16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आदर्शमिश्रित सामाजिक यथार्थवादी उपन्यास : जीवनज्योति

कृति/समीक्षा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल May 26, 2011, 6:25 pm
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

१. विषय उठान

रुकु कार्की (२०१५, धादिङ) नेपाली साहित्यमा सारै नयाँ नाम नभए पनि उति धेरै चर्चामा नरहेकी नारी साहित्यकार हुन् । पछिल्लो दशकदेखि नेपाली साहित्यसिर्जनामा व्रिmयाशील भई निरन्तर रूपमा सिर्जनरत साहित्यकार रुकु कार्कीको लेखन पद्य र गद्य दुवै फाँटमा पैmलिएको छ । पद्यतर्पm उनका रुकु कार्कीका कविताहरू (२०५९), कस्तो युग आयो ? (२०६०), आहत मनका सपनाहरू (२०६१), आँसुले व्यथा मेटिने भए (२०६१), लालीगुरा“स (२०६४) जस्ता कविता/गीत सङ्ग्रहहरू प्रकाशित छन् भने गद्यतर्पm आफ्नो जीवन र अनुभूति (२०६२) शीर्षक आत्मवृतान्त तथा मधुरिमा (२०६३) शीर्षक उपन्यास प्रकाशित भइसकेका छन् । यिनका फुटकर केही रचनाहरू विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित देखिन्छन् । यिनका यी सबैजसो कृतिहरू २०५० का दशकको उत्तरार्धपछि प्रकाशित भएबाट यिनको निरन्तर सिर्जनशीलता स्पस्टिन्छ । यिनको लेखनी क्रमशः अझ परिस्कृत र परिमार्जित हुँदै गएको देखिन्छ ।

२. जीवनज्योति उपन्यासको विश्लेषण

जीवनज्योति शीर्षक उपन्यास सङ्ख्याङ्कनका साथ सालाखाला उस्तै आयामका २७ भागमा विभाजित छ र यी विभिन्न भागहरू पनि ह ह ह चिह्नद्वारा उपविभाजित छन् । प्रायः कथ्यले अलि भिन्न मोड लिने बखत मूल विभाजन गरिएको छ भने सामान्य परिवर्तनका बखत उपविभाजन गरिएको छ । ठाउ“ठाउँ अलि हतारिएर कथानकलाई अगि बढाएको पाइए पनि समग्रमा उपन्यासको विभाजन कथ्यअनुरूप सार्थक र साभिप्राय नै रहेको छ ।

सुदूरपश्चिम नेपालको रोल्पा जिल्लाको एउटा गाउ“मा बस्ने रामबहादुर रोकायाको पारिवारिक सन्दर्भबाट प्रारम्भ भई मोटामोटीमा त्यही प्रसङ्गबाटै अन्त्य भएको यस उपन्यासका वस्तु र कृति दुवैको सङ्गठन व्यवस्था आदि, मध्य र अन्त्यका व्रmममा व्रmमिक रूपमा विन्यस्त छ । हुनेखाने नभएर प्रायः हु“दाखाने वर्गमा पर्ने रामबहादुर रोकायाको चारजनाको सानो र सुखी परिवारको पारिवारिक परिस्थिति वर्णनबाट थालिएको यस उपन्यासको प्रारम्भतिरै जनयुद्धताका सुरक्षाकर्मीहरूबाट हुने गरेका ज्यादती र आतङ्ककारीका नाममा निरपराध व्यक्तिको निर्मम हत्या गरिएको प्रसड्ड उल्लेख छ । उपन्यासको आदि भागमा प्रमुख सहभागी र युद्धजन्य परिवेशको चिनारी गराई कथानक सङ्घर्षविकासतर्पm अगि बढेको छ । उपन्यासको मध्य भागमा विभिन्न सङ्कटावस्थाहरू पार गर्दै चरममा पु¥याइएको छ भने अन्त्य भागमा सङ्घर्षह्रास र उपसंहार प्रस्तुत गरी आदर्शवादी ढङ्गमा कथानकको समापन गरिएको छ ।

यसरी उपन्यासको घटनाव्रmमको प्रस्तुति र कथानकको विस्तार प्रसड्डानुकूल सहज, स्वाभाविक र व्रmमिक रहेकाले उपन्यास पढ्दा कतै पनि झर्को लाग्दैन । उपन्यास सहज पठनीय छ र यसपछि के होला, के होला भन्ने कुतूहलता पाठकलाई निरन्तर रूपमा पैदा गर्दै रोचक पाराले कथानकको अन्त्य भएको छ । यस उपन्यासमा कथ्यस“ग सम्बद्ध घटना वर्णन अतिशय विस्तारका साथ नभई सहज रूपमा गरिएको छ । ठाउ“ठाउँ कथानकको विकास तीव्र गतिमा भएकाले अलिक अस्वाभाविक बन्न पुगेको देखिए पनि त्यसले उपन्यासको रोचकतामा भने ह्रास पु¥याएको छैन । उपन्यासको आयाम ठूलै भए पनि प्रायः एक बसाइमै पढिसकिने खालको चित्ताकर्षक कथानकको विन्यास यस उपन्यासको महत्वपूर्ण विशेषता हो ।

उपन्यासका विभिन्न भागको प्रायः सुरुतिरै गरिएको परिवेश वर्णनबाट सम्भावित शुभाशुभ परिस्थितिको सङ्केत गरिएको छ । प्रायः प्रकृति वर्णनका सन्दर्भबाट सम्बद्ध भागको घटनाले कस्तो मोड लिन्छ भन्ने कुरा सङ्केतित गरिएको यस उपन्यासमा भावुकताभन्दा बढी यथार्थकै पुट पाइन्छ । ठाउ“ठाउ“मा आएका आदर्शमिश्रित भावुकताजन्य अभिव्यक्ति पनि यथार्थकै सेरोफेरोमा घुमेका छन् । यसमा वर्णित घटनावलीहरूमा आदर्शको प्रस्तुति पर्याप्त पाइए पनि अन्ततः ती घटनावलीहरूलाई पनि सामाजिक यथार्थस“गै गा“स्ने प्रयत्न गरिएको छ र त्यो ग“साइ पनि ज्यादै असहज र अस्वाभाविक नभएकाले समग्रतः उपन्यास सामाजिक यथार्थकै वृत्तमा केन्द्रित रहेको छ ।

यस उपन्यासमा रोल्पा कोटगाउ“का रामबहादुर रोकाया, श्रीमती मोतीकला, छोरो जगत्, छोरी ज्योति, रामबहादुरका दाजु धनबहादुर, श्रीमती हरिमाया, काठमाडौंका जीवन शर्मा, बाबु रामनाथ, आमा चन्द्रकुमारी, बहिनी जमुना, जमुनाको लोग्ने शिशिर, शिक्षक नीलकण्ठ शर्मा र भोजेन्द्र ज्ञवाली, सरकारी सेना, प्रहरी, जनमुक्ति सेना, गाउ“ले आदि विभिन्न खाले सहभागीहरू छन् । यस उपन्यासमा प्रमुख सहभागीका रूपमा जीवन र ज्योति रहेका छन् र मूल कथानक पनि यिनकै वृत्तमा घुमेको छ । ज्योति अनाथाश्रममा बसी पढ्न भनेर रोल्पाबाट काठमाडौं आउ“दा बसमा ओभरसियर जीवन शर्मास“ग भएको भेट र त्यसको निकै वर्षपछि तिनको पुनः भेट भएपछि ती दुवै एकअर्कामा आकर्षित हुन्छन् र त्यो आकर्षण प्रेममा रूपान्तरित हुन्छ । जीवनका आमाबाबुले नमान्दा नमान्दै पनि यी दुई वैवाहिक सूत्रमा बा“धिन्छन् । यी दुवैले भावुकतापूर्वक नभई सचेततापूर्वक प्रेम गरेका छन् । यिनको प्रेम शारीरिक वा वासनात्मक नभई आत्मिक खालको छ र यसप्रकारको आत्मिक प्रेममा दुवैजना प्रतिबद्ध छन् । ससुरा रामनाथले केही समयपछि यी दुईको वैवाहिक सम्बन्धलाई सकारे पनि सासू र नन्दले निकै पछिसम्म सकार्दैनन् र तिनबाट ज्योतिले चरम रूपमा अपमानित हुनुपर्छ । मोटर दुर्घटनामा परी घाइते ह“ुदासमेत गरिएको चरम अमानवीय दुव्र्यवहार सहन नसकी ज्योति घरबाट निस्कन बाध्य हुन्छे र पुनः अनाथाश्रममै पुग्छे । त्यहा“का शिक्षक नीलकण्ठको सहयोगबाट उसको पहिलेदेखिकै डाक्टरी पढ्ने इच्छा पूरा हुन्छ र ऊ त्यसका लागि अमेरिका जान्छे । अमेरिकाबाट डाक्टर बनेर आई पक्षाघातले थलिएकी आफ्नी सासूलाई निको पारेर अनि शिशिरस“ग बिग्रिएकी नन्द जमुनालाई आफ्नै दाजु जगत्स“ग बिहे गराएर ज्योतिले सर्वत्र सद्चरित्रता प्रदर्शन गरेकी छ । यी सबै घटना सन्दर्भबाट हेर्दा ज्योतिको चरित्र रूपमती उपन्यासकी नायिका रूपमतीको झझल्को दिने खालको छ ।

उपन्यासकी प्रमुख नारी सहभागी ज्योति कर्तव्यपरायण नारी हो । बाल्यकालमै बाबुआमा गुमाएकी र दाजुबाट समेत बिछोडिएकी ज्योतिले जीवनमा थुप्रै हन्डर खाए पनि दृढनिश्चयी भएकीले अन्ततः ऊ अमेरिकाबाट डाक्टर बन्न र घरपरिवारलाई मिलाएर राख्न सक्षम हुन्छे । जोसुकैलाई पनि सजिलै प्रभाव पार्नसक्ने खुबी भएकी ज्योति आदर्श प्रेममा प्रतिबद्ध नारी हो । अमेरिकामा रिचर्ड नाम गरेको धनाढ्य व्यक्तिले राखेको प्रेमप्रस्तावलाई आपूm विवाहित नारी भएको र आफ्नो सर्वस्व जीवन नै भएको भन्ने कुरा गरी सौम्य पाराले उसलाई पश्चात्तापबोध गराएर दाइ बनाउन र उसबाट अनेक सहयोग लिनसक्ने अद्भुत क्षमता भएकी नारीका रूपमा ज्योतिको चरित्रचित्रण गरिएको छ । पहिले ज्योतिलाई सारै हेला गर्ने सासू र नन्दलाई पनि अन्त्यमा आफ्नो सद्व्यवहारबाट प्रायश्चित्त गर्न विवश तुल्याउने ज्योतिको चरित्र अनुकरणीय छ । ऊ निकै आदर्शवादी छ र उसको आदर्शमूलक र प्रेरणादायी व्यवहारका अगाडि उसका सामु सबैजसो झुक्न बाध्य हुन्छन् ।

उपन्यासको प्रमुख पुरुष सहभागी ज्योतिको लोग्ने जीवन पनि शिक्षित, विवेकी र सहृदयी छ । घरपरिवारको इच्छाविपरीत आपूmले मन पराएकी ज्योतिस“ग अन्तर्जातीय विवाह गर्छ र ज्योति अमेरिका पढ्न गएका बेला आमाहरूको अर्को बिहे गर्नुपर्छ भन्ने करकापमा नपरी उसैलाई कुरेर बसिरहन्छ । ऊ पनि ज्योतिजत्तिकै आफ्नो वचनमा प्रतिबद्ध छ र मायालु लोग्नेका रूपमा रहेको छ । ज्योतिको निरर्थकप्रायः जीवनलाई सार्थक जीवन तुल्याउन जीवनकै भूमिका सर्वाधिक महत्वपूर्ण रहेको छ ।

परिवेशगत व्यापकता यस उपन्यासको अर्को उल्लेख्य विशेषता हो । यस उपन्यासमा दुर्गम गाउ“ रोल्पादेखि राजधानी काठमाडौं उपत्यका हु“दै अमेरिकासम्मका विभिन्न स्थानको वर्णन गरिएको छ । यति धेरै ठाउ“ ओगटे पनि तिनको वर्णनमा अस्वाभाविकता छैन । समयका रूपमा यस उपन्यासमा वर्णित समय २०५२ सालमा थालिएको जनयुद्धदेखि २०६५ जेठ १५ गते भएको गणतन्त्र घोषणासम्मको एक दशकजतिको समयावधि रहेको छ । वातावरणका दृष्टिले यसमा वर्णित अधिकांश घटना ज्योति र जीवनस“ग सम्बद्ध रहेका छन् र ती सबैजसो दुःखद भए पनि अन्ततः सुखद बन्न पुगेका छन् । यसरी दुःख र सुख जीवनका दुई पाटा रहेको र प्रशस्तै दुःख खेपेपछि एकदिन सुख अवश्य आउ“छ भन्ने सन्देश यस उपन्यासका माध्यमबाट प्रसारित गरिएको छ । युद्धजन्य परिवेशको वर्णन पनि त्यति अस्वाभाविक छैन । यसर्थ परिवेशसूचक स्थान, समय र वातावरणको सघन र सहज प्रस्तुति यस उपन्यासको उल्लेख्य पक्ष हो ।

सानैदेखि दृढ स्वभावकी सङ्घर्षशील नारी ज्योतिका व्यवहारबाट अन्य खलपात्रहरूलाई पनि पश्चात्ताप गर्न बाध्य तुल्याइएको यस उपन्यासमा ज्योति र जीवनका बीचमा समयक्रममा टुसाएको, मौलाएको र हुर्किएको प्रेमप्रणय सहज र स्वाभाविक छ । एउटा दुर्गम गाउ“मा जन्मेर असमयमै टुहुरी तुल्याइएकी केटी ज्योतिले दृढसङ्कल्पका साथ अमेरिकासम्म पुगेर डाक्टर बनी स्वदेशमै फर्केर दीनदुखीको सेवा गर्ने उद्देश्यबाट त्यहा“को सुखसयल त्याग गरी स्वदेश फर्कनु स्वयंमा महत्वपूर्ण कुरा हो । उपन्यासमा विभिन्न ढङ्गले उसलाई स्वदेश फर्कने परिस्थिति सिर्जना गरिएको छ । गाउ“ले युवती र सहरिया युवकका बीचमा सुमधुर प्रेमप्रणय र वैवाहिक सम्बन्ध स्थापना गरी त्यसलाई दिगो बनाउने उपायको खोजी उपन्यासमा निकै मिहिनेतका साथ गरिएको छ । यी सबै घटनावलीलाई हेर्दा कतिपय ठाउ“मा उपन्यास चलचित्रात्मक कथानकयुक्तजस्तो देखिए पनि उति अस्वाभाविक भने छैन ।

आदर्शमिश्रित यथार्थको प्रकटीकरण गर्ने मूल उद्देश्यबाट अभिप्रेरित यस उपन्यासमा नारीका लागि नारी नै अहितकर हुने र नारीहरू नारीबाटै बढी मात्रामा शोषित, उत्पीडित र अपहेलित हुने तथ्य पनि यथार्थमूलक ढङ्गमा अगि सारिएको छ । यसमा सामाजिक अन्धपरम्परास“ग सम्बद्ध कतिपय संस्कारजन्य प्रसङ्गहरू, अपसगुन, स्वप्न आदिको पनि उपयोग गरिएको छ भने छोरीले आमाको काजव्रिmया गर्ने, अन्तर्जातीय विवाह गर्नेजस्ता कतिपय प्रसङ्गबाट आधुनिक संस्कृतिको निर्माणतर्पm समेत सङ्केत गरिएको छ । नारीका सत् र असत् चरित्रको उद्घाटन गरी आदर्शवादी ढङ्गले असत्को पराजय र सत्को विजय देखाइएको यस उपन्यासमा सासूले बुहारीमाथि र नन्दले भाउजूमाथि गरिएको चरम अत्याचार र ती दुवैखाले अत्याचारलाई आफ्नो सद्व्यवहारबाट अन्त्यमा प्रायश्चित्त गराउने सहज परिस्थिति सिर्जना गरिएको छ । नारीलाई अत्याचार गर्ने वर्ग पुरुषभन्दा बढी नारी नै रहेको सामाजिक यथार्थ प्रस्तुत गरिएको यस उपन्यासमा विवाहित चरित्रभ्रष्ट पुरुष शिशिरस“ग बिग्रिएकी आफ्नी नन्द जमुनालाई आफ्नै दाजु जगत्स“ग बिहे गर्न राजी तुल्याउने, छोरीलाई आमाको काजव्रिmया गराउने र अन्तर्जातीय विवाह गर्नेजस्ता सन्दर्भबाट यस उपन्यासमा प्रगतिशील दृष्टिकोणसमेत अगि सारिएको छ ।

युद्धकालमा सरकारी सेना र जनसेना दुवैतर्पmबाट भएका चरम अत्याचारको तटस्थ र यथार्थमूलक वर्णन गरिएको यस उपन्यासमा सरकारी सेनाको ज्यादती बढी मात्रामा देखाइएको छ । आफ्नो दुखजिलो गरेर जीवन बिताइरहेका निर्दोष व्यक्ति रामबहादुर रोकायाको बिना कारण निर्मम हत्या गरिएपछि उसको छोरो जगत् बदला भावले अभिप्रेरित भएर सम्पूर्ण घरबार त्यागी माओवादीमा प्रवेश गर्न बाध्य भएको कटुयथार्थ पनि वर्णित छ । जगत् घर छोडेर हि“डेपछि कता गयो केके ग¥यो भन्ने कुराहरू उति वर्णन नगरी ज्योति अमेरिकाबाट डाक्टर बनेर फर्किएपछि अनाथाश्रमद्वारा उसको सम्मानमा आयोजित कार्यक्रममा एक्कासि प्रकट गराएर दाजुबहिनीको मिलन गराउने र जमुनास“ग बिहे गर्न मनाउने काम अलि अस्वाभाविक देखिए पनि रोचक भने अवश्यै छ ।

तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएको यस उपन्यासमा अधिकांशतः सहभागीकै माध्यमबाट वर्णनात्मक र संवादात्मक ढङ्गले आफ्ना विचारहरू प्रस्तुत गरिएको छ । यो उपन्यास कुनै वादमा केन्द्रित विचारको प्रस्तुति गरिएको कृति नभए पनि यसमा प्रमुख सहभागी ज्योति र जीवनका यावत् व्रिmयाकलापका माध्यमबाट समाजमा नारी र पुरुष दुवैले एकअर्काका भावनाको कदर गर्दै मिलेर अगाडि बढ्नु पर्छ र दुष्चरित्रलाई सद्व्यवहारबाट सुधार गर्न सकिन्छ भन्ने विचार प्रवाहित गरिएको छ । यस विचारको प्रसारणमा कतिपय सन्दर्भमा आदर्शवादी स्वरसमेत मुखरित भएको छ । यस उपन्यासमा युद्धजन्य परिस्थितिका साथै जनयुद्ध, लोकतन्त्र, गणतन्त्र आदिको सङ्क्षिप्त वर्णन गरिए पनि समग्रतः यो सामाजिक प्रेमप्रणयमूलक उपन्यास हो भन्ने कुरा यसमा वर्णित मूल घटना प्रसङ्गबाट स्पष्ट हुुन्छ ।

यस उपन्यासको अर्को उल्लेख्य पाटो भाषाशैलीय विन्यास हो । यसमा सरल र शुद्ध नेपाली भाषाको सहज, सरस र स्वाभाविक प्रयोग गरिएको छ । ठाउ“ठाउ“मा विभिन्न लोकोक्ति र गीतको समेत प्रयोग पाइने यस उपन्यासको भाषाशैली प्रवाहपूर्ण छ । परिवेश वर्णन गरिएका कतिपय ठाउ“मा भाषा रागात्मक र कलात्मकसमेत बन्नपुगेको छ । वर्णनात्मक, संवादात्मक र पत्रात्मक शैलीको प्रयोग गरिएको यस उपन्यासमा पत्रका लागि अत्याधुनिक इन्टरनेट प्रविधिको समेत राम्ररी उपयोग गरिएको छ । कतिपय ठाउ“मा अङ्ग्रेजी वाक्यहरूको प्रयोग गरिएको छ र त्यसप्रकारको प्रयोग शिक्षित सहभागीहरूका माध्यमबाट प्रसङ्गानुकूल गरिएकाले स्वाभाविक छ । ठाउ“ठाउ“ वाक्य विन्यासगत केही त्रुटिहरू पाइए पनि समग्रमा उपन्यासको भाषाशैली सहज, पठनीय, रोचक र चित्ताकर्षक छ ।

प्रमुख सहभागी ज्योति र जीवनका नामका आधारमा राखिएको यसको शीर्षक पनि पूरै सार्थक औचित्यपूर्ण र सामञ्जस्यमूलक छ । उपन्यासको मूल कथ्य यिनै दुई सहभागीमा केन्द्रित रहेकाले र अन्य घटनावलीहरू मूल कथ्यकै पुष्टिका लागि आएकाले पनि पात्रनामका आधारमा गरिएको यस उपन्यासको शीर्षकीकरण सार्थक र उपयुक्त बन्नपुगेको हो । यसको शीर्षकले मान्छेको सार्थक जीवनका लागि शिक्षाको ज्योति अपरिहार्य रहेकोतर्पm समेत सङ्केत गर्दछ ।

३. विषय बैठान

समग्रमा, सङ्ख्याङ्कित रूपले २७ भाग र विभिन्न उपभागहरूमा विभाजित यस उपन्यासको कथानक आदि, मध्य र अन्त्यका व्रmममा व्रmमिक रूपले विन्यस्त छ । नेपालमा वर्तमान दशकमा चलेको सशस्त्र जनयुद्धका बेला सरकारी र विद्रोही दुवै पक्षबाट भएका चरम अमानवीय र व्रूmर व्यवहार, निर्दोष व्यक्तिको हत्या गरी भिडन्तमा मारिएको भन्ने प्रायोजित प्रचारबाजी, निर्दोष आफन्तको हत्याबाट उत्पन्न बदलाभावले अभिप्रेरित भई विद्रोही बन्नुपर्ने बाध्यात्मक परिस्थिति, नारीहरूप्रति गरिने शोषण र दुव्र्यवहार, बहुविवाह, नारीहरू पुरुषहरूभन्दा बढी नारीहरूबाटै अपहेलित हुनुपर्ने सामाजिक परिस्थिति, नारीसुलभ कोमलता, सहनशीलता र क्षमाशीलता, स्वच्छ र आदर्श प्रेमका साथै वासनात्मक प्रेमका विविध रूप र त्यसको परिणति प्रेम, विरह, मिलन, परिवेशगत व्यापकता, अनेक घटनावलीको सरल, सहज र स्वाभाविक भाषाशैलीमा रोचक प्रस्तुति आदि यस उपन्यासका उल्लेख्य विशेषता हुन् । आदर्शमिश्रित सामाजिक यथार्थवादी कित्तामा दर्न सकिने प्रस्तुत उपन्यास उपन्यासकार रुकु कार्कीको पूर्ववर्ती उपन्यासभन्दा निकै परिष्कृत, परिमार्जित र स्तरीय रहेको छ ।

त्रिभुवन विश्वविद्यालय

नेपाली केन्द्रीय विभाग

कीर्तिपुर, काठमाडौं,

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।