दछन् । उखानटुक्काहरुले स्थान लिएका छन् । गजलसङ्ग्रह पठनीय छ । प्रथम गजलसङ्ग्रह भए पनि स्तरीय छ । समाजिक, राष्ट्रियतापूर्ण, समसामायीक, समाजिक बिकृति र विसङ्गतिमा लक्षित यी गजलले आजको सौलो नेपाल पस्सतुति गर्न सफल देखिन्छ ।

कृतिमा सुधारका पक्ष नभएका हैनन् । यहाँ पनि सुधारलाई निरन्तरताको खाँचो छ । मानव प्रबृति हो पूर्णताको खाँचो जहाँतही हुन्छ । केही सुधारका पक्षहरु समाउन सके सुनमा सुगन्ध फैलिने थियो, अवश्य भन्न सकिन्छ। कृतिकारले प्रयोग गरेका केही काफियाहरुमा कतै कतै विचलन देखिन्छ जस्तै विहीन, देन र मैनजस्ता यसलाई गल्ति नै भन्न त सकिदैन तर पनि एउटै गजलमा काफियाको रुपमा प्रयोग नगर्नु धेरै राम्रो हुन्छ जस्तो लाग्दछ । अन्त्यमा भन्नुपर्दा गजल सुन्दर छन् र विविधताले भरिएका छन् । भावी साहित्यिक लेखनमा विमलालाई सफलताको कामना गर्दछु । केही अभिव्यक्तिसँग बिदा चाहान्छु ।

गजलमा सुधारस नदी बनी बगे

बिन्ति छ ग्रहणगर पछिसम्म तगे

जीवनमा केही छैन लिई अगि जाने

दिईने धेरै चिज छन्, जाने छैनन् लगे

संसारमा आए पछि मान्छे जस्तै बनौ

महानता यसैमा छ बन्न हुन्न नङ्गे

विमलाको सही अर्थ सरस्वती भन्छन्

त्यही रुप बनोस् तिम्रो गजलमा रङ्गे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।