18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गीता त्रिपाठी May 30, 2011, 7:58 pm

मेरो शब्दसँगै आउने प्रिय सारथी हौ

तिमी मेरो साँझलाई चोखो आरती हौ

भावभरि खुलिदिन्छौ, मीठो गीत बन्छौ

रित्तिऊँ म हृदयमा मितेरीको धन छौं

कुनै गीत लेखूँभन्दा नलेखिने रहेछ

धड्कनले नै गाउने गीत नदेखिने रहेछ

सबैभन्दा प्यारो गीत नसुनाऊँ भन्छु

आफ्नै निम्ति आफूभित्रै गुन्गुनाऊँ भन्छु

भावना यो मौसमजस्तो बाहिरै फुल्दो रहेछ

मनले सारा बन्धनहरु पनि भुल्दो रहेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।