संझनामा एक्लो जीवन काट्नु पर्यो मैले
जानी जानी आफैंलाई ढाँट्नु पर्यो मैले
खुसीहरु फूल्दै थिए मनका उकालीमा
आफ्नै छाँया छुटेपछि झरेँ ओरालीमा
कल्पनामै बाँकी जीवन बाँच्नु पर्यो मैले
जानी जानी आफैंलाई ढाँट्नु पर्यो मैले
संझनामा एक्लो जीवन ………………
हजार तारा बीचमा यौटै जून रोजिरहेँ
एकान्तमा गुन्जिदिने धुन खोजिरहेँ
खुसीसंग आँशुको भेल साट्नु पर्यो मैले
जानी जानी आफैंलाई ढाँट्नु पर्यो मैले
संझनामा एक्लो जीवन ……………….