18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हेमन्त परदेशी May 25, 2011, 7:27 pm

कस्तो यात्रा जिन्दगीको जताततै तगारा छन्

बगाई त भन्नु मात्रै किनारा नै किनारा छन्

नफक्रिदै सुक्छन् कति फूलका थुँगा खडेरीमा

घाम नदेख्दै कति बिहान डुब्छन् रातका अँधेरीमा

जहाँ जहाँ टेक्न खोज्यो त्यहीं त्यहीँ पहरा छन्

नत टेक्ने खुड्किला नै नत थाम्ने साहारा छन्

कस्तो यात्रा जिन्दगीको जताततै तगारा छन्

बगाई त भन्नु मात्रै किनारा नै किनारा छन्

कति मर्छन् रहर त्यसै जिउन खोज्ने बहानामा

कति पाइला अल्मलिन्छन् स्वर्ग टेक्ने चाहानामा

दु:ख जति हाताहाती सुख सबै उधारा छन्

पाइलै पिच्छे अल्झाउने बाध्यताका लहरा छन्

कस्तो यात्रा जिन्दगीको जताततै तगारा छन्

बगाई त भन्नु मात्रै किनारा नै किनारा छन्

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।