सम्झनाले सताउंदा चिठी लेख्ने गर्छु
आंखाबाट बग्छ आंशु छोपि थेग्ने गर्छु ।
खुशी राख्न तिमीलाई कति चोट खाएं
बिपनिमा दूर्लभ भो सपनिमा देख्ने गर्छु ।
बल्झिराछ चस्किंदै चोटको खाटा अझै
तिमी गयौ माया मारि आफै सेक्ने गर्छु ।
मेरो पत्र तिम्रो लागि बाधा अडचन भए
आजबाटै कलम रोकी आफैं छेक्ने गर्छु ।
पराई हुंदै बिर्सि जाउ जतिसक्छौ तिमी
मुटू चुड्ने चोट परोस् आफैं टेक्ने गर्छु ।
ताइपेई, ताइवान