पर्ख अझै पर्ख मध्ये रात हुनुपर्छ,
निर्णयमा पराईको हात हुनुपर्छ ।
आफुखुसी गरिरह्यौं बेला रहेसम्म,
घर्क्यो बेला अब तिम्रो साथ् हुनुपर्छ ।
मिल्छौ,जुट्छौं,बनाउछौं भन्ने कुरा न हो,
साच्चै हामी मिल्नलाई घात हुनुपर्छ ।
लिनमिल्ने लिईछाड्छौ,गुमाउन्नौ केही,
आफ्नो लागि सुरक्षित 'भात' हुनुपर्छ ।
गाडेकाछन् जरा राम्रै, उखेलिन्नौं त्यसै,
उखेलिन ठुलै चक्रवात हुनुपर्छ ।
क्यालगेरी, क्यानाडा