बाठाहरू चुप लाग लाटो बोल्छ अब
साँघुरिन परेपछि बाटो बोल्छ अब ।१।
तिम्रो नाता सेतो घरको कुर्चीसँग भए
सहिदको रगतको टाटो बोल्छ अब ।२।
गरी खान पाउनुपर्ने जमिन खोज्दै यहाँ
आँधी ल्याउन गसरबको पाटो बोल्छ अब ।३।
इतिहास मेटिएको छैन वीरताको
शान्ति खोज्दै क्रान्तिको त्यो खाटो बोल्छ अब ।४।
एकमुठी भन्दै तिम्ले बेच्न थाल्यौ भने
ज्वालामुखी उठाउँदै माटो बोल्छ अब ।५।
पन्द्रुङ्ग–१, गोरखा