देश माटोकै खोज्दै सुवास निश्वासमा सँधै रुन्छ ।
देश मायाले सबको मन प्रवासमा सँधै रुन्छ ।
आकाश खोज्दै आफ्नैपनको पराई देशमा बतासिँदा
जहाँसुकै होस् परदेशी मन हर गाँसमा सँधै रुन्छ ।
सपनाको संसार बोकी विदेशिंदा दंगदास मन
ताइबाट भुंग्रोमा खस्दा निर्वासमा सँधै रुन्छ ।
युवा शक्ति जुर्मुरिँदै स्वदेश छोड्न निकास बुन्दा
स्वदेश आफ्नै मुख छोपी विकासमा सँधै रुन्छ ।
लण्डन, बेलायत