19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मृत्युको बस्ती

कविता बासु श्रेष्ठ May 23, 2011, 3:22 pm

मृत्युको बस्तीमा

आशा के ?

निराशा के ?

कृत्रिम सास फेरेर

बाँच्नुको बहानाको

औचित्य के ?

अर्को अर्थमा

नपुसँकको निरिहपनालाई

सार्थक पारेको

जीवनको अर्थ के ?

औचित्य के ?

अदृश्य हातहरुको

ईशारामा नृत्य गर्ने

क्ठपुतलीको दाँजोमा

कत्ति फरक नहुने

जीवनमा रस के ?

निरस के ?

श्वासनली आफ्नै भए पनि

श्वास फेर्ने अर्कै छ,

पाईला आफ्नै भएपनि

हिंडिदिने अर्कै छ ।

सापटमा लगेको पाईला

अझै फिर्ता आएको छैन

डोब उसैको छ,

पदचाप पनि उसैको छ

उ निमग्न छ पाईलाको

प्रतिक्षामा

अनभिज्ञ छ उसको पाईलाको

दुरुपयोगको बारेमा ।

न त सास नै उसको रह्यो

मात्र आश बाँकि रह्यो

धमनीमा कुद्ने रक्त

अरु कसैको भयो ,

कसैसँग सापट लिए झैं

जीवन पनि तिर्नै पर्ने भयो ।

यसर्थ यसरी जिएको

जीवनको अर्थ के ?

मृत्यू के ?

मृत्युको बस्तीमा

आशा के ?

निराशा के ?

कृत्रिम सास फेरेर

बाँच्नुको बहानाको

औचित्य के ?

आर्लिङ्गटन, भर्जिनीया, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।