आफूलाई भन्दा बेसी उसैलाई मायाँ गरेँ
बदलामा घात पाएँ छाँगाबाट आफै झरेँ
पूर्णिमाको जून बनि यो आखाँमा थप्प बस्यो
हेर्दा हेर्दै बिलाईजाने शीत बनि तप्प खस्यो
जूनको साथ पाउँदा खेरी बेहोशीमै मख्ख परेँ
बदलामा घात पाएँ छाँगाबाट आफै झरेँ
आफूलाई………………………………
मीठो मीठो सपना देखेँ तितो सत्य अर्कै थियो
त्यै सत्यको हुरी चल्दा निभ्यो मेरो मनको दियो
उस्कै निम्ती महल छोडी झूपडीमा बसाई सरेँ
बदलामा घात पाएँ छाँगाबाट आफै झरेँ
आफूलाई………………………………