19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सम्पूर्ण छन्त्याल May 22, 2011, 6:50 am

ब्यूँतिएर आउन ए मरेका ती सपुतहरु

खलबल गरे सल्बलाए जिउदा यी भुतहरु

काँध माथि काँध राखी भलो गर्ने छैनन् अचेल

एक्क दुक्का मिल्न थाले फालिए ती जुटहरु

स्वार्थ राखी मन भरि,आ'का छन् सहर तिर

टुट्दै फुट्दै नानाथरी बन्दै छन् रे गुट हरु

देखिन्छ जस्तो हुदैन रै'छ भित्र नी मान्छे त्यस्तै

हाँसी हाँसी लुकाउदैछन् आफ्ना काला कर्तुतहरु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।