ग्रह दशा बिग्रो क्यारे, देशलाई राहु केतुले छोको छ
लौन धामी झाक्री, डाम्न पर्यो देश डस्ने कोको छ
लुतो खोरेत के हो कुन्नी,टन्की रहने कस्तो महामारी
फुटाउ आऊ अब, देश भरी पाप भरिएको फोको छ
गिदी कुहिए पछि टाउको के काम, खाली गनाउँछ
फाँकौ अब साथी,यहाँ धेरै सडेका बिचराको पोको छ
सियो देखि हात्ती निली सक्यौ अब के नै बाँकी छ र निल्न
सुन्दा पनि तज्जुब लाग्छ घिच्नेहरु अझै कति भोको छ
बारुद बोल्छ बस्ति बस्ति कुँजो भ'को छ पहरा र गस्ती
बुद्ध फेरि शान्ति रोपुन अब बस यही एक धोको छ